म अस्पतालमै सकिन्थें; नइले बचायोः शताब्दी पुरूष | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

म अस्पतालमै सकिन्थें; नइले बचायोः शताब्दी पुरूष




   डा. सत्यमोहन जोशी - May 14 2018

नइ नभए शायद म मरिसक्थें होला पनि ! केही वर्षअघि नै म झन्नै सकिएको थिएँ । मलाई नइले बचायो । मलाई बचाउन नइले नै पहल गर्यो । त्यसपछि उपप्रधानमन्त्री वामदेव गौतम मलाई बचाउन लाग्नु भयो । गौतमकै सक्रियता मेरो जीवनरक्षाको विषय बन्यो ।



नेपाली साहित्यिक सङ्घसंस्थाले गर्नुपर्ने र अरूको सोचमा नआएका धेरै नै कामहरु नइ प्रकाशनले गर्दै आएको छ । सरकार र सरकारले बनाएका प्रज्ञा-प्रतिष्ठानलाई उछिनेर नइले नै साँस्कृतिक र साहित्यिक काम गरिरहेको छ । पाँच वर्षका बालबालिकादेखि नेपालका विविध क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको थप उचाई अभिवृद्धिका लागि नइले हर प्रयासबाट काम गर्दै आएको छ । नइ प्रकाशनले नेपाली प्रतिभा र प्राज्ञको मात्र कदर गरेको छैन; यस संस्थाले अन्तर्राष्ट्रिय क्षेत्रका विशिष्ट प्रतिभाको पनि कदर र सम्मान गर्दै आएको छ ।

नइले मेरो जीवनलाई थप उचाइ दियो, मेरो मर्यादा बढाउने काम नइबाटै भयो । नइले नै मलाई शताब्दी पुरूष बनायो । नइकै सौजन्यमा त्रिमूर्ति निकेतनले पाँच लाख रुपैयाँ राशि राखेर म जतिक्कै अग्लो ताम्रपत्र प्रदान गर्यो । नइ र त्रिमूर्ति निकेतनले मलाई शताब्दी पुरूष बनाएपछि नै नेपाल सरकारले वाङमय शताब्दी पुरूषको उपाधि प्रदान गर्यो । अब मलाई मेरो जीवनमा केही चाहिंदैन, पुग्यो । म पूर्ण भएँ ।

नइ नभए शायद म मरिसक्थें होला पनि ! केही वर्षअघि नै म झन्नै सकिएको थिएँ । मलाई नइले बचायो । मलाई बचाउन नइले नै पहल गर्यो । त्यसपछि उपप्रधानमन्त्री वामदेव गौतम मलाई बचाउन लाग्नु भयो । गौतमकै सक्रियता मेरो जीवनरक्षाको विषय बन्यो । गौतमकै सदिच्छाका कारण तत्कालीन सरकारले वयोधा अस्पतालमा लागेको मेरो उपचारको सम्पूर्ण खर्च बेहोर्यो । त्यतिखेर सरकारले भीआइपी कक्षमा राखेर मेरो उपचार गरेको थियो । त्यसै बखत सरकारले अस्पताललाई १३ लाख रूपैयाँ निकास गरिदियो ।

स्रष्टा बचाउने संस्था हो- नइ ! मलाई प्राणदान दिने संस्था हो- नइ ! नइले मलाई शताब्दी पुरूष बनाएपछि इज्ज्तका लागि पनि मैले अरू एक वर्ष त बाँच्नै पर्ने भएको छ; म बाँच्छु पनि ।
~
(स्मरण रहोस् राष्ट्रकवि पनि नइको नै परिकल्पना हो । कविवर माधव घिमिरेलाई पनि नइको पहल र निवेदनमा राज्यले राष्ट्रकविको उपाधि प्रदान गरेको थियो।)

[ नइ पुरस्कार समर्पण समारोह : २०७५ वैशाख ३० गते शताब्दी पुरूष डा.सत्यमोहन जोशीको भाषणको सारसङ्क्षेप ! सोही दिन नइ प्रकाशनले शताब्दी पुरूष डा.जोशीको ९९ औं जन्मोत्सव मनाएको थियो। ]



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.