प्रधानमन्त्रीका जवाफ, चित्तबुझ्दो या चित्त दुख्दो ? | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

प्रधानमन्त्रीका जवाफ, चित्तबुझ्दो या चित्त दुख्दो ?




   Suyog Dhakal - Jul 03 2017

भन्दिन भनेपछि भन्दिन, के जबरजस्ती छ ? :प्रम देउवा



प्रधानमन्त्रीका जवाफ, चित्तबुझ्दो या चित्त दुख्दो ?

सार्वजनिक सुनुवाई अहिले प्रजातान्त्रिक राष्ट्रहरुमा पारदर्शिता, सुशाषन, जवाफदेहिता अनि जनताका आवाजहरु बुझ्नकालागि महत्वपूर्ण मानिन्छन् । सरकार अनि सत्ता लगायत जिम्मेवारी लिएका ब्यक्तिहरुलाई बोलाएर जनता अनि सरोकारवालाहरु सँगको यस्ता सुनुवाईहरु वास्तवमै प्रजातन्त्रको अभ्यास संस्थागतताका लागि महत्वपूर्ण छन् । आधारभूत राजनैतिक बजारशास्त्र अर्थात भनौ नेतृत्वको मार्केटिङ्गका लागि पनि यस्ता सार्वजनिक कार्यक्रम, प्रश्नोत्तर र उदघोषहरु जरुरी मानिन्छन् ।

यो पनि हेर्नुहोस् : अषाढ १४ मा रोपेको भोट

सामान्यतया नेताहरुको एकोहोरो भाषणभन्दा यस्ता दोहोरा संवादहरुमा जनताहरुको अर्थपूर्ण सहभागीता र नेतृत्वको तर्कपूर्ण र जिम्मेवार उत्तरका श्रृखलाहरु उत्साहपद रहन्छन् । प्रसंग जोड्न चाहयौ, यससाता गरिएको एउटा यस्तै अन्र्तक्रियात्मक कार्यक्रम जहाँ नेपाल राष्ट्रका सम्माननिय प्रधानमन्त्री र जनताहरुबीच सार्वजनिक सुनुवाई भएको हो । बिबिसी मिडिया एक्शनको साझा सवालको ५००औं अकंमा प्रधानमन्त्री शेरबहादुर देउबाको उत्तर र जवाफदेहिताको बारेमा कुरा कोट्याँउदै छौ ।
अहिले सामाजिक सञ्जालहरुमा बहुतै फस्टाएको अनि चर्चित बिषय भएको छ प्रधानमन्त्रीको यो सुनुवाई र प्रश्नोत्तरको तर्कहरुको विषयमा ।

लमजुङ्ग बेसीशहरकी सिर्जु पन्तको प्रश्न सुशीला कार्कीलाई बिनाकारण लगाइएको महाअभियोग अनि लोकमान सिंह कार्कीलाई कारवाही गर्न खुट्टा कमाइएको बिषयमा थियो । नेताहरुले कस्तो केटाकेटिले खेलेजस्तो काम गरेको भन्ने बिषयमा सिर्जुको प्रश्नमा प्रधानमन्त्रीको उत्तर शायद उति चित्त बुझ्दो आएन्, धेरैले महसुस गरे ।

प्रधानमन्त्रीको उत्तरः
केहि बोल्न चाहन्न, केही कुरा भयो होला नि । म यस विषयमा बोल्न चाहन्न, जबरजस्ती गरेर हुन्छ ।

धेरैजसो प्रश्नहरु महाअभियोगमै केन्द्रित थिए । सकारात्मक रुपमा चुनाव सफल गराउदै अगाडि बढेकोमा प्रधानमन्त्रीलाई बधाई पनि आएका हुन् ।

देशको सर्वोच्च प्रशासनिक पदमा आसिन प्रधानमन्त्रीको जनतासमक्षको कुरा गराई अनि जवाफदेहिताको दृष्टान्त त उक्त कार्यक्रमले सबैलाई दिएकै छ । अर्कोतर्फ सबैजनाको आआफ्नै धारणा पनि हुन सक्दछ यस सुनुवाईको ब्याख्या गर्ने कुरामा । तथापि एउटा कुरा भने प्रष्ट छ, नेपालमा जवाफदेहि नेतृत्वको भने अभाव नै छ ।

सिगांपुरको उदहारण दिँदै एकजना यूवाले गरेका प्रश्न र प्रधानमन्त्रीको जवाफ अहिले सबैतिर चर्चाको बिषय छ । उत्कृष्ट बिधार्थीहरु र अध्यनशिल ब्यक्तित्वको नेतृत्व नेपालले ७० बर्षदेखि नपाएको र तपाँई बिस्थापित कहिले हुने भन्ने प्रश्न थियो । प्रश्नमा केहि ब्यक्तिगत आक्रोश नभएको भने हैन तथापि जनताको सेवकका रुपमा प्रधनमन्त्रीको आक्रोशित जवाफ पक्कै हाम्रो अपेक्षामा थिएन ।

बिश्वकै शक्तिकेन्द्र अमेरिका, रुस, चीन लगायतका अन्य थुप्रै बिकसित देशहरुका प्रधानमन्त्री र राष्ट्रपतीहरुले पनि यस्ता प्रश्न र चुनौती सामना नगर्ने हैनन् तर जवाफ र शालिनतासँग उनिहरुले जनतासमक्ष आफूलाई प्रस्तुत गर्ने तवर प्रधानमन्त्रीले सिक्न जरुरी पनि देखिन्छ । तपाईले चाहेजस्तै बन्नपर्ने भन्ने छ ? तपाँई बढ्ता बोल्दैहुनुन्छ भन्नेजस्ता उत्तरहरुले जनताका सवालहरुको मर्ममाथी प्रहार भएको भान हुन्छ ।

कुरा कुनै बिशेष राजनैतिक पार्टी अनि बैमनस्यताको पक्कै हैन्, कुरा त जनताप्रतिको जवाफदेहिताको हो । जनताको सरकार अनि सत्ताप्रतिको उदासिनताको हो अनि बिकासको धमिलो सपनाको हो ।
चुनावको साँठगाँठ उपर पनि प्रश्नहरु उठेका हुन, संयूक्त सरकारको उदहारण दिँदै प्रधानमन्त्रीले साँठगाँठको ब्याख्या गर्नुभएको थियो ।

नागरीकहरुको साना साना गुनासो अनि आशा अपेक्षाहरु जस्तै गाँउका बाटो, अस्पताल अनि बिधालयको निर्माणमा ढिलासुस्ती लगायतकाकुराहरुमा प्रधनमन्त्रीका रेडिमेड उत्तरहरु सरोकारवाला निकायहरुसँग बुझेर उत्तर दिने प्रतिबद्धता छ भन्ने रहेको छ ।

धेरै गुनासाहरु अनि प्रश्नहरु अझै उत्तर खोज्दै बसेका छन् । प्रधानमन्त्री सार्वजनिक पदमा आँउदा पार्टी जुनसुकै भएपनि देखेर गर्व र सम्मानगर्न मिल्ने अवस्थाको अपेक्षा भने सबैलाई छ । प्रधानमन्त्रीबाट एकैदिनमा देशको बिकास जनताले खोजेका हैनन तर प्रश्नको उचित उत्तरभने जनताको अधिकार हो, हैन र ?

हाम्रो पात्रोका लागि सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.