ब्लग - साहित्य / हाम्रो लेख

सफलताका शुत्रहरु




   Bishwa Raj Adhikari - Aug 01 2018

“धैर्य र आशा जीवन हो भने निराशा मृत्यु हो।” कुनै पनि व्यक्तिमा निराशाको मात्रा निरन्तर वृद्धि हुँदै गएमा त्यो व्यक्ति मृत्युको मुखमा पुग्छ। सन् १९६६ मा निर्मित, बहु चर्चित तथा पुरस्कृत फिल्म ‘तिसरी कसम’ का निर्माता एवं प्रसिद्ध भारतीय साहित्यकार एवं गीतकार शैलेन्द्र आफ्नो एक गीतमा भन्छन् ।



धैर्यवान् हुनु: धैर्य प्रत्येक व्यक्तिको लागि सम्पत्ति हो। धैर्यले सफल हुन सहयोग गर्छ। सफल भए पछि सुखसँग बाँच्न ऊर्जा प्राप्त हुन्छ। धैर्यवान् व्यक्तिले प्रगति गर्ने सम्भावना उच्च हुन्छ भने अधैर्य व्यक्तिले अनेक किसिमका अनावश्यक समस्याहरूको सामना गर्नु पर्छ। अधर्यवान् व्यक्तिका क्रियाकलापहरू कहिले उल्टो समस्या सृजना गर्ने स्रोत बन्न पुग्छन। धैर्यले आशा जागृत गराउँछ। आशाले प्रगति पथतिर लाग्न सहयोग गर्छ। पूर्वीय संस्कृतिले धर्य र आशा माथि निकै विश्वास गरेको पाइन्छ। भारतवर्षका कवि दुलसीदास धैर्य र आशालाई यस्तो भावद्वारा व्यक्त गर्छन,

“तुलसी भरोसे राम के, निर्भय हो के सोए।
अनहोनी होनी नही, होनी हो सो होए।।”

तुलसीदासको भनाइको भावार्थ के हो भने यो संसारमा धेरे कुराहरू छन जनु आफ्नै नियम र गतिमा सम्पादन हुन्छन। तिनलाई सम्पादित हुन देखि हामीले जति सुकै बल लगाएर पनि रोक्न सक्दैनौ। जस्तै जन्म लिए पछि कुनै पनि प्राणीले अवश्य पनि मृत्यु वरण गर्नु पर्छ। कुनै पनि व्यक्ति मृत्यु देखि जोगिन सक्तैन। जब मृत्यु देखि जोगिन सकिंदैन र मर्नु नै छ भने हरेक घणी किन मृत्युको चिंता लिएर वस्ने?

अर्को किसिमले हेर्दा जुन कुरा हुँदैन, त्यो हुँदैन, र जुन कुरा हुन्छ नै, त्यो हुन्छ नै, भने पछि हाम्रो नियन्त्रणमा केही पनि छैन र हामी केवल घटनाहरूको शाक्षी मात्र हौ भने, कुनै कुरा हुने वा न हुने बारे हामी किन चिंतित हुने? चितिंत भएर जीवनको प्रत्येक पललाई दु:खी किन तुयाउने? जे हुने हो त्यो हुन्छ नै, जुन हुने होइन त्यो हुँदैन भन्ने कुरामा बलियो गरी विश्वास किन नगर्ने? हो यस्तो सोंचेर चिन्तमुक्त भएर बाँच्नु पर्छ।  एक अर्को प्रशंगमा तुलसीदास भन्नछन्,

 “होइहि सोइ जो राम रचि राखा।
को करि तर्क बढावै साखा।।”

माथिका पङ्कतिहरूको भावर्थ के हो भने भगवान्ले जसरी घटनाहरूको रचना गरेका छन् त्यसै किसिमले क्रियाहरू हुन्छन। त्यस कारण आज के होल भोलि के हुनेछ भन्ने सोंचेर तर्कहरू मात्र बढाउने कार्य हुन्छ। र बढेका तर्कहरूले चिंता र दु:खहरू मात्र दिन्छन। अर्थात आफ्नो नियन्त्रणमा नभएका घटनाहरूको बारेमा सोंचेर दु:खी हुनु उचित होइन।

पूर्वीय संस्कृतिले आश र धैर्यमा बलियो गरी विश्वास गर्छ। एक निश्चित स्तरसम्म आशा गर्नु राम्रो पनि हो। तर केवल आशा मात्र गरेर, परिश्रम भने नगरेर ठूलो प्रतिफलको अपेक्षा गर्नु उचित होइन। हाम्रो नेपाली समाजले विभिन्न अवस्थाहरूमा परिश्रम नगरेको र केवल अपेक्षा मात्र गरेको र अपेक्षा गरेको कुरा प्राप्त गर्न भगवान् को मन्दिर धाएको देखिएको छ। श्रद्धा भक्तिले भगवान्को मन्दिरमा नपुगेर केही कुरा पाउने लोभ लालचमा भगवानको मन्दिरमा पुगेको देखिएको छ। भगवान्को मन्दिरमा पुग्नेहरू मध्ये ज्यादै कम व्यक्तिहरू मात्र भगवान्प्रति हृदयभरिको श्रद्धा लिएर पुगेक हुन्छन्, बाकिँ भक्तजनहरू आफ्नो स्वार्थवाट निर्देशित र परिचालित भएर, केही माग्ने उद्देश्यका साथ भगवान्को मन्दिरमा पुगेका हुन्छन।

“धैर्य र आशा जीवन हो भने निराशा मृत्यु हो।” कुनै पनि व्यक्तिमा निराशाको मात्रा निरन्तर वृद्धि हुँदै गएमा त्यो व्यक्ति मृत्युको मुखमा पुग्छ। सन् १९६६ मा निर्मित, बहु चर्चित तथा पुरस्कृत फिल्म ‘तिसरी कसम’ का निर्माता एवं प्रसिद्ध भारतीय साहित्यकार एवं गीतकार शैलेन्द्र आफ्नो एक गीतमा भन्छन्:

“है बुझा बुझा सा दिल, बोझ सांस सांस पर
जी रहे हैं फिर भी हम, सिर्फ कल की आस पर”


उपरोक्त गीतको भाव
समयस्याले हामीलाई निरन्तर पछ्याइ रहेको हुन्छ जसरी आकासलाई बादलले पछ्याए जस्तो। बादल बिनाको आकासको हामी कल्पना समेत पनि गर्न सक्तैनौ। त्यसैगरी समस्या बिनाको मानिस पनि हामी कल्पना गर्न सक्तैनौ। तैपनि, समस्यासँग, समस्या भोगि रहेकाहरू डराएर भाग्दैनन् र समस्याको सामना यो विश्वासका साथ गर्छन कि भोलिक दिनहरू अर्थात भविष्यमा त्यस किसिमका समस्याहरू आउने छैनन् र भविष्य सुखमय हुनेछ। भोलि वा भविष्य अज्ञात हुन्छ तर आसा बोकेको हुन्छ र त्येही आसालाई मानिसहरूलाई बाँच्ने ऊर्जा दिन्छ। भोलि (भविष्य) को आसा वा भोलि सुख पाइएला भन्ने विश्वासले मनिसलाई जीवित र क्रियाशील राखेको छ। हामी सबै भोलिक आसमा बँचेका छौ। त्यसकारण आसा गर्न छाड्न हुँदैन।

(क) आशा बलवती राजन ……..
महाभारत युद्धमा कौरव (दुर्योधन) पक्ष बाट निम्न व्यक्तिहरू सेनापति नियुक्त भएका थिए।

1. भीष्म (भीष्म पितामह, वा देवव्रत) (१ देखि १०) १० दिन।
2. द्रोण (आचार्य) (११-१५) ५ दिन।
3. कर्ण (१६-१७) २ दिन।
4. शल्य (१८- युद्ध समाप्त) १ दिन।
5. अस्वत्थामा (१८ दिनको रात युद्ध रोकिएको समयमा)।

महाभारत युद्धलाई आशा र धैर्य सँग जोड्ने उद्देश्यका साथ यो युद्धबारे छोटो परिचर्चा गर्ने प्रयास गरेको छु। आशा कति बलियो हुन्छ भन्ने तथ्य दर्शाउने प्रयास गरेको छु। महाभारत युद्ध जम्मा १८ दिन चलेको थियो र सो युद्ध लड्न कौरव पक्षबाट ५ सेनापतिहरू नियुक्त भएका थिए।  पहिलो सेनापति थिए भीष्म। उनले १० दिन युद्ध गरेका थिए। त्यसपछि बाँण लागेर रण भूमिमा ढलेका थिए। दोस्रो सेनापतिको रूपमा द्रोणको नियुक्ति भएको थियो। ५ दिनसम्म युद्ध गरेपछि उनको पनि मृत्यु भएको थियो। तेस्रो सेनापति थिए, कर्ण। कर्णले केवल २ दिन युद्धको नेतृत्व गरेका थिए। त्यसपछि उनको पनि मृत्यु भएको थियो।  यसरी एक से एक वीर, धीर र पराक्रमीहरू, जो सेनापति भएर युद्ध गरि रहेका थिए, को मृत्यु भइसकेको स्थिति थियो। युद्ध प्रारम्भ भएको पनि १७ दिन भइसेको थियो। कौरवहरूको स्थिति अति नै कमजोर हुँदै गइरहेको थियो। कौरवहरू विजयी हुने सम्भावना शून्यतातर्फ अग्रसर हुँदै थियो।

विजयी हुन नसक्ने लभगभ निश्चित भए पछि कौरव पक्षका केही प्रभावशाली व्यक्तिहरूले दुर्योधनलाई भने, “महाराजा एक से एक महान् योद्धाहरूको ज्यान गइ सक्यो। तिन सेनापतिरहरू पराजित भइ सकेका छन्। द्रोण र कर्ण जस्ता महारथीहरूको मृत्यु भइ सक्यो। इच्छा मृत्यु भएका भीष्म पनि पराजित भएर वाँण शैयामा मत्युको दिन गन्ति गरि रहेका छन। त्यसकारण यो स्थितिको समिक्षा गर्दै महाराजले, अब, यो नया परिस्थितिमा, शान्ति सम्झौता गर्नु उपयुक्त हुनेछ। शान्ति सम्झौता गरे भने यो अति विनाशकारी युद्ध पनि रोकिन्छ। हाम्रो राज्य पनि गुम्दैन। हामी पराजित भएको पनि देखिंदैन।”

सल्लाह दिनेहरूलाई दुर्योधनले जीवनमा आशाको महत्व दर्शाउँदै यसरी भने, “हेर, बडे बडे महारथीको मृत्यु भएर के भयो, यदि अब नियुक्त हुने सेनापति शैल्यले यो युद्धमा विजय हासिल गरे हाम्रो विजय भइ हाल्यो नि। आश गर्न कहिले पनि छाड्नु हुँदैन। अन्तिम घडिमा पनि हाम्रो विजय भयो भने हामी विजयी कहलिन्छौ। त्यसकारण आशा परित्याग नगरौ।”

विचार गर्ने कुरा के छ भने भीष्म (वाँण शैयामा), द्रोण, कर्ण जस्ता महान योद्धाहरूको मृत्यु भइसकेको स्थितिमा शैल्य जस्तो समान्य व्यक्तिको नैतृत्वमा त्यस्तो भीषण युद्धमा विजय हासिल गर्नु सम्भव थिएन। र पराजित हुने निश्चित थियो। तर पनि दुर्योधनले विजयको आश गर्न छाडेका थिएनन्। दुर्योधन भ्रममा नै भए पनि युद्धको अन्तिम दिन पनि उनले विजय हासिल गर्न सकिने भन्ने ‘आशा’ लिएर बसेका थिए।  


अर्कोतिर दुर्धोधनको युद्ध जित्ने आशा देखेर सञ्जयले धृतराष्ट्रलाई अचम्म मान्दै भने, “महाराज, आशामा कति बलियो शक्ति हुँदो रहेछ। त्येही आशाको बलमा शैल्य जस्तो सामान्य व्यक्तिलाई सेनापति नियुक्त गरेर महाभारत युद्ध जित्ने सपना दुर्योधनले देखिरहेको छन्। शक्तिसाली भगवान् श्रीकृष्ण र धनुर्धर अर्जुनलाई पराजित गर्ने आशा लिएर बसेको छन।”

धैर्यको एउटा प्रशंगलाई यहाँ जोडौ। भारतकी प्रधान मन्त्री इन्दिरा गाँधी हठी स्वभावका लागि जति चर्चित थिन त्येति नै साहस र धैर्यका लागि पनि। एक पटक उनेल एक उल्लेखनीय धैर्य धारणको प्रमाण आफनो व्यवहार द्वारा प्रदर्शित गरेकी थिन।

ख) इन्दिरा गाँधीको धैर्य
इन्दिरा गाँधीका कान्छो छोरा सञ्जय गाँधीको मृत्यु नया दिल्लीमा एक हवाइ दुर्घटनामा भएको थियो। उक्त हवाइ दुर्घटनामा, हवाइ उडानको समयमा, सञ्जय गाँधीको साथ रहेका क्याप्टेन ‘सुभाष सक्सेना’ को पनि मृत्यु भएको थियो।

मृत्यु पश्चात सञ्जय गाँधीको पार्थिव शरीरलाई एकातिर राखिएको थियो भने सुभाष सक्सेनाको पार्थिव शरीरलाई अर्कोतिर। सञ्जयको मृत्युको खबर सुनेर छोराको ‘अन्तिम दर्शन’ गर्न हिंडेकी इन्दिरा गाँधी पहिले सुभाषको अन्तिम दर्शन गर्न पुगेकी थिन। सुभाषको पार्थिव शरीर नजिक पुगेकी थिन। सुभाषको अन्तिम दर्शन गरेर, उनको परिवारका सदस्यहरूलाई समवेदना व्यक्त गरेर, पछि मात्र आफ्नओ छोरा सञ्जयको अन्तिम दर्शन गर्न पुगेकी थिन।

इन्दिरा गाँधीको यस किसिमको धैर्यताले विभिन्न व्यक्तिहरूलाई आश्चर्य चकित तुल्याएको थियो। त्यस्तो किन गरेको भनी केहीले इन्दिरा गाँधीलाई प्रश्न पनि गरेका थिए। “सञ्जयको मृत्युले म जति दु:खी छु, सुभाषको मृत्युले पनि उनका परिवारका सदस्यहरू त्येतिकै दु:खी छन।” इन्दिराले प्रश्नकर्तालाई भनेकी थिन। छोरा सञ्जयको पार्थिव शरीरलाई पहिले अन्तिम दर्शन नगरेर इन्दिरा गाँधीले ठूलो धैर्यता प्रदर्शन गरेकी थिन।  इन्दिरा गाँधी हठि स्वभावकी जति थिन त्येतिकै धैर्यवान स्वभाव की पनि थिन।

धैर्य महत्त्वपूर्ण छ। याद राख्नुस: एक गाग्री थोप थोपा हालेर भरिन्छ। भगवान् बुद्ध



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 111.6
  • 112.2
  • European euro
  • 126.93
  • 127.62
  • UK pound sterling
  • 142.24
  • 143
  • Swiss franc
  • 112.19
  • 112.8
  • Australian dollar
  • 81.13
  • 81.56
  • Canadian dollar
  • 84.79
  • 85.25
  • Singapore dollar
  • 81.05
  • 81.49
  • Japanese yen (10)
  • 10.11
  • 10.17
  • Chinese renminbi (Yuan)
  • 16.21
  • 16.3
  • Saudi Arabian riyal
  • 29.76
  • 29.92
  • Qatari riyal
  • 30.65
  • 30.82
  • Thai baht
  • 3.34
  • 3.36
  • UAE Dirham
  • 30.38
  • 30.55
  • Malaysian ringgit
  • 27.27
  • 27.42
  • Korean Won (100)
  • 9.82
  • 9.88
  • Swedish Krone
  • 12.19
  • 12.25
  • Danish Krone
  • 17.03
  • 17.12

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम