सेप्टेम्बर ११ , आतकंको १६ बर्ष | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

सेप्टेम्बर ११ , आतकंको १६ बर्ष







आजभन्दा १६ बर्षअघि सन् २००१ सेप्टेम्बर ११ का दिन स्थानिय समयको बिहान ८ बजेर ४५ मिनट जाँदा अमेरिकन एयरलाइन्सको बोईगं ७६७ फ्लाइट ११ सोझै गएर न्यूयोर्कको वल्र्ड ट्रेड सेन्टरको दक्षिणी टावरमा ठोक्कीएको थियो । त्यसको ठीक १८ मिनट पछि यूनाईटेड एयरलाइन्सको बोइगं ७६७ फ्लाइट १७५ लाई पनि यसै गरि टावर सँग ठोक्काईयो ।
त्यसको ३० मिनट पछि अमेरिकन एयरलाइन्सको फ्लाइट ७७ वासिंगटनको को पश्चिमी क्षेत्रमा र यूनाइटेड एयरलाइन्सको फ्लाइट ९३ पेन्सिलभेनियामा दुर्घटना ग्रस्त भयो ।
चारवटा यी बिमानहरु आतंकवादी हमलाको अवरोहहरुमा हजारौं प्राण गए, अरबौं सम्पती नष्ट भयो, गगनचुम्बी ट्रेड टावरहरु ध्वस्त भए अनि बिश्वले एउटा नयाँ मोड लियो । सबै कुराको परिचर्चा गर्ने छौं आज ।
यस बर्षको सेप्टेम्बर ११ देखि यो हमलाको १६ बर्ष पुरा भएको छ, सन्दीग्ध आतंकवादी नेता ओसामा बिन लादेन पनि मारिएको घोषणा भएको छ । बिश्वले त्यसपछि आफ्ना अमन चैन झन गुमाँउदै गएको छ, क्रमश अफगानीस्तान, ईराक, लिवीया जस्ता राष्ट्रहरुको शाषनसत्ता ध्वस्त हुँदै गए । यो १६ बर्षमा शजारौं परिवर्तनको फेरिहीस्त छ ।

तत्कालिन अमेरिकी राष्ट्रपती जर्ज डब्लू बुशले त्यही दिन राष्ट्रको नाममा सन्देश दिँदै आतंकवादी आक्रमणले भवनका जगहरु हल्लिने तर आफ्नो देशको मनोबल र सुरक्षा संयन्त्र नडगमगाउने सन्देश जाहेर गरे ।
त्यपछि लगत्तै बिभिन्न देशहरु भ्रमण गरेर अक्टोबर ११ २००१ मा अमेरिकाले औपचारीक रुपमा अफगानीस्तानका तालिवान बिरुद्ध हमला शुरु गरेको हो ।
अमेरिकी इन्टेलिजेन्सका अनुसार सेप्टेम्बर ११ को घटनामा १९ जना हतीयारधारी आतंकवादीहरु थिए भनें यि आतंकवादीहरु ईस्लामीक उग्रवादी दस्ता अलकायदाका सदस्यहरु रहेका र उनिहरुका नेता ओसामा बीन लादेन भएको पुष्टी गरेको हो ।
मारिनेहरुमा ४० भन्दा बढि अग्नी नियन्त्रकहरु, प्रहरीहरु अनि १० हजार बढि सर्वसाधरणहरु रहेका छन् ।
अमेरिकामा हरेक बर्षको सेप्टेम्बर ११ लाई राष्ट्रप्रेम दिवसका रुपमा मनाउने चलन पनि छ ।
यसै बर्षको अगस्त ७ मा लगभग १६ बर्षपछि सेप्टेम्बर ११ का एकजना मृतकको सनाखत भएको थियो, त्यत्रा ठूला भवन अनि आगोका लप्काहरुक बिचमा मृतकहरु अनि हराएका अन्य धेरैको पहिचान र नाम सनाखत हुन अझै सकेको छैन ।
यसरी पहिचान पत्ता लगाउन लगभग २७५३ जना मृतकको हाडका स्याम्पल जाँच गरिएको छ । यसमध्य आजा मितीसम्म केवल १६४१ जनाको मात्र पहिचान खुल्न सकेको छ ।

यस सेप्टेम्बर ११ कतिका लागि रहस्य हो अनि कतिका लागि षडयन्त्र पनि । तर कुरा जे होस् अनि यसका त्यान्द्रा जहाँ हुन, त्यस दिन आजभन्दा ठीक १६ बर्षअघि हजारौं मान्छेले आफ्ना ज्यान गुमाएका छन् । आकाशमा उड्ने प्लेनलाई सोझै लगेर गगनचुम्बी महलमा ठोक्काउने यो दुष्प्रयास दानवीय नै हो ।
त्यसै दिन अमेरिकी सुरक्षा बिभाग पेन्टागन अनि अन्य ठाँउमा पनि ठोक्काउन अपहरण गरिएका २ बिमानहरु योजना मुताविक ठोक्कीन नपाएर बाहिरै खसाइएका थिए । बिमानमा सवार सबैको मृत्यू भएको थियो ।
बिमान चलाउने तालिम पाएका अपहरणकारीहरुले बिमान उडेका केही समयपछि बिमानलाई आफ्नो नियन्त्रणमा लिएका थिए ।
यसरी अवहरणकारीले नियन्त्रणमा बिमान लिएपछि त्रासदीपूर्ण अवस्थाका यात्रुहरुले शौचालयबाट घरपरिवारलाई अन्तिम फोन गरेका थिए ।
सेप्टेम्बर ११ को यो आक्रमण पछि नै बिश्वमा एकप्रकारको आतंकवाद अनि बिखण्डनको लहर फैलिएको छ ।
सेप्टेम्बर ११ लाई झगडा या बदला भन्दा पनि शान्ति अनि भातृत्वको कमीका रुपमा बुझ्न जरुरी छ ।
बिश्वमा कुनै एउटा देशमा घटेका घटनाले हरेक बिश्वका कुना कन्दरासम्म असर गर्दछ, आज पनि उत्तर कोरिया, अमेरिका लगायतका देशहरु यूद्धका लागि तल्लीन छन् । परमाणु बमका धाक अनि शक्तिको रवाफ आजको बिश्वको चलन भएको छ ।
मध्यपूर्वमा अशान्ति भएको धेरै भयो, अरब राष्ट्रहरु पनि कतारसंगको समबन्धका कारण एकआपस वाट पर पर भएका पाइन्छ । चीन पनि उत्तर कोरियाली मामिलामा दाउ छोपेरै बसेको छ, भारत अनि पाकिस्तानका झगडा लम्बीनै रहेको छ । उता चीन र भारत पनि चिसा भएका छन् ।

मान्छेहरुको लाशको लावालस्कर सेप्टेम्बर ११ मा जस्तो कहिले पनि फेरि देख्नु नपरोस्् ।
शान्तिको भूमि नेपाल वाट बिश्वमा शान्तिको कामना ।

हाम्रो पात्रोका लागि सुयोग ढकाल




Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.