सरस्वतीका १२ नामहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सरस्वतीका १२ नामहरु




उता यसै दिनमा प्रेमका प्रतिमुर्ति मदनको जन्म भएको अनि मदन र उसकी श्रीमती रती बिचको बैवाहीक समबन्ध राम्रो होस् भन्ने कामना पनि यसै दिन गरिने गरिन्छ, यस दिनलाई प्रीतसंग जोडेर शुभसाइत मान्दै बिवाहको लग्न पनि कायम गरिएको हुन्छ ।



दिपावलीमा धनकी देवी लक्ष्मी, नवरात्रीमा शक्तिकी देवी दुर्गा भवानी अनि सरस्वती पूजामा बिधा अनि कलाकी देवी सरस्वतीको उपासना गरिन्छ । यस बर्षको माघ शुक्ल पञ्चमीको सरस्वती पूजामा स्वागत छ । यस पञ्चमीलाई बसन्त पञ्चमी पनि भनिन्छ, शास्त्रका अनुसार अब हिँउदको तुसारो घट्दै गएर यस दिनवाट बसन्त औपचारीक रुपमा शुरु भएको छ । सरस्वतीको मनपर्ने रंग सेतो रंग हो र यसै रंगमा सरस्वती मूर्तिको सजावट गरिन्छ अनि सेतै रंगको पहिरनमा सजिएका पूजारीहरुले पूजा गर्दछन् ।
बिधालय लगायत बिभिन्न अन्य शैक्षिक सस्थाँहरुमा आज अर्चना गरिन्छ अनि प्रसाद वितरण गरिन्छ । आजको दिनमा बिभिन्न बिधालयहरुले निशुल्क भर्ना गर्ने चलन छ भने पछिल्ला पुस्ताहरुमा पनि आजकै दिनवाट धेरै जनाको अक्षराम्भ भएको छ । प्राकृतिक रुपमा पनि रुखहरुमा नयाँ पात अनि हाँगाहरुको अकुंरण भइरहेको समयमा कोपिला अनि नव हरियालीहरुले पनि आशा अनि जिवनको वाचा गरिरहेको जस्तो भान बसन्तको शुरुवाती दिनहरुमा हुने गर्दछ । उता यसै दिनमा प्रेमका प्रतिमुर्ति मदनको जन्म भएको अनि मदन र उसकी श्रीमती रती बिचको बैवाहीक समबन्ध राम्रो होस् भन्ने कामना पनि यसै दिन गरिने गरिन्छ, यस दिनलाई प्रीतसंग जोडेर शुभसाइत मान्दै बिवाहको लग्न पनि कायम गरिएको हुन्छ ।

सरस्वतीको स्वरुप कस्तो छ ?


सरस्वती माताको एक मुख अनि चार हातहरु छन् । दुबै हातमा वीणा धारण गर्नुभएको छ । वीणा आँफैमा संगित, भाव सञ्चार र कलात्मक्ता को प्रतिक हो । तेश्रो हातमा विधा अनि ज्ञानको प्रतिमुर्ति पुस्तक रहेको छ । अरु हातमा माला छ जुन पवित्रता अनि सात्त्विक्ताको प्रतिक हो । हंसवाहिनीको अर्थ यी माताको वाहन हाँस हो र मयूर पनि सरस्वती माताको वाहन हो जुन आँफैमा सौन्दर्य अनि कलात्मक्ताको प्रतिक हो ।

विधार्थीका लागि विधा मन्त्र

सरस्वति नमस्तुभ्यं वरदे कामरूपिणि ।
विद्यारम्भं करिष्यामि सिद्धिर्भवतु मे सदा ॥


सरस्वतीलाई बन्दना जसले सकल इच्छा र चाहनाहरु बरदान स्वरुप दिनुहुन्छ । ए देवी अध्यन गर्दाखेरि कृपया म संगै रहनुहोस् र मेरो सही र गलत छुट्याउने क्षमतालाई सदैव बृद्धि गरिदिनुहोस् ।

सरस्वतीका बिभिन्न नामहरु छन्, १२ वटै नामहरु लाई जोडेर बनेको सस्कृतको श्लोक आजको दिनमा यस श्लोक अर्थात मन्त्रोच्चारण गर्ने चलन छ ।

प्रथमं भारती नाम द्वितीयं च सरस्वती ।
तृतीयं शारदादेवी चतुर्थं हंसवाहिनी ।।
पंचमं जगती ख्याता षष्ठं वागीश्वरी तथा ।
सप्तमं कुमुदी प्रोक्ता अष्टमं ब्रह्मचारिणी ।।
नवमं बुद्धिदात्री च दशमं वरदायिनी ।
एकादशं चन्द्रकान्तिर्द्वादशं भुवनेश्वरी ।।
द्वादशैतानि नामानि त्रिसन्ध्यं यः पठेन्नरः ।
जिह्वाग्रे वसते नित्यं ब्रह्मरूपा सरस्वती ।।


यि विधाकी देवीको १२ वटै नामको आज पुकारा गरिन्छ र विधा र बिवेकको अर्चना गरिन्छ । ब्रह्मा की मानसपुत्रि सरस्वती विधाकी देवीका रुपमा लोकबिश्रुत हुनुहुन्छ । सरस्वतीका अन्य नामहरु जस्तै श्वेतपद्मासना, शारदा,वाणी, वाग्देवी, भारती, वागेश्वरी श्वेत वस्त्रधारिणी, इत्यादि हरु हुन र भनिन्छ कि यी देवीको सच्चा मनले उपासना गरेमा मुर्ख पनि विद्वान बन्ने गर्दछन्। प्रत्येक वर्ष माघ शुक्ल पंचमी मा सरस्वती पूजा मनाउने परम्परा हजारौं बर्षदेखि चलिआइरहेको छ ।


या कुन्देन्दु तुषारहार धवला या शुभ्रवस्त्रावृता।
या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।।
या ब्रह्माच्युतशंकरप्रभृतिभिर्देवैः सदा वन्दिता।
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
शुक्लां ब्रह्मविचारसारपरमांद्यां जगद्व्यापनीं ।
वीणा(पुस्तक(धारिणीमभयदां जाड्यांधकारपहाम्।।
हस्ते स्फाटिक मालिकां विदधतीं पद्मासने संस्थिताम् ।
वन्दे तां परमेश्वरीं भगवतीं बुद्धिप्रदां शारदाम्।।


विधाकी देवीले सबैको कल्याण गरुन् ।

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.