एउटा नेपालीको तर्फबाट भारतीय मित्रलाई खुल्ला पत्र | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

एउटा नेपालीको तर्फबाट भारतीय मित्रलाई खुल्ला पत्र




   Suyog Dhakal - Mar 14 2017

प्रिय छिमेकी भारतीय परिवार एवं मित्र !

म एउटा नेपाली, आफ्ना छिमेकी तिमी भारतीय मित्र अनि तिम्रा परिवारको सुस्वास्थय, दिर्घायू अनि कुशलताकालागी पालैपिच्छे पशुपतीनाथ, जानकी मन्दिर अनि मुक्तिनाथ लगायत जामे मस्जिद, नेपाली चर्चहरु, स्वम्भ्यू अनि वौद्ध स्तुपाहरुमा प्रार्थना गर्दछु । तिमी पनि तिम्रा देशमा भएका देवालय, चर्च अनि गुम्वाहरु लगायतका अन्य तिर्थस्थलमा हामी नेपालीका लागी प्रार्थना गर है ।

मलाई तिमीसंग कुनै रिस छैन तन कुनै गुनासो नै तर गएको हप्ता भएको एउटा घटनाले म मात्र नभईकन हामी सबै नेपालीहरुको हृदय छिया छिया भएको छ । आउ म सविस्तार मेरो कुराहरु भन्छु.... हाम्रो सीमानामा तिम्रा देशका सीमा सुरक्षाबल एसएसबी आएर हाम्रा दौतरीलाई हाम्रै भुमीमा गोली हानेर अराजक दादागिरी देखाएका छन्, नेपाली भुमीमा नेपाली नागरीकको हत्या हामीलाई असह्य छ ।
यो हाम्रो स्वाभिमानमाथीको प्रहारका रुपमा हामीले लिएका छौं, हामीलाई घाउ लागेको छ ।

हेर मेरा भारतीय मित्र! अपराधीहरुको कुनै राष्ट्रियता हुँदैन तसर्थ एउटा असल छिमेकीको हत्या गर्न सक्ने तिम्रा देशका सीमा सुरक्षाकर्मीहरुले भोली तिमी माथीनै पनि प्रहार नगर्ला भन्न सकिन्न, आफन्त मर्दाको पीडा नमिठो हुन्छ मित्र! त्यो तिमीले भोग्न नपरोस् ।

मलाई तिमी प्रति अझै पनि स्नेह नै छ तर गुनासो र आक्रोश तिम्रा प्रशासकहरुसंग छ । शायद तिमीहरुले फराकिलो हृदय भएका नेतृत्व चयन गर्न अझै सकेका छैनौ, त्यसैकारण त तिम्रा अल्पसंख्यक जनजातिहरु राज्यको शिकार हुदै आएका छन्, जन्मकैदमा परेकाछन्।

नेपाली प्रतिको यो बैरिभाव तिम्रा प्रशाशक अनि नेतृत्वलाई धेरै भारी पर्नेछ, संझाउने प्रयास गर है ।

ढिलो चाँडो अपराधीले सजाय त पाँउछ नै, निर्दोष नेपालीको वलिदान त्यसै खेर जान दिदैनौ हामी । नेपाली राजनैतिक नेतृत्वको दास मानसिकता लाई आँकेर नेपालीको राष्ट्रप्रेमलाई कम नआँक्न तिम्रा नेतृत्व अनि प्रशासकहरुलाई भनिदेउ है, यहाँ मजस्ता राष्ट्रप्रेमीहरु पनि छौं र देशकालागि परेको खण्डमा जे पनि गर्न तैयार छौं ।

तिम्रा देशको सीमानामा सुरक्षा दिने सैनिक होस् या शहरका अग्ला सोसाइटीमा सुरक्षा दिने चौकीदारदेखी ठुला ब्यापारीहरुसम्म सबैतिर  मेरा स्वदेशी दौतरीहरु छन् भने हाम्रो देशमा पनि तिम्रा स्वदेशी दौतरीहरु यस्तै धेरै कामहरु गर्दछन् । त्रेता यूगमा अयोध्याका रामलाई हामीले हाम्री चेली सिता अन्माएर पठाएकै हौ, गौतम वुद्धले पनि हाम्रो देश नेपालमा जन्मिएर तिम्रै देशमा आएर ज्ञान पाएका हुन्, शायद त्यतीवेला तिमी भारतीय थिएनौ र म नेपाली थिईन, देश देश थिएन या सीमा फरक थियो । अब हामी प्रष्ट रुपमा अबिभाज्य देशका स्वाभिमानी वासिन्दा हौ, तिमी मेरा छिमेकी हौ र म तिम्रो छिमेकी हुँ । सीमा अनि सीमा स्तम्भको रक्षा हाम्रो साझा दायित्व हो ।

तिम्रो स्वतन्त्रता दिवसको दिन यहाँवाट मैले जहिल्यै शुभसन्देश अनि शुभेच्छाहरु पठाउने गर्दछु, हाम्रो स्वतन्त्रता पनि तिमी अनि शासकहरुले संवेदनशील रुपमा हेरिदिन पर्यो ।

घाउका खाटाहरु विर्सन सजिलो छैन, थप घाउहरु नहोस नत्र भारत पनि नेपालको मित्र हो भन्ने नेपालीले बिर्सिन नपरोस् ।
आजलाई यत्तिनै... तिम्रो असल छिमेकी , एउटा नेपाली



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.