कुनै पनि वाणिज्य बैंकको उपस्थिति नभएको २७ स्थानीय निकायहरुमा एन आई सी एशिया बैंक | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

कुनै पनि वाणिज्य बैंकको उपस्थिति नभएको २७ स्थानीय निकायहरुमा एन आई सी एशिया बैंक





राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बैंकको शाखा सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग यस बैंकले प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय निकायहरुमध्ये २७ स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ ।

दुर्गम तथा ग्रामीण क्षेत्रहरुमा समेत आफ्नो पहुँच अभिबृद्धि गर्दै सम्पुर्ण तह तप्काका सर्वसाधारणको बंैकको रुपमा आफ्नो पहिचान बनाईरहेको यस बैंकले समस्त ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिंदै आईरहेको छ । बैंकको हालसम्म २१० वटा शाखा कार्यालय, २०३ एटिएम, ६ वटा एक्स्टेन्सन काउण्टर, ६ वटा शाखारहित बैंकिङ्ग एवं ५५०० भन्दा बढि रेमिटेन्स पे आउट एजेन्ट सहित मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंकको रुपमा स्थापित भैसकेको छ ।

शाखा सञ्जाल, पुँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा यस बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो । ग्राहक महानुभावहरुको अपार स्नेह, विश्वास तथा भरोसाका कारण यस बैंकले करीब १३५ अर्ब निक्षेप संकलन गरी करीब ११० अर्ब कर्जा प्रवाह गरिसकेको छ । हालसम्म यस बैंकमा जम्मा ग्राहकको संख्या करिब ११ लाख ५० हजार रहेको कुरा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा प्रेसित प्रेस वक्तव्यमा उल्लेख छ ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.