भानु जयन्ती | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

भानु जयन्ती





यसवर्षको भानु जयन्तीको अवसरमा हामीसबै नेपाली भाषीक र भाषालाई मायागर्ने हृदयहरुलाई स्वागत छ । बिसं १८७१ मा अहिलेको तनँहु जिल्लाको चुँदी रम्घा भन्ने ठाँउमा भानुभक्त आचार्यको जन्म हुनेखाने परिवारमा भएको हो ।
ब्राह्मण परिवारको जन्म भएकाले भानुभक्तको शिक्षादिक्षा लालनपालन त्यसै अनुरुप धार्मीक अनि सांस्कृतिक अनुशाषनमा भएको हो । अहिलेको नेपाली भाषालाई उतिबेला खस् भाषा भनिन्थ्यो र यो भाषा लिपीबद्ध भन्दापनि सामान्य अभिब्यक्तिहरुमा मात्र सिमीत थियो । १५ औं शताब्दीमा खस् राजाहरुको पराजयसंगै खस भाषा पनि ओझेलमा परेको थियो ।
नेपाली भाषाका प्रथम कवि यिनै भानुभक्त हुन जसले भावनाकको मर्मलाई नेपाली भाषा र शब्दको मानचित्रमा अभिब्यक्त गरेको हुन् । त्यसैले पनि भानुभक्तलाई आदिकवि भनिन्छ । उतिबेला कविताहरु र औपचारीक साहीत्यहरु संस्कृत भाषामा हुनेगर्दथे , यसअर्थमा सस्कृत भाषा बुझ्न र बुझाउनसक्ने ब्राह्मणहरुको आवश्यक्ता र महत्व धेरै थियो । सामान्य जनमानसले चाहेर पनि सरल अर्थमा आँफै साहित्य र कलात्मक अभिब्यक्ति बुझ्न गाह्रो थियो । भानुभक्तले उतिबेला सम्पूर्ण रामायणलाई नै सस्कृतबाट सरल नेपालीमा लिपीबद्ध गरिदिए, अचम्मको कुरा त के छ भनें अनुवाद गरिएतापनि नेपाली संस्करणको रामायण अलौकीकरुपमै छन्द र भावको दोभान जस्तो छ । अझ फराकीलो हिसाबले सोच्ने हो भने त भानुभक्तले अध्यन र ज्ञानलाई भाषामार्फत सरलीकृत गरेर सबै नेपालीहरुको सरल पहुंचमा विस्तार गरेका हुन् भन्न सकिन्छ । आफ्नो समाज र परिवेशवाटै भानुभक्तले सिकेका हुन् तसर्थ यीनको रचनामा समाज र व्यबहारीक्ताको संगम पाइन्छ ।

भानुभक्तको जीवनमा एकजना घाँसीले उनलाई प्रेरणा दिएको छ, घाँसी दरिद्र भएतापनि घाँस काटेर पाएको पैसाले समाजकालागि पानी खाने कुंवा खन्दछ । भानुभक्तलाई आफू घांसीभन्दा धनी भएतापनि समाजकालागि केहि गरुँ भन्ने भाव नभएको देखेर आफूप्रती ग्लानीपनि लाग्दछ । तर सबैको देन आआफ्नै हुन्छ, भानुभक्तका शब्द र अभिब्यक्तिले कथेका काब्यहरु अझै पनि नेपाली दलिनहरु भित्र सुरक्षीत रुपमा राखिएका छन् । रामायणभित्र रहेका बालकाण्ड, अरन्यकाण्ड, सुन्दरकाण्ड, युद्धकाण्ड आदि काण्डका कथा, उपकथाले पाठकलाई मनोरञ्जन, सामाजिक, नैतिक र चारित्रिक शिक्षा प्रदान गरेको हो । भानुभक्तले रामायणका अतिरिक्त अन्य थुप्रै कृति सृजना गरे पनि उनी रामायणमा बाँचेका छन् ।गाँउलेहरुले एकैठाँउमा रामायण वाचन गरेर सुन्नु अहिलेको थ्रिडि या फोर डि सिनेमा हेरेको भन्दा धेरै रसस्वादन गरेर आत्मसाथ गरिन्थ्यो । रुची भएक पाठकहरुले रामायणका श्लोकहरु याद गर्नु अहिले पनि नेपाली समाजमा छ भनें रोचक प्रसंग त सामान्य नेपाली भाषामा छन्द र श्लोकहरु पाएपछि बिहे, ब्रतबन्ध आदिमा दोहोरी या सिलोक खेल्ने चलन पनि शुरु भएको हो । यसअर्थम आजको दोहोरी र लोकगीतहरुको उदगम बिन्दु पनि नेपाली समाजका लागि भानुभक्तको सरल रामायण नै हो ।

भानुभक्तको घाँसी कविता जस्ताको तस्तै
भर् जन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो
मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति

भानुभक्तको लय बिल्कुलै फरक प्रकारको छ, त्यस लय अझै पनि नेपाली जनजीब्रोमा छ । उनिपश्चातका अन्य धेरै कविहरुले आजसम्म पनि आफ्ना कविताहरु वाचन गर्न यहि लयको प्रयोग गरेका छन् । भानुबाजे अर्थात भानुभक्तको संभmनामा नेपाल, भारतको दार्जिलिङ लगायतका क्षेत्रहरु अनि नेपाली समाज भएक विश्वभरिकै देशहरुमा भानुजयन्ती मनाइन्छ । भानुभक्त कविमात्र नभएर नेपाली भाषाका धुकधुकी हुन र हरेक नेपाली जिब्राहरुमा भानुभक्तको लय अझै जीवीत छ । भानुभक्तका विरोध र समालोनामा समेत धेरै कुराहरु लेखिए । उनलाई केवल अनुवादकको बिल्ला लगाउन चाहने नागांतर्कहरु पनि आए तर ति कुराहरु उनिप्रतीको अन्याय हो । अनुवादगर्दै छन्द अनि भावलाई कायम र अझ बढोत्तर गर्न सक्नु, शताब्दीसम्म जनमानसले प्रयोगगर्न सक्ने र यर्थाथपरक उखान, भनाई र छन्दात्मक अभिब्यक्ति दिएर जानु र नेपाली भाषाको चौतर्फी संस्थागत गर्नसक्नु भानुभक्तको आदिकवि हुनको पूर्नब्याख्या र पहिचान हो । छतौरे प्रेमकथा र सतही कुण्ठाहरुको उजागर गरेर खोक्रो साहित्यलाई परिभाषीत गर्ने आजको समाजमा भानुभक्तको गहनता र सरलतावाट धेरै सिक्न जरुरी छ ।
एउटा कुरा स्पष्ट छ कि हामीले शायद महान भानुभक्तको जीवनबारे अझै र उनका कृतीबारे अझै अध्यन र अन्वेषण गर्न जरुरी छ ।

मोतीराम भट्ट र भानुभक्त जोडिएर आउने नामहरु हुन् । यूगकवि मोतीरामले भानुभक्तका धेरै अन्य कृतीहरु प्रकाशमा ल्याएका हुन् भने कतिले त भानुभक्तका अधिकांश कृतीहरु मोतीरामले लेखेका हुन भनेर आरोप पनि लगाउने गर्दछन् । भारतमा अध्यन गरेका मोतीरामको उर्दु, फारसी लगायतका भाषामा बिशेष दख्खल हुंदाहुंदैपनि नेपाली भाषा र बिशेषतः भानुभक्तका कृतीहरुप्रतिको समर्पणले नेपाली भाषाको फराकीलो दायरा र नेपालीपन उदघोष गर्दछ । भानुजयन्तीमा मोतीराम भट्ट छुट्न नहुने नाम हो । मोतीरामले बिसं १९४१ मा लामोसमय भानुभक्तका बारेमा अन्वेषण र शोध गरि छपाएका जीवन चरित्र पछि भानुभक्तका बहुआयमीक रचनाहरु अझ जनमानसका सामु आएका हुन् । भारतीय इन्साइक्लोपेडियामा समेत भानुभक्तको खुलेर ब्याख्या गरिएको छ ।

भानुभक्तका केही रोचक प्रसंगका कुरा गर्दा छिमेकि भाट थरका ब्यक्तिसँग जग्गाको सिमानामा झगडा गरेका भानुभक्तलाई भाट शब्दसँगै यति चित्त दुखाई भयो कि उन्ले आफ्नो घरको भित्ताहरु वाटै बाँसका भाटाहरु निकालेर फालेका तथ्य पनि अझै तनँहु अनि त्यसतर्फ प्रचलित छ ।

भानुभक्तवाट अहिलेका पुस्ताले भाषामोह सिक्न जरुरी छ । छरिएका भाषाहरुलाई एकसुत्रमा बाँध्ने महान ब्यक्ति, नेपालीजनका आदिकविको संभनामा आज बिश्वभर नै कतै बलले, कतै करले त कतै चलन थाम्नकालागि मात्रैपनि कार्यक्रम गरेर मनाइन्छ । भानुभक्त बिकल्प हैनन् बरु भानुभक्त हाम्रा लवजका आधार हुन् भन्ने बुझ्न जरुरी छ है । नेपाली भाषाको अध्यन, अनुसन्धान अनि बिकासनै भानुप्रतीको सच्चा श्रद्धासुमन हुनेछ । शेक्सपियरका कविता, अंग्रेजी गीत मुखाग्रे भएका नेपाली पुस्ताहरुले भानुभक्तलाई चिन्ने वातावरण हुनपर्दछ किनभने नेपालीले पहिले गाई बुझ्दछ अनि मात्र काउको अर्थलाई गाई सँग जोड्दछ । पहिले आमा बुझन जरुरी छ अनि मात्र मम या मदर । अमर रहुन् भानुभक्त र उनका रचनाहरु । कालो टोपी लगाएका भानुभक्तको छवि र महत्व नेपालीजनमा रहिरहोस् हैन त ?



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.