एन अाई सी एसियाको "नछुटोस् छुट पाउने मौका !" | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एन अाई सी एसियाको "नछुटोस् छुट पाउने मौका !"





आदरणीय ग्राहक महानुभावहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको सबैलाई अवगत नै छ । यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावलीको उपलक्ष्यमा ‘नछुटोस् छुट पाउने मौका’ भन्ने मूल नाराका साथ कुनै पनि सामान खरिद गरी यसको भुक्तानीमा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा त्तच् कोड माध्यमबाट कारोबार गर्दा ५% वा रु. ५०० सम्मको छुटको ब्यवस्था गरेको छ ।

हाम्रा ग्राहक महानुभावहरूलाई ‘नछुटोस् छुट पाउने मौका’ भन्ने योजनामा सहभागी भई सामान खरिद गरीसके पछि भुक्तानी गर्दा एन आई सी एशिया बैंकको मोबाइल बैंकिङ्ग तथा त्तच् कोड भुक्तानी गरी ५% वा रु. ५०० सम्मको छुट प्राप्त गर्न हुन अनुरोध गर्दछौं ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २६५ शाखा कार्यालयहरु, २६५ एटिएम, २७ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २०० अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६७ अर्ब तथा कर्जा रू. १४१ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको बेहोरा एन अाई सी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तीमा उल्लेख गरीएको छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.