ब्लग - साहित्य / हाम्रो लेख

“११५ एन आई सी एशिया ऋणपत्र २०८५/८६”का लागि "नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लि." धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त





एन आई सी एशिया बैंक लिमिटेडले आज रु.१,००० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४ अर्व बराबरको “११५ एन आई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ । यस अगाडि बैंकले जारी गरेको रु १ अर्ब ८३ करोड रुपैंयाको “११५ एन आई सी एशिया ऋणपत्र २०८२/८३” सम्पूर्ण रुपमा आवेदन प्राप्त भई बाँडफाँड समेत भइसकेको छ । प्रस्तावित ११ प्रतिशत व्याज भएको यस ऋणपत्र लगानीकर्र्ताको लागि उत्कृष्ट प्रतिफल सहितको दीर्घकालीन लगानी गर्ने सुवर्ण अवसर हुने विश्वास बैंकले लिएकोे छ ।

उक्त ऋणपत्र निष्कासन सम्बन्धी सम्झौता पत्रमा एन आई सी एशिया बैंक लिमिटेडका तर्फबाट का. मु. प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक छपि राज पन्तद्वारा सम्झौतापत्रमा हस्ताक्षर भएको छ । रु.४ अर्व बराबरको ऋणपत्रमध्ये ८० प्रतिशत (रु ३ अर्ब २० करोड) व्यक्तिगत र २० प्रतिशत (रु ८० करोड) सर्वसाधारणका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात निष्कासन तथा बिक्री खुला गरिनेछ । प्रस्तावित ऋणपत्र ११ प्रतिशत बार्षिक व्याज दरले अर्धवार्षिक रुपमा व्याज भुक्तानी गर्ने गरी १० वर्ष अवधिको लागि निष्काशन गर्न लागिएकोे हो जानकारी एन अाइ सी एसिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत (सुचना अधिकारी) सुधिर नाथ पाण्डेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.88
  • 115.48
  • European euro
  • 129.92
  • 130.6
  • UK pound sterling
  • 146.83
  • 147.6
  • Swiss franc
  • 114.23
  • 114.83
  • Australian dollar
  • 83.49
  • 83.92
  • Canadian dollar
  • 86.81
  • 87.26
  • Singapore dollar
  • 83.39
  • 83.82
  • Japanese yen (10)
  • 10.13
  • 10.18
  • Chinese renminbi (Yuan)
  • 16.55
  • 16.64
  • Saudi Arabian riyal
  • 30.62
  • 30.78
  • Qatari riyal
  • 31.55
  • 31.71
  • Thai baht
  • 3.48
  • 3.5
  • UAE Dirham
  • 31.27
  • 31.44
  • Malaysian ringgit
  • 27.4
  • 27.54
  • Korean Won (100)
  • 10.16
  • 10.21
  • Swedish Krone
  • 12.65
  • 12.72
  • Danish Krone
  • 17.41
  • 17.5

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम