मास्कमाडौं | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मास्कमाडौं




काठमाडौं मर्दैछ अनि मलाई मेरो फोक्सोमा माया लाग्दैछ भन्ने प्लेकार्डका साथ संकेतात्मक बिरोधमा बिधार्थीहरु सडकमा सुतेका थिए।



काठमाडांै अनि मास्क पर्यायवाची कुरा भएका छन् । यहाँ बाँच्न अनि खुल्ला हाँस्नका लागि मास्क चाहिन्छ । अब त गाडीको धूलो मात्र नभई बाटोको धूलो, मेचम्चीको खाल्डा अनि बाटो बढाउने कार्यले काठमाडौं लाई धूलोमाडांै बनाएको छ ।


यसै बिषयमा केही नेपाली यूवाहरुले गरेको मास्माडौंको प्रदर्शनलाई चीनको जिनुवा समाचार पत्रिकाले प्रार्थमिक्ताका साथ छापेको छ । यसको नेपाली सस्मरण यहाँ प्रस्तुत गर्न चाह्यौं । स्मरण रहोस् जिनुवा समाचार चीनको आधिकारिक र सरकारी समाचार एजेन्सी हो । चीनको मुख्य र सबैभन्दा प्रभावशाली यस एजेन्सीले नेपाली खबर अनि घटनाक्रमलाई प्रार्थमिक्ताका साथ छाप्ने गरेको छ ।

मास्कमाडौंका बिषयमा छापिएको यस समाचारमा जिनुवा न्यूज लेख्दछ कि १००० भन्दा बढि नेपाली बिधार्थीहरुले स्वच्छ हावाको र प्रदुशण रहित वातावरणको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन् ।मास्माडौंलाई सप्ताहव्यापी प्रर्दशनका रुपमा यूवा बिधार्थीले रत्नपार्कमा प्रदर्शन गरेका हुन् । बिधार्थीहरुले मुखमा मास्क लगाएर अनि रगींन प्लेकार्डहरु सहित प्रदर्शन गरेका थिए । प्लेकार्डहरुमा हामीलाई मास्कमाडौं चाहिँदैन भन्ने प्लेकार्डहरु रहेका थिए । काठमाडौं मर्दैछ अनि मलाई मेरो फोक्सोमा माया लाग्दैछ भन्ने प्लेकार्डका साथ संकेतात्मक बिरोधमा बिधार्थीहरु सडकमा सुतेका थिए।
आयोजकहरुका अनुसार यस प्रर्दशनको मुख्य उदेश्य प्रदुशणका बिषयमा जागरण श्रृजना गर्दै सम्पूर्ण पक्षहरुलाई वातावरण प्रती सजग र दायित्वबोध गराउनु हो । जिनुवा लेख्दछ कि हिमालयको देश नेपालको हावाको गुणस्तर १८० वटा देशहरुमा गरिएको अध्ययनमा न्यून सूचीमा पाइएको थियो । बिश्वमै मन्दिरहरुको पवित्र शहरका रुपमा कहलिएको काठमाडौं अहिले आएर धूलो अनि प्रदुशणका कारणले मास्कमाडौं भएको छ ।
मास्कमाडौं क्लीन ईनर्जी नेपाल नामक गैर सरकारी संस्थाले शुरु गरेको प्रदर्शन हो जसमा सैयौं बिधार्थी र सर्वसाधरणको सहभागीता र एैक्यबद्धता रहेको छ । बिभिन्न अध्ययनहरुले देखाएअनुसार प्रदुशीत वायू अनि धूलोका कारणले बिभिन्न श्वासप्रश्वासका रोग अनि संक्रमणहरु काठमाडौंमा दिनहुँ बढ्दो छ ।
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.