अनलाईन डेटका सत्यता | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

अनलाईन डेटका सत्यता




   Suyog Dhakal - Feb 15 2018

सोच्छु, कहिले मान्छेहरु यस्तो व्यवहारवाट थाक्ने हुन् ? भौतिक भेटघाट अनि स्पर्श मान्छेको संवेदनाको आधार हो । अनलाईनले आँशु पुच्दैन्, शब्दहरुले टाईप गरेर प्रत्यक्ष बोलीको झैं यथेष्ट भाव कहाँ बोक्न सक्दछन् त ? यहाँ मान्छेहरुको गोडा भन्दा औंला थाक्न थालेका छन्, टाईप गरेर भावना बगाउने क्रममा थाकेका औंलाहरुले के को बयान गर्दछन् ? एक्लोपना या प्रविधि ?



आजभोलीका प्रेम अनि मित्रताका प्रसंगहरुमा मलाई भने अनलाईन डेटले धेरै चासो अनि रुची उत्पन्न गरेको छ । अनलाईन बिश्वमा अनलाईन डेट नेपाली समाजमा भने नयाँ कुरा नै हो । हाटबजार जाँदा, मेलापातमा अनि गोठालो जाँदा लुकामारी गर्दै अनि दशक अघिसम्म पत्रमित्रता मार्फत प्रेमील भेट अर्थात डेट गर्ने नेपाली चलनहरु अहिले आएर नयाँ पुस्तामा अनलाईन डेट तर्फ अघि बढिरहेको छ । हुन त ठुलाठुला नेपाली शहरहरुमा पनि अनलाईन डेटलाई उत्ति सहजताका साथ लिइएको छैन तथापी अनलाईनमा साथी अनि प्रेम खोज्ने नेपाली प्रयोगकर्ताहरुको जमात भने ठुलै छ । जे होस्, भर्चुअल संसारमा असिमीत मित्रता अनि प्रेमका बिकल्पहरु भने छन् । 


काठमाडौमात्र नभई कहिलेकाँही म साना शहरहरु जस्तै बीरगंज या दाङ्गका साथीलाई कल गरेर सोध्ने गर्दछु, वहाँहरुको कुरा अनि ससाना नेपाली शहरहरुका अनलाईन एक्सपोजरले प्रष्ट पार्दछ कि नेपाली डेटका तवरहरु अब धेरै हदसम्म अमेरिकनाइज्ड भइसकेको छ । नेपाल एउटा देशका हिसाबमा अत्याधिक पश्चिमा सस्कार अनि तवरलाई पछ्याइरहेको छ । यसका साथै आधुनिक नेपाली यूवायूवतीले जटिल बिदेशी अनलाईन ट्रेन्ड पछ्याइरहेका छन् । 


कति समाचार त हामीले पढेकै छौं नि, अनलाईन मार्फत समबन्ध बिस्तार गरेर ठगी गरेका अनि अनलाईन लाहुरेहरु अफलाईनमा चाउरे अनि दाउरे भएका भन्ने बिषयमा । अनलाईन त्यस धरातल हो जहाँ देखाउन चाहेका कुराहरु मात्र देखिन्छ । यथार्थका खुराकहरु अनलाईनका माकुरे जालहरुमा नबुनिएको हुनसक्ने संभावना धेरै छ । अनलाईनको भाषा सबैले बोलेका छन् तर कसैले यस भाषा सिकाँउदैन्, तपाईले आफ्नो स्वविवेक अनि ज्ञान प्रयोग गरेर आफ्नो अनलाईन समबन्ध या परिपेक्ष्य स्वयम निर्धारण गर्नुपर्नेछ । अनलाईनमा मान्छेहरु भूत झैं हुन्छन् कहिलेकाँही । बोल्यो, लाइक्स अनि कमेन्ट गर्यो, आफ्नो बनायो तर कुनै समयमा जब आफूलाई त्यो यूजर या फ्रेण्ड अत्याधिक चाहिएको हुन्छ तब उ भूत भईदिन्छ । घोस्टीगं अत्याधिक कमन छ, अनलाईन कल्चरमा । आखिर एउटा अनलाईन प्रयोगकर्तालाई अर्को अनलाईन प्रयोगकर्ता संगको समबन्धको लचिलोपना र दिर्घायूपना कायम गर्न कुनै नियम या सामाजिक बन्धन पनि त छैन । अनलाईनमा समाज अनि भौतिक परिपेक्ष्यलाई बाइपास गरिन्छ, मान्छे आफ्नो ईच्छा र चाहनाले अनलाईन चौतारीमा आँउदछ र आफ्नै ईच्छाले निस्क्न्छ । एकदिन अघिको हल्लाखल्ला अर्को दिन शुन्यतामा पुग्दछ अनि शुन्यता चिर्ने कुनै खासै आधार पनि हुँदैन् । 


संगै काम गर्ने एकजना केटी अफिसमा बोल्दा लजाँउछिन अनि यसरी व्यबहार गर्छिन कि मानौं हामी एकअर्कालाई चिन्दैनौं । तर हरेक साँझ उनी जब अनलाईनमा शुरु हुन्छिन तब राती १२ सम्म उनी रोकिने नाम लिन्नन् । म उन्को जिवनको एउटा रहस्य हुँ, उनी अनलाईनमा त्यस रहस्यको समीकरण खोल्छिन तर अफलाईनमा उनी शुन्यतामै छिन् । यसक्रमलाई स्ट्यासीगं भनिने रहेछ, सामाजिक जिवनको भौतिक उपस्थितीलाई स्ट्यासीगं एउटा चुनौति नै हो, मान्छे २ चरित्र देखाँउदछन् । रातभरि मेरो पेट दुखाईका लागि शव्दका आँशु बगाउने उनी दिँउसो आमनेसामने मा चुप रहँदा उनको पाखण्डीपनाको यो चरित्रलाई म अनलाईनको नाम दिन्छु ।

केही हराएका अनलाईन साथीहरु कहिलेकाँही फेरि यसरी प्रकट हुन्छन कि मानौं उनीहरु कहिले हराएकै थिएनन् । लाग्छ समुन्द्रमा हराएको पन्डुबी फेरि सतहमा निस्केको छ । अनलाईनले मान्छे हराउने र भेटाउने काम गर्दछ । अनि जब म अनलाईनबाट दिक्क मानेर चियापसलमा साथीहरुसंग कुरा गर्न पुग्दछु तब प्रत्यक्ष जिवनमा पनि अनलाईनको भूत देखापर्दछ । हामी भेटघाटमा आफूसंग कम मोबाईलसंग धेरै बोल्दछौं । छेउको मान्छेलाई चिया कालो खाने कि सेतो भनेर सोध्न मोबाइल खोलेर म्यासेन्जरमा टेक्सट नै गर्न पर्दछ नत्र उ त्यहाँ भएर पनि मोबाइलमै त हुन्छ । अनि कोही हुन्छन् धमिलो पानीमा माछा मार्ने, राम्रो प्रोफाईल फोटो र केही कपीपेस्ट अग्रेंजी शव्दका आधारमा उनीहरु ठूला माछाको खोजिमा हुन्छन् । ति प्रयोगकर्ताहरु त्यस्तो छवी बनाँउदछन जून उनीहरु बास्तवमा १० प्रतिशत पनि हैनन् । यो त झन घिनलाग्दो मनोसामाजिक मनोवृती हो । उनीहरु लभका बमलाई सबैमाथि बिष्फोट गर्दछन् र लाग्दछ अनलाईनमा शायद लभका चिठ्ठा परिरहेछन् । सोच्छु, कहिले मान्छेहरु यस्तो व्यवहारवाट थाक्ने हुन् ? भौतिक भेटघाट अनि स्पर्श मान्छेको संवेदनाको आधार हो । अनलाईनले आँशु पुच्दैन्, शब्दहरुले टाईप गरेर प्रत्यक्ष बोलीको झैं यथेष्ट भाव कहाँ बोक्न सक्दछन् त ? यहाँ मान्छेहरुको गोडा भन्दा औंला थाक्न थालेका छन्, टाईप गरेर भावना बगाउने क्रममा थाकेका औंलाहरुले के को बयान गर्दछन् ? एक्लोपना या प्रविधि ?

हिजो भ्यालेन्टाईन दिवसमा अनलाईनमा लभ प्रसादी परेका शुरुवाती अनलाईन लभरहरु यस बिषयमा सोच्ने कि ? छाँयासंग हैन बास्तविकक्ता संग समबन्ध गासौं, अनलाईन डेटमा आशक्ति हुनु हानीकारक हुनसक्छ । 

हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.