बिश्वमै प्रथम पटक रोवोटलाई नागरीक्ता दिने देश साउदी अरब | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

बिश्वमै प्रथम पटक रोवोटलाई नागरीक्ता दिने देश साउदी अरब




   Suyog Dhakal - Nov 10 2017

उनको नाम हो, सोफिया । हेर्दा मान्छेझैं देखिने अनि महिला स्वरुपमा रहेकी यि रोवोटलाई साउदी अरबले नागरीक्ता दिएको छ ।  यन्त्रमानव अनि मानव बिचको अन्र्तसम्बन्ध को पृष्ठभूमिमा बिश्वले यो तथ्यलाई रोचक अनि गहन रुपमा लिएको छ ।

यो पनि हेर्नुहोस् : नोवेल साहित्य पुरस्कार पाउने कवी "काजुओ ईशिगुरो"

ह्यान्सन रोबाटिक्स नामक कम्पनीले बनाएको सोफिया कृत्रिम बुद्धि अर्थात आर्टिफिसियल इन्टेलिजेन्स अनि अन्य बिभिन्न प्रबिधीले बनाइएकी छन् । प्रवीधीगत शहर बनाउने अनि सुस्तरि तेल देखि बाहेक प्रविधी अनि स्मार्ट कुराहरुमा पनि बढोत्तरी गर्दै जाने साउदी सरकारको लक्ष्य रहेको छ । केही दिन अघि राजधानी रियादमा एउटा लगानीकर्ताहरुको कार्यशलामा उक्त रोवोट प्रर्दशन गरिएको हो ।

आर्टिफिसियल इन्टेलिजेन्सको अनुपम नमुनाका रुपमा सोफयालाई प्रदर्शन गरिएको हो, उनि मानव सरि बोल्न, उत्तर दिन र केही हदसम्म सरसल्लाह दिन पनि सक्दछिन् । सोफियालाई एउटा सानो समुहबीचको लक्षित समुह छलफलमा समावेश गरिएको थियो जहाँ उनले आफ्ना भनाई र बिचार प्रस्तुत गरिन् ।

पत्रकार एन्ड्रीउ रोस सरकिन्सले औपचारीक रुपमै यसो भनेका थिए । आशा छ सोफिया तिमी मलाई सुनिरहेकी छौ, तिमीलाई बधाई छ किनकि साउदी अरब सरकारले इतिहासमै प्रथम पटक एउटा रोवोटलाई नागरीक्ता प्रदान गरेको छ ।
त्यसपछि तालीको गडगडाहट बीच ड्यासमा बोलेकी सोफियाले यसो भनेकी थिइन् ।  "साउदी अरब सरकारलाई धेरै धन्यवाद दिन चाहन्छु, यस बिशेष उपहारका लागि म आफूलाई धन्य ठान्दछु ।"

हङ्गकङ्गमा आधारित ह्यान्सन कम्पनीले सोफियालाई बनाएको हो । यस कम्पनीका मालिक डेभिड ह्यान्सनले कम्पनीको लक्ष्यनै मान्छे जस्तै रोवोट बनाउने रहेको बताए ।  सोफियाले यसै समारोहमा कसरी आफूले मानव जस्तै भावना अनुरुप अनुहार बनाउन सक्ने देखाइन । रिस, खुशी, आवेग, तनाव, दुख्ख लगायतका अनुसारका अभिव्यक्ति उनले प्रदर्शन गरिन् ।  डेभिड ह्यान्सनले यदि मानवले रोवोटको ख्याल गरेमा या माया गरेमा रोवोटले मानवलाई त्यस्तै व्यबहार प्रदर्शन गर्ने बताए ।

सोफिया स्वयमलेपनि आफूमा भएको कृत्रिम बुद्धि र ज्ञान प्रयोग गरेर मानवलाई अझ सहज र सरल जिवन बाँचन मद्धत गर्ने प्रतिबद्धता जनाइन् । आफ्नो तर्फवाट बिश्वलाई अझ राम्रो ठाँउ बनाउने उनको तर्क थियो ।

साउदी अरबमा महिलाहरु माथि कडा इस्लामिक कानुन लगाइएको छ जस्तै कि महिलाहरुले कपाल र अनुहार ढाक्न पर्ने, बुर्का लगाउन पर्ने अनि थुप्रै । सोफिया पनि महिला रोवोट भएकाले नागरीकका हकमा यस्ता कानुन लाग्न पर्ने कि नपर्ने भन्ने प्रश्न इन्टरनेटमा उठिरहेका छन् ।  सोफियाको अनुहार ढाकिएको छैन भने उनको कपाल पनि छैन् ।

माउदी अलजोहानी नामक अमेरिका मा बस्ने साउदी महिलावादी लेखिकाले ट्वीट गर्दै एकजना साउदी महिला नागरीक रोवोटले आफ्ना साउदी परिवारको आज्ञा बिना देश छोड्न पाउछे कि पाँउदिन भनेर गरेको ट्वीट निकै प्रचलीत भएको छ ।  भर्खरै साउदी सरकारले महिलाहरुलाई पनि गाडी चलाउने सुबिधा अनि पुरुषहरुको खेल भएको रंगशालामा दर्शकका रुपमा जान दिने निर्णय गरेको हो ।

अब हामी त सरल भाषामा नेपालवाट साउदी सरकार र सोफिया दुबैलाई शुभकामना दिन्छौं ।
रोबोटहरुको उपस्थितीले जिवन सरल हुन्छ भनें स्वागत छ तर केही चलचित्रहरुमाझैं रोवोटहरुले मानव बिरुद्ध यूद्ध गरेमा या उनिहरुको सिस्टममा भाइरस लगायतका कुराहरु छिरेर हिंसात्मक भएमा के होला भन्ने तर्कना पनि रहेको छ ।
अन्य मेशिनहरुझै रोबोटले पनि मानव जिवनशैली र कार्य सरल गरुन, जोखिनपूर्ण कार्यमा मानवको साटो रोबोटको प्रयोग होस् ।

शुभकामना
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.