किन फरक पर्यो यसबर्षको सोनम ल्होछार? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

किन फरक पर्यो यसबर्षको सोनम ल्होछार?




उनै मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा २८०० बर्षअघि ८४ हजार ज्योतिष शास्त्रको धर्मदेशना गर्नुभएको हुँदा मञ्जुश्री सम्वत् भनिएको हो । महामानव मञ्जुश्रीको धर्मदेशना एउटा ऐतिहासिक परिघटना थियो । जुन विक्रम सम्वत् भन्दा ७८० बर्ष पुरानो रहेको छ । जुनकुरा तिब्बती मेन्ची खाङको पात्रोमा हरेकबर्ष उल्लेख गरिएको हुन्छ ।अब चन्द्र पात्रो अर्थात मञ्जुश्री संवतका अनुसार पौष शुक्ल प्रतिपदा मात्र हो । सोनाम ल्होछार त माघ शुक्ल प्रतिपदामा पर्दछ तसर्थ एक महिना पछि ठ्याक्कै आउने माघ शुक्ल प्रतिपदा फाल्गुन ४ गते पर्दछ । यसै दिन मञ्जुश्री संवत अनुरुप सोनाम ल्होछार पर्ने बताइन्छ ।



आखिर ल्होछार कहिले पर्यो अनि यस बर्षको ल्होछारमा किन यतिका धेरै मिती तिथीको बिभेद भयो हामी सबैलाई लागेको हुन सक्दछ । चाडपर्वहरु सामान्यतया कसैले केही दिनअघि अनि कसैले केही दिनपछि मनाउने चलन नभएको हैन् तर सर्वमान्य मिती र तिथीमा आउनुपर्ने केही चाडहरु नै फरक फरक मितीमा मनाउने निर्णय हुन चाँही बुझ्नै पर्ने तथ्य हो ।
नेपाल सरकारले माघ ४ मा दिएको सोनम ल्होछारको बिदा मा देशैभरि यसै दिन सोनम ल्होछार मनाउने रौनक छ तथापी केही तर्कहरु भने सोनम ल्होछार यस दिनमा नपरि फाल्गुन ४ मा पर्ने र ग्याल्बो र सोनम ल्होछार यसबर्ष एकै दिन ग्याल्बो ल्होछार कै दिन मनाइने कुरा पनि छ ।
ल्हो भनेको बर्ष, साल, सम्वत् हो । छार भनेको नयाँ हो । । शेर्पा समुदायले छार लाई सार भन्दछन् । तामाङ समुदायको नयाँ बर्षको प्रथम दिनलाई खेला छेपागी, माघ शुक्ल प्रतिपदा भनिन्छ । तर यो चन्द्रपात्रो अनुसार मञ्जुश्री सम्वत् को माघ शुक्ल प्रतिपदा हो । उनै मञ्जुश्रीले पञ्चशीर्ष डाँडामा २८०० बर्षअघि ८४ हजार ज्योतिष शास्त्रको धर्मदेशना गर्नुभएको हुँदा मञ्जुश्री सम्वत् भनिएको हो । महामानव मञ्जुश्रीको धर्मदेशना एउटा ऐतिहासिक परिघटना थियो । जुन विक्रम सम्वत् भन्दा ७८० बर्ष पुरानो रहेको छ । जुनकुरा तिब्बती मेन्ची खाङको पात्रोमा हरेकबर्ष उल्लेख गरिएको हुन्छ ।अब चन्द्र पात्रो अर्थात मञ्जुश्री संवतका अनुसार पौष शुक्ल प्रतिपदा मात्र हो । सोनाम ल्होछार त माघ शुक्ल प्रतिपदामा पर्दछ तसर्थ एक महिना पछि ठ्याक्कै आउने माघ शुक्ल प्रतिपदा फाल्गुन ४ गते पर्दछ । यसै दिन मञ्जुश्री संवत अनुरुप सोनाम ल्होछार पर्ने बताइन्छ ।

चन्द्र पात्रो भनेको के हो ?

चन्द्र पात्रोः यो बौद्धयान, महायानले चलाउने चिनिया ँ ज्योतिष परम्परामा आधारित पात्रो हो ।यो चन्द्रमाको गति र प्रभावको आधारमा चल्ने एउटा विज्ञान हो । चन्द्रमाको गति, त्यसलेसमयलाई पार्ने प्रभाव,क्रिया,प्रतिक्रियाको आधारमा निकालिने ज्योतिष परम्परा ।

सौर्य पात्रोमा माघ ४ र चन्द्र पात्रोमा फागुन ४ मा बिसं २०७४ मा सोनाम ल्होछार पर्नका कारणहरु 

सुर्यलाई पृथ्वीले एकफन्को लगाउन ३६५ दिन अर्थात एकबर्ष लाग्छ ।वि.सं. मा ३६५ दिनको एकबर्ष हुन्छ र २९ देखि ३२ दिनसम्मको एकमहिना हुन्छ ।मञ्जुश्री सम्वत्मा ३५४ दिनको एकबर्ष हुन्छ र २९ देखि ३० दिनको मात्र एकमहिना हुन्छ ।यसलाई मिलान गर्न साढे ३२ महिनामा एकमहिना मलमास थप्ने चन्द्रपात्रोको नियम छ । तर विक्रम सम्वत्मा भने १ दिनमात्र थपिन्छ । यसबर्ष २८५३ ज्या ल्होमा छैठौ महिना ब्येल्बो–ला (असार) जाजा र ग्रेन बनाएर मलमास थप्दा ३८४ दिनको एकबर्ष हुन पुगेको छ । यसकारण विक्रम सम्वत्को क्यालेण्डरमा भन्दा एकमहिना पछि माघ शुक्ल प्रतिपदा पर सर्दा फागुन ४ मा पुगेको हो ।माघ ४ त चन्द्र पात्रो अनुसार पौष शुक्ल प्रतिपदा मात्र हो । यस अघि २०५२, २०५५ सालमा पनि फागुनमा सोनाम ल्होछार परेको थियो । त्यसपछि २०६३ साल फागुन ६ गते, २०६६ साल पागुन २ गते र २०७१ साल फागुन ७ गते ल्होछार परेको थियो । यिनै कारणले गर्दा खेरि सोनम ल्होछार यस बर्ष नेपालमा दुई दिन मनाइदै छ, चन्द्र पात्रो अनुरुप फाल्गुन ४ मा अनि सौर्य पात्रो अनुरुप माघ ४ मा मनाइदैछ ।

जे भएपनि सोनम ल्होछारको सबैलाई शुभकामना, एकमहिना ढिलो या चाँडो जसरी मनाएपनि यस छारले सबैको कल्याण गरोस् ।
नेपाल तामाब घेदुङका अध्यक्ष मोहन गोले ज्यू संगको कुराकानीका आधारमा हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.