ब्लग - साहित्य / हाम्रो लेख

म्यानमारका मुसलमानहरुका पीडा : रोनिगिया




   Suyog Dhakal - Sep 07 2017

बिश्वयूद्धका श्रृखलापछि नेपाल अनि म्यानमारको समबन्धमा नेपालीपना कै एउटा डोर जोडिएको छ ।म्यानमारमा पनि नेपाली भाषीहरुको उपस्थिती छ । स्मरण रहोस्, थाईल्याण्डको राजधानी बैकंकका बिभिन्न शपीगं मल देखि बाटामा खाना बेच्ने स्टलहरु सम्म नेपाली भाषी म्यानमारीको उपस्थिती छ ।

यो पनि हेर्नुहोस् : उत्तर कोरिया तनाव ( घटनाक्रम )

आज त्यही म्यानमारको रोनिगिया भनिने मुसलमान जातीको कुरा हाम्रो पात्रोमा उक्काउन चाहयौं, बिश्वभरिमै सबैभन्दा धेरै सताइएको जातीमा रोनिगियाहरुलाई अहिले बिश्वव्यापी महत्व दिन थालिएको छ। बहुसख्यक बुौद्धमार्गीहरु रहेको म्यानमारमा हजारौं बर्ष पहिले देखि मुसलमान समुदायहरु बस्दै आएका छन्। दक्षिणपूर्वी एसियन देश म्यानमारमा करिब ११ लाख रोनिगिया मुसलमानहरु बस्दै आएका छन् ।स्मरण रहोस् म्यानमार मात्र संसारको यस्तो देश हो, जहाँ आक्रामक भिक्षुहरु रहेका छन् भनेंर आरोप पनि लाउने गरिन्छ ।

रोअिग्या नामक भाषा बोल्ने यि मुसलमानहरु लाई म्यानमारले आफ्ना देशको आधिकारीक जातीहरु मध्य १३५ औं स्थानमा राखेको छ । दुखलाग्दो कुरा त के हो भनें, म्यानमार सरकारले सन् १९८२ बाट
रोनिगियाहरुलाई नागरीक्ता दिन बन्द गरेको छ । उनिहरु एउटा देशमा हजारौं बर्ष देखि बसेर पनि देश
बिहिन भएका छन् । पश्चिमी राखीनेको तटमा धेरै बसेका रोनिगियाहरुलाई सरकारले स्वतन्त्र बिचरण
अनि बिना सुचना हिंडडूलमा पनि प्रतिबन्ध लगाएको छ । रोनिगियाहरु को वसोवार भएको क्षेत्र
म्यान्मारको सबैभन्दा अल्पविकसीत क्षेत्र हो जहाँ न्यूनतम आधारभूत सुबिधा पनि उपलव्ध छैन् ।

लगभग १२ औं शताब्दिदेखि म्यानमारमा बसेका यि मुसलमान समुदाय जाखिम मोलेर ढुगां या अन्य
साधनमा लुकेर बिदेशिन्छन् । बिभिन्न कालखण्डमा निर्दोष रोनिगियाहरु भागेर थाइल्याण्ड, बगंलादेश
अनि मलेसिया छिर्न खोज्दछन्, बिभिन्न बलात्कार, हत्या अनि मानव दासताका घटनाहरु तिनै समुन्द्री
तटमा हराउछन्, बिलाँउछन् । अपशोच त मानव अधिकारको यो रवैयामा छ कि आजसम्म बिश्व मानचीत्र भित्रका कुनै पनि अधिकारका ठेकदार र रक्षक देश या संस्थाले रोनिगियाहरुलाई आफ्नो आवाज उठाउन मद्धत गरेका छैनन् । भारतीय उपमहाद्धीपमा बेलायती उपनिवेशको समयसँग रोनिगियाहरु को ईतिहास जोडेर हेर्न जरुरी छ । सन् १८२४ देखि १९५७ सम्मको बेलायती राजमा म्यानमारलाई पनि भारतकै हिस्सा
अनि समान उपनिवेशका रुपमा हेरिन्थ्यो । उतिखेर अहिलेको बगंलादेश लगायतका क्षेत्रबाट म्यानमारमा बसाई सर्ने मुसलमान समुदायलाई आन्तरिक बसाईसराईका रुपमा लिईयो । तर पछि गएर यसता
बसाईसराई लाई म्यान्मारको सरकारले अबैध करार दिएका कारणले पनि रोनिगिया समुदायका नयाँ सदस्यहरु थपिन त थपिए तर सदैव अपहेलना का साथ ।

यसै कारणले पनि म्यानमारका अधिकाशं बौद्धमार्गीहरु ले रोनिगियाहरुलाई बगंलादेशी आप्रवासीक
रुपमा हेर्न थाले जसका कारण अपहेलना झन गाढा हुँदै गएको बताइन्छ । हुन त सन् १९४८ पछिको
स्वतन्त्रता पछि म्यानमारमा एकिकृत नागरीक्ता को अवधारणा ल्याएर सम्पूर्ण जात, धर्म अनि समुदायलाई
मुलधारको नागरीक बनाउने सहमती त भएको हो तथापि रोनिगियाहरुलाई अलग्गै राखियो ।

सन् १९६२ को सैनिक शाषनमा त झन रोनिगियाहरुलाई अत्यन्त निर्मम र यातना दिने व्यबहार गरिएको
बताइन्छ ।

सन् २०१६ मा ९ जना म्यानमारी सिमा सुरक्षा दस्ताको हत्या भएपछि सरकारले रोनिगियाहरुलाई र
उनिहरुको गाँउलाई तबाह नै गरेको छ । संयूक्त राष्ट्र संघले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ,
रोनिगियाहरुलाई सफाया गर्ने नितीलाई अन्त समयमा सरकारले रुजु नगरेको भनेंर ।

एकपटकको छापा का क्रममा म्यानमारी सैनिकले करिब १०० रोनिगियाहरुलाई हत्या गर्ने गरेको, निर्मम
गोली र बमको बर्षा गर्ने गरेको स्थानिय अधिकारकर्मीहरु बताँउदछन् । बिश्वमै उदहारणीय नेतृ आङ्ग
साङ्ग सुकीको देशको यो हालत, उनको कानसम्म नपुगेको हो या नसुनिएको हो, दैव जानुन ।

संयूक्त राष्ट्र संघको प्रतिवेदन अनुसार सन् २०१२ पछि नै कम्तीमा १६८ हजार रोनिगियाहरु देश छाडेर
भागेका छन्, त्यसै गरि अन्दामन टापु अनि मलेसिया जानेको फेरिहिस्त पनि लामै छ । त्यस क्रममा मृत्यू,
बलात्कार या बेपत्ता पारिएकाको तथ्याङ्क त स्वयम म्यानमार सरकार संग पनि छैन् ।

खसी कुखुरा झै मानवको हत्या गरिनु कहाँ सम्मको न्याय हो ? बिश्वकै ठूलो शान्तीपूर्ण धर्म अवलम्बवन गर्ने
बिशाल राष्ट्र मध्य एक बौद्धमार्गी म्यानमारले यो बिषयको उत्तर दिन सक्नु पर्दछ ।

सुकी कै सरकारले पनि रोनिगियाहरुलाई आदर र समानता दिन चाहेको छैन्, उल्टै दमन र हिसां जारी नै
छ । नोबेल शान्ति पुरस्कारलाई थन्क्याएर बसेकी उदहारणीय सुकी लाई कसैले कानसम्म यो कुरा
पूर्याइदेला भनेंर रोनिगियाहरु आशामा छन् ।

म्यानमारको प्रतिरक्षाका लागि रोनिगियाहरु लाई हिंसा हैन सुरक्षा जरुरी छ । सुकी कै सरकारले पनि सन्
२०१६ मा संयूक्त राष्ट्र संघ का प्रतिनीधीहरुको रोनिगियाहरु माथिको अध्यन टोलीको भिसा रद्ध गरेको
थियो ।

अगस्त २५ सन् २०१७ मा म्यानमारले साउली अरबमा बस्ने केही रोनिगिया समुदायले आतकंवादी
क्रियाकलाप गर्ने गरेको केवल आशंकामा रोनिगियाहरु लाई आतंकवादी घोषणा गरेको छ ।
रोनिगियाहरु को चित्कार सुन्नलाई अब संसारमा कोही बाँकी छ र ?

२१ सौं शताब्दिको प्राचीन हिंसा अनि सबैभन्दा सताइएका रोनिगियाहरु लाई दैवले जोगाउन् । धर्मको नाममा हुने बिभेद सबैतिर अन्त्य होस् ।

सुयोग ढकाल

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम