छोराछोरीले बुवाबाट अपेक्षा गर्ने केही कुराहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

छोराछोरीले बुवाबाट अपेक्षा गर्ने केही कुराहरु





बुवाको मुख हेर्ने दिन न पर्यो, आज फेसबुक लगायत अन्य बिभिन्न सामाजिक सञ्जालहरुमा बुवाका तस्वीर अनि पितृ भावलाई असरल्ल उजागर गरिएको हुन्छ ।

विदेशमा भएकाले एक कल भएपनि बुवालाई गरौं भन्ने उत्सर्गका साथ कल गरेका पनि छन्, स्वदेशबाट विदेशमा पनि मुख हेरें है बुवा भनेर पनि फोनहरु बजेको हुनुपर्छ । फलफुल र मिठाईहरु ब्यापक बिकेका छन् अनि बुवा नहुनेहरुका आँखा पनि रसाएका छन् । संसार सबैकालागि समान छैन तर सम्झनामा कसैको पहरा पनि छैन् । सबैजनालाई बुवाको मुख हेर्ने दिवसको शुभकामना छ ।

बुवा अथवा आमाको भूमीका बालबच्चाको भविष्यकालागि अत्यन्त महत्वपूर्ण रहन्छ, आज बुवाको मुख हेर्ने दिन हामी पनि केही कुराहरु प्रस्तुत गर्दछौं जुन कुराहरु बुवावाट छोराछोरीले अपेक्षा गरेका हुन्छन् । हात समाएर हिँडेको, ढाँडमा चढेर "गुगुती बासुती" गर्दै खेलेको अनि आफ्नो जीवनमा सबैभन्दा महत्वपूर्ण र नायकीय पुरुष नै अधिकांशकालागि जन्म दिने बुवा हुनसक्छन् ।

चाहे बुवा या आमा या छोराछोरी हुनुहन्छ, यी कुराहरु मनन गरौं र असल अभिभाकत्वको यात्रामा अनि कुशल छोराछोरीको पथमा भविष्य अघि बढाउन पाइला चालौं ।

के तपाईंका छोराछोरीलाई उनिहरु तपाईंकालागि कति महत्वपूर्ण छन् भन्ने थाहा छ ?

नेपाली परिवेशमा बुवाहरु सामान्यतया तुलनात्मक रुपमा शक्तिशाली, थोरै निरकुंश अनि छोराछोरीमा आफ्ना भावनात्मक सम्वेदना नदेखाउने खाले भनेंर चित्रण गरिन्छ । यसो गर्नाले छोराछोरीले बुवाको स्नेहको त्यो अंश महशुस गर्न पाउँदैनन जसले उनिहरुलाई आफू बुवाकोलागि महत्वपूर्ण छु भन्ने बताउँछ ।

फेरि अर्कोतर्फ पैसा र श्रोतहरुको लगानीमात्र पनि पितृ दायित्व हैन्, हरेक पिताहरुले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण लगानी आफ्ना छोराछोरी भएको तथ्य उनिहरुका अगाडी देखाउन र बुझाउन जरुरी छ ।

के तपाईंको छोराछोरीलाई तपाईं उनिहरुलाई कति माया गर्नुहुन्छ भन्ने थाहा छ ?

परपर बसेर छोराछोरीहरुलाई आज्ञा र अर्ती दिने भन्दा झ्वाम्म समातेर अङ्गालो मारेर म्वाई खाइदिनुस्, चाहे तपाईंका छोराछोरीको उमेर जति होस् ? दैनिक रुपमा आफ्ना क्रियाकलापले माया देखाउनुहोस् । नेपाली पृष्ठभूमिमा चेपारेको संज्ञा दिएर माया दर्शाउन पुरुषत्व बिपरित पनि मानिन्छ तर यो गलत हो ।

माया नदेखाएसम्म कसरी थाहा हुन्छ र ? आमा नहुँदा आफैले पकाएर खुवाउनु भएको छ ? चाहे नमिठै होस् तर माया बढ्छ । हुर्काउने काममा आमाका नियमित कामहरूमा सहयोग गर्नुहोस्ब, ससाना कुरामा पनि माया दिनुहोस् ।

तपाईंका छोराछोरीले गर्ने कामहरु तपाईंकालागि कत्ति महत्वपूर्ण छ, थाहा दिनुभएको छ उनिहरुलाई ?

छोराछोरीलाई आफुनो सोच र कार्यले सधैं बुवाआमालाई गौरव महसुस गराँउ भन्ने भावना हुन्छ । यसकारण उनिहरुको हरेक कार्यमा चाहना राख्ने अनि रुची राखेर सहयोग आदान प्रदान गर्न जरुरी छ । नेपाली पृष्ठभूमिमा छोराछोरीले केही नयाँ गरेर आएको खण्डमा त्यस्ता जाबा त हामीले आफ्ना पालाम कत्ति गर्यौं कत्ति भनेर दुरुत्साह गर्ने चलन छ । यो गलत हो, छोराछोरी बढ्दो अनुभवलाई खुल्ला दिलले सहयोग गर्ने र नराम्रा कदमहरुले आफूलाई कति चोट पूर्याँउछ त्यो नि जानकारी दिलाउने गर्न जरुरी छ ।

उनिहरुको नयाँ अनुभव र अभ्यासलाई खुल्ला दिलले स्वागत गरौं । के तपाईलाइ थाहा छ कि तपार्इ  उनिहरुप्रति कति गर्व गर्नुहुन्छ ?

नेपाली समाजमा भने सदैव फलानाको छोराछोरीले यसो गर्यो भनेर तुलना गर्ने चलन छ, यो नराम्रो हो, अाफ्ना केटाकेटीलार्इ कहिल्यै अरूसङ्ग नदाँज्नुस्, तपार्इको यस्तो ब्यवहारले उनीहरूको मनोबल घट्छ । 

यसो गर्नाले छोराछोरी प्रतिको बुवाआमाको असंवेदनशीलता झल्कन्छ र मेरा बुवाआमा म प्रति गर्व गर्दैनन भन्ने भाव पैदा गर्दछ । यसो भएमा कालान्तरमा छोराछोरीमा नैराश्यता र कमजोर मनोभाव देखापर्दछ ।

पढाई या अन्य कुरामा पनि अरुसंग तुलना गर्नका साटो उनिहरुले जे गरे त्यसमा गर्व गर्दै अर्कोपटक थप राम्रो गर्न प्रोत्साहन दिने गर्नुहोस् ।

कहिलेकाँही बुवाको सानो शब्दले यति हौसला दिन्छ कि हजार वाक्यले पनि भेट्न सक्दैन । एउटा सानो चियागफ या छोटो हिँडाई अनि गफ गराईले तपाईंका छोराछोरीलाई संसारबाट लड्न सक्ने अनि जित्ने र हार सहन गर्ने उत्कट हौसला दिइरहेको हुन्छ ।

सबैजनाको जय होस् । पितृ देवो भवः

----
हाम्रो पात्रोकालागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.