मालश्री धुन, दशैंको आभूषण | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मालश्री धुन, दशैंको आभूषण




   Suyog Dhakal - Sep 26 2017
मालश्री धुन सुन्नुहोस्

दशैं आयो, अब क्रमश टीभी, रेडियो लगायतहरुमा मालश्री धुनको लगातार प्रयोग गरिन्छ । मगंल धुन पनि भनिने यो धुनलाई नेपाली परिपेक्ष्यमा दशैं अनि तिहारको पेरिफेरिमा बजाइन्छ, प्रयोग गरिन्छ । यस धुन अनि यसको हार्दीकताले नेपाली श्रोता र दर्शकहरुलाई चाडपर्वको एउटा उत्साह गज्जबले सञ्चार गर्दछ । आउनुहोस आज हाम्रो पात्रोमा यिनै धुनको वरिपरि कुरा गरौं ।

यो पनि हेर्नुहोस् : दशैँ बिशेष : निश्चल बस्नेतसँग कुराकानी 

नेपाली जीवनशैलीमा संगीतको महत्व हरेक चाड अनि परिपेक्ष्यमा फरक फरक प्रकार अनि प्रकृतिका आधारमा छन् । ठाँउ अनुसार बाजागाजा र बजाउने लय पनि फरक फरक छन् । आज भनें दशै केन्द्रित भएर मालश्री धुनको महत्वलाई नारीशक्ति, उव्जनी, सत्यता अदि बिभिन्न पक्षहरुसंग उत्खनन गर्न जाँदै छौं ।

मालश्री धुन ,माल अर्थात बस्तु या सामान अनि श्री भन्नाले लक्ष्मीको आशिष श्रीसम्पती, धनधान्य आदि बुझिन्छ ।

कृषीप्रधान नेपाली समाजमा शरद रितुको शुरुवात सँगै आउने चाड दशैं अनि यसै लहरसँग फुल्न तयार धानका बालाहरु, स्याउका दानाहरु, फूलहरु, सुन्तलाका दानाहरु लगायतका आगमनको खुशी पनि हो, माल श्री धुन । कृषी प्रधान नेपाली समाजमा प्रकतिनै सबै भन्दा ठूलो सम्पती हो । यसअर्थमा मालश्री धुनलाई केवल दशैंसंग मात्र नजोडि सम्पूर्ण शरद को शुरुवातका रुपमा लिइन जरुरी देखिन्छ ।

हरेक रितुका लागि बिशेष धुन हुने र शरद रितुको कौशलताका लागि मालश्री एउटा धुन भएको भनेंर बुझ्न सकिन्छ । यस संगीतलाई चिउरा कुट्दा देखि चामल कुट्दा सम्म, ढिकी जातो गर्दा देखि टीकाटालो गर्दासम्मको भावना र अभिव्यक्तिसंग जोडिएको मान्न सकिन्छ । परम्परागत नेवारी रितीथितीको वयान अनि सांगितिक लिपीका रुपमा मालश्री अझ खरो उत्रिएको हुन्छिन्, मालश्री को गुञ्ज संगै समस्त नेपाल नै दशैं को रंगमा पुलकीत हुने गर्दछ ।

अहिले आएर हातहात मा मोवाईल, गीत, स्पीकर भएको भएर मालश्री को सहज उपलव्धता भएको जस्तो भान हुन्छ, परम्परागत समाजमा प्रत्यक्ष बाजागाजा अनि थिती मिलाएर सामुहीक रुपमा बजाइने मगंलधुन बास्तवमै अलौकिक छ । न त कुनै शब्द छ न त कुनै बोली तर मंगल धुन अर्थात मालश्री धुन आफ्ना कर्णप्रिय र भावात्मक लय मार्फत हरेक नेपालीको हृदयमा बस्न सफल छ ।

सनातन नेपाली संस्कार जहाँ बिहान शंख को ध्वनी र मन्दिरको घण्ट आवाज संगै शुरु हुन्छ अनि साँझको आरती अर्चना र रातीको फेरि लगाउने जोगीको फेरि संगीतमा समापन हुन्छ ।  मालश्रीको जरा दर्शन अनि धर्मशास्त्र सँग जोडिएको ईतिहाँसबिद्ध सत्य मोहन जोशीको भनाई छ, वहाँका अनुसार दशैं नारीत्वको बिजय मनाउने चाड हो, नारी शक्तिको अनुग्रहका लागि गरिने उपासना हो । हुन त रामको रावण माथिको बिजयका रुपमा दशैं लाई लिइने चलन छ तथापि नेपालमा भनें बिशेषत महिसाशुर माथि कालीको बिजयको रुपमा बढि मनाउने चलन छ । मालश्री को धुनमा बनाइएका केही पुराना भजनहरु पनि कालिका, जगदिश्वरी लगायतका भगवतीहरुको उपासना गरिएका छन् । स्मरण रहोस् नारी शक्तिको उपासना गरिएको मौलिक भजन या देवी सर्व भूतेषु पनि मालश्री कै लयमा रहेको छ ।

जे होस् जसो होस्, समयको पावन्धीले मालश्री धुन लाई छुन सक्दैन्, यूगौयूगान्त देखि मालश्री समाज अनि हृदयसंग जोडिएर आएको छ । आईरहन्छ । मालश्री धुन कै बारेमा धेरै कुराहरु त शोध भएको पाईदैन तथापि खोज्दै जाँदा ठाँउ अनुसार मालश्रीको धुन अनि बाजामा फरक फरक मिश्रणहरु रहेका छन् । बिभिन्न बेबसाइटहरुमा शोध गर्दा पाइए अनुसार राजधानी नजीकको छिमेकी जिल्ला धादिङको देवी मन्दिरमा बज्ने मालश्रीको आफ्नै किसिमको मौलिकता रहेको छ। यहा दसैँमा बज्ने मालश्री अन्यत्र बज्ने मालश्रीभन्दा फरक रहेको छ। यहाँको मालश्रीमा मुख्य तालबाजा ढोलकी बजाइँदैन। त्यसको
सट्टा ‘नगरा’ दुन्दुभि बजाउने गरिएको छ। झ्याम्टा, मादल, सारंगी, ढोल, मुरली लगायत थुप्रै बाजाहरु मालश्री मा बजाइन्छन् तथापि सारंगी र मुरलीलाई मालश्रीको ज्यानका रुपमा लिइन्छ ।

मालश्री एउटा यस्तो एतिहासिक सांगीतिक ताजगी हो जून सदासर्वदा गुञ्जिरहन्छ, दशैंको शुभकामना

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.