चिकित्सा शास्त्र अध्यायदेशमा एउटा फरक तर्क | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

चिकित्सा शास्त्र अध्यायदेशमा एउटा फरक तर्क




   Suyog Dhakal - Nov 15 2017

कुनै पनि देशको शक्ति अनि सार्मथ्य के के कुरामा भर पर्दछ ?  देशको सिमाना, रोजगारी दर, कूल ग्राहस्थ उत्पादन, राजनैतिक अवस्था, संसदीय संरचना, बिकासका पूर्वाधारहरु या अरु नै केही । कुनै रकेट साइन्स जस्तो यहि कुराले देश बलियो हुन्छ भन्ने त छैन तथापि कुनै पनि देशको अन्तराष्ट्रिय जगतमा छवी बनाउने काम गर्ने एउटा महत्वपूर्ण तथ्यलाई आज चिकित्सा शास्त्र अध्यायदेशमा जोड्न चाहेको छु ।

देशको उपस्थितीलाई देशका जनताहरुको अन्तराष्ट्रिय जगतमा भएको प्रभावसंग तुलना गरेर हेरिन्छ । नेपालीहरु अन्तराष्ट्रिय जगतमा जति बलियो अनि सिपसम्पन्न भएर बस्दछन् त्यती नै नेपालको प्रभाव अनि सार्मथ्य पनि बढ्दै जाने हो हैन र ? स्मरण गरौं आजसम्म पनि नेपालले गएको एक दशक देखि प्रतिदिन १५०० का हाराहारीमा यूवाहरुलाई बिदेश पठाइरहेको छ र अधिकाश यूवाहरु प्राविधिक भन्दा गैरप्राविधीक क्षेत्रमा पठाइरहेको छ ।

यिनै यूवाहरुलाई प्राविधिक सीप सहित पठाउन सकेमा अनि पठनपाठन र अध्ययनमा जोड्न सके नेपाली बैदेशिक कामदारको अवस्था, आय अनि नेपाल स्वयमको छवी पनि कालान्तरमा बढ्ने देखिन्छ । अब केही अन्तराष्ट्रिय तथ्याकंमा ध्यान दिन चाहें, सम्पूर्ण यूरोप नै भारतीय नर्स अनि डाक्टरहरुको भरमा रहेको छ । भारतीय डाक्टर अनि नर्स लगायत अन्य सीप भएका स्वास्थकर्मीहरुको उपस्थितीमा यूरोप भर परिरहँदा भारतको यूरोपिय देशहरुमा सार्मथ्य अनि प्रभाव आँक्न सकिन्छ ।

बेलायतकै पनि एकतिहाई भन्दा बढि डाक्टर अनि नर्सहरु बिदेशमा जन्मिएका तथ्याकं रहेको छ, बिश्वमा स्वास्थ सेवा एउटा चुनौती भइरहँदा डाक्टर अनि अन्य स्वास्थ कामदारहरु निर्यात गर्नु नेपालजस्ता बिकासोन्मुख देशका लागि पक्कै गज्जबको अवसर हो । ओईसीडि भन्ने अन्तराष्ट्रिय आर्थिक र सहकार्य बिकास नामक सस्थाले जारी गरेको प्रतिवेदन अनुसार बिश्वभरि नै सबैभन्दा धेरै प्राविधिक जनशक्ति निर्यात गर्ने देशहरुमा भारत र फिलिपिन्स पर्दछन् । परिवर्तित परिपेक्ष्यमा भारत अनि फिलिपिन्सको अन्तराष्ट्रिय छविको बढोत्तरी त हामीले देखेकै छौं नि, हैन र ?

गएको दश बर्षमा बेलायत कै तथ्याकं हेर्ने हो भनें पनि १५ दशमलव २ प्रतिशतवाट बढेर बिदेशी स्वास्थकर्मीको सख्याँ २१ दशमलव ७ प्रतिशत भएको छ ।  यहि बढोत्तरीसंगै भारत लगायत फिलिपिन्सको पनि प्रभाव यि देशहरुमा बढ्दै गएको छ ।  नेपाल अनि भारत लगायतका दक्षिण एसियाली मुलुकहरु आफ्ना अध्ययनमा लगनशीलता अनि जुझारुपनाका लागि प्रसिद्ध छन्, भविष्यमा नेपालले पनि आफ्ना चिकित्सकहरुलाई बिदेशमा निर्यात गर्न सके नेपालीहरुमा उन्नती र अन्य देशमा आफ्नो प्रभाव कायम गर्न सहज हुन्थ्यो ।

दुर्भाग्य हामीले भर्खरै ल्याएको चिकित्साशास्त्र अध्यायदेश ले धेरै हदसम्म यि अवसरहरुलाई गर्भ मै संभावना बिहिन बनाएको छ ।  हुन त नेपालभित्र सर्वप्रथम चिकित्सा शास्त्र अध्ययन प्रणाली अनि संरचनालाई सस्थागत गर्न जरुरी पक्कै पनि हो ।  हुन त यो पनि सत्य हो कि छोराछोरीलाई डाक्टर बनाउने नेपाली आमाबावुको लालसालाई मेडिकल कलेज, कन्सलटेन्सी अनि बिश्वबिधालयहरुले धेरै हदसम्म नगद गरेका हुन् तर त्यसको उपचार मेडिकल कलेजको स्थापनामा बन्देज या सिमाकंनले कहाँ होला र ? 

के छ त चिकित्साशास्त्त अध्यायदेशमा ? 
विधेयकमा उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज, विस्तारित कार्यक्रम र प्रतिष्ठानसमेत खोल्न नपाइने नियम राखिएको छ । मेडिकल कलेज खोल्ने मापदण्डमा समेत कडाइ गरिएको छ । यस्तै एउटा विश्वविद्यालयले पाँचवटाभन्दा बढी कलेजलाई सम्बन्धन दिन पनि पाउने छैन ।

नेपाली माटोमा भविष्य कोर्न चाहने यूवाहरुको सूचीमा चिकित्साशास्त्र अब झन दुरदराजको सपना भएको छ । यसो गरेमा बिदेशमा बिधार्थी निर्यात गर्ने कन्सलट्यान्सीहरुलाई भने गज्जबले फाईदा हुने देखाँउदछ ।  यस अध्यायदेशको बिरोधमा म पक्कै पनि बोलिरहेको छैन्, डाक्टर केसीले गरेका आन्दोलन र तपस्यालाई पनि मैले कम आँकेको हैन नि ।

तथापि यस अध्यायदेशलाई ६० दिनभित्र संसदमा लान अगावै माथि उल्लेख गरेका कुराहरु लाई पनि समायोजन गर्दैं अघि बढ्न जरुरी भनें देखिन्छ । सकारात्मक कुराहरुको सराहना पनि गर्दछौं जस्तै कि यो व्यवस्था लागू भएपछि नेपाली सेना, त्रिवि कलेजलगायतले छुट्याएको कोटाको ७५ प्रतिशत छात्रवृत्तिमा पढाउनुपर्ने हुन्छ ।  अनि यस्ता छात्रबृतिमा कोटा भन्दा पनि क्षमतामा आधारित सिटहरु भएमा गज्जब हुने थियो ।

अब त खाली घरायसी मजदुर या निर्माण मजदुर भन्दा पनि नेपालीहरुको बिदेशमा प्राविधीक अनि आशालाग्दो पद या हैसियतमा पठाउन थालौं न ?  यो पनि एउटा अव्यक्त मुद्धा भएको छ यसपालाको चुनावमा ।

अब डाक्टर अनि नर्सहरु जस्तो बिदेशमा धेरै माग भएका पेशामा थप उत्पादन गर्न छाडेर सरकारले ल्याएको अध्यायदेशले त झन नेपाली मेडिकल शिक्षा प्रणाली लाई खुमच्याउन थालेको अनुभव हुन गएको छ ।  तर यो भन्दै गर्दा जथाभावी कलेजहरु लाई सम्बन्धन दिने या सरकारले नियन्त्रण नगर्ने भन्न खोजको चाँही हैन, बरु एमडीएमएस, पीजी लगायतका अध्ययनहरु मा थप कोटा हाल्ने, नेपाली बिधार्थीहरु लाई एमआरसीपी, एफआरसीपी, यूएसएमएलई जस्ता बिदेशका कोर्सहरु पढ्न श्रोत, साधन र जनशक्ति जुटाउने तर्फ पनि सरकारको ध्यान पर्न जरुरी छ ।

एमबीबीएस लगायतका कोर्सहरु अझ सुलभ, सस्तो अनि प्रभावकारी ढगंमा नेपालमै पढाउने कुरामा देश चनाखो र तत्पर हुनपर्ने देखिन्छ । मेडिकल कलेजहरु लाई व्यबस्थापन गर्न नियम कानुनको दायरामा ल्याउन पक्कै पनि जरुरी छ तर बिश्वबिधालयलाई जम्मा ५ वटा मात्र कलेजलाई सम्बन्धन दिन लगाउने नियमले भोली नेपालीहरु नै बिदेश जाने र यहाँ थप अस्वस्थ प्रतिस्पर्धा निम्त्याउने देखिन्छ ।  माग भन्दा धेरै कम पूर्ति हुन गएमा थप कालोबजारी अनि अस्वस्थ प्रतिस्पर्धा बढ्न जान्छ ।

बिदेशी बिधार्थी पनि देशमा ल्याएर आय गर्ने संभावनालाई न्यून गर्दै देशका बिधार्थीहरु बिदेश पनि बिदेश पठाउने कार्य पक्कै राम्रो हैन । बरु आर्यूवेद, योगा लगायत अन्य थुप्रै होलिस्टीक स्वास्थ प्रणालीका चिकित्सकीय सीपहरु नेपालमा प्रर्बधन गर्दै अध्ययन संस्थाहरु खोल्न ध्यान दिनपर्ने हो ।  पूजिँबादी अर्थतन्त्रमा निजी कम्पनीहरु मुनाफा उन्मुख हुनु स्वभावीक हो र यसका लागि सरकारी संयंन्त्र र नियन्त्रण प्रणाली राम्रो हुन जरुरी रहन्छ नकि स्थापनामा अवरोध र सिमांकन ।

अन्य कुराहरुमा म लगायत अधिकांश ने्पालीहरु यस अध्यायदेशको समर्थन मै छौं, सामान्य नेपालीले बिना कुनै भनसुन अनि पहुँच सहज रुपमा स्वास्थ उपचार पाउन पर्दछ । स्वास्थ सेवालाई धेरै व्यबसाहीक गर्न पाइदैन अनि पारदर्शी स्वास्थ सेवा आजको आवश्यक्ता हो ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.