मानफ्रेद र भगवतीलाई 'नइ अन्तर्राष्ट्रिय पुरस्कार' | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

मानफ्रेद र भगवतीलाई 'नइ अन्तर्राष्ट्रिय पुरस्कार'





काठमाडौं, २०७४ चैत ११ । नइ प्रकाशनले अन्तर्राष्ट्रिय क्षेत्रका दुई जना महानुभावहरूलाई २०७४ सालको नइ अन्तर्राष्ट्रिय पुरस्कार समर्पण गर्ने घोषणा गरेको छ ।

नइ प्रकाशनले तीन लाख रुपियाँ राशिको नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार जर्मनीका प्रा.डा.मानफ्रेद गेरर्हाड थ्रोईलाई समर्पण गर्ने निर्णय गरेको छ । विगत चार दशकदेखि संस्कृत भाषाको विस्तारका साथै नेपालको शिक्षा सेवामा मन, वचन र कर्मले समर्पित रहँदै नेपालका विविध भाषाहरूको चालीस हजार हस्तलिखित ग्रन्थको सूची समेत तयार गरी महत्वपूर्ण योगदान पुर्याएबापत उहाँलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार विदेशी मूलका विशिष्ट व्यक्तिलाई प्रदान गरिन्छ । यो पुरस्कार प्राप्त गर्ने उहाँ छैटौं प्राज्ञ हुनुहुन्छ ।

यसैगरी नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि सृजनात्मक र सङ्गठनात्मक रुपमा निरन्तर समर्पित रहँदै विशिष्ट योगदानका निम्ति इजरायलकी श्रीमती भगवती बस्नेतलाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ । यो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ ।

नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको हो ।

शताब्दी पुरुष डा.सत्यमोहन जोशीको ९९ औं शुभजन्मोत्सवका अवसरमा आगामी वैशाख ३० गते काठमाडौंमा नइ अन्तर्राष्ट्रिय पुरस्कारहरु समर्पण गरिने कुरा नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसार्इले जानकारी दिनुभयो ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.