धन्यवाद! हामी आभारी छौं | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

धन्यवाद! हामी आभारी छौं




   शंकर उप्रेती - Oct 30 2018

यदि तपार्इँलार्इ हाम्रो दशैं प्रस्तुती मनपरेको भए, राम्रो लागेको भए गुगल प्ले स्टोरको यस लिंकलाई खोलेर हाम्रा सामाग्रीलाई रेट पनि अवश्य गर्नुहोला । यहाँहरुबाट प्राप्त यथेष्ट बिचार तथा राम्रो रेटिङ हाम्रो लागि धेरै महत्व राख्दछन् ।



नमस्कार!

मेरो नाम शंकर उप्रेती हो र म हाम्रो पात्रो मोबाइल एपको संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत हुँ । सर्वप्रथम त म हाम्रा सम्पूर्ण प्रयोगकर्ताहरुमा धन्यवाद सहितको अाभार व्यक्त गर्न चाहन्छु -तपार्इँहरुको निरन्तरको सहयोग प्रतिक्रिया तथा सल्लाह सुझावका कारण हाम्रो पात्रोले गुगल प्लेस्टोरमा ५० लाख डाउनलोडको कोशेढुङ्गो पार गरेको छ । हाम्रो पात्रो अब नेपालीले नेपालीका लागि बनाएको ५० लाख डाउनलोड हुने पहिलो मोबाइल एप्स बन्न गएको छ । अाज हामी अाधा करोड परीवार सहितको हाम्रो पात्रो सदस्य बन्न सकेका छौं । म तपाईँहरुको यो साथ र सहयोगका लागि कृतज्ञता व्यक्त गर्दछु । हामी सबैले हाम्रो पात्रोलाई गर्वका साथ नेपालीले नेपालीका लागि बनाएको मोबाइल एप्स भन्न सक्दछौं ।

चाडवाडको विशेष समय जारी छ, बडा दशैं भर्खरै सकियो । म यसपालाको दशैंमा परिवारसंगै हुन पाइन र म लगायत देश विदेशमा रहनुभएका धेरै नेपालीहरु शायद अर्कोवर्ष या आउने वर्षका दशैंहरुमा घरपरिवारसंग हुने आशाका साथ बस्नुभएको हुनसक्छ, हैन र? अनि तपाइहरुको दशैं चैं कस्तो भयो? बिदाको सदुपयोग घुमफिर गरी, घरमैं बसी या अन्य के गतिविधि गरेर बिताउनुभयो? तलको कमेण्टबक्समा लेख्न नभुल्नुहोला है । किनकी तपार्इँका अनुभूति तपार्इँका संस्मरण अन्यका लागि हौसला, खुसी, प्रेरणा अथवा रमाइलोको कारण बन्नसक्छ ।

दशैंमा बिभिन्न महत्वपूर्ण सामाग्रीहरुका साथ हामी प्रस्तुत भयौं जसमा ई-कार्ड, अडियो, भिडियो लगायात दशैं क्विज र लेखहरु रहेका थिए, तपाईँलाई हाम्रा यी सामाग्री कस्ता लाग्छन्? लेख्न नभुल्नुहोला, तपाईँका बिचार तथा प्रितिक्रिया तलको कमेण्ट सेक्शनमा राख्न सक्नुहुनेछ । तिहारलार्इ विशेष बनाउन के कस्ता सामाग्री राखिए राम्रो होला? यो जानकारी सहितको सुझाव दिनुहोस् है !

यदि तपार्इँलार्इ हाम्रो दशैं प्रस्तुती मनपरेको भए, राम्रो लागेको भए गुगल प्ले स्टोरको यस लिंकलाई खोलेर हाम्रा सामाग्रीलाई रेट पनि अवश्य गर्नुहोला । यहाँहरुबाट प्राप्त यथेष्ट बिचार तथा राम्रो रेटिङ हाम्रो लागि धेरै महत्व राख्दछन् ।

झिलीमिली उज्यालो प्रकाशहरुले यहाँको जीवन पनि उज्यालो पारुन्, आशाका गीतहरुले देउँसी र भैलो खेलुन् । दैलोमैं अाइसकेको तिहारको हार्दिक मङ्गलमय शुभकामना!

अनी साँच्चि एउटा कुरा; तपाईँको आफन्त अनि छरछिमेकमा हाम्रो पात्रो कसैले इन्स्टल गर्न छुटाउनुभएको भए वहाँहरुलाई पनि नेपालीजनको प्रिय मोबाइल सहयात्रि इन्सटल गर्न भनिदिनुस न है? मेरो विनम्र अनुरोध छ । नेपाली चाडबाड अनि संस्कारलाई प्रविधिमार्फत् बोकेर हिँडेको हाम्रो पात्रोको अाधा करोड परिवारको दायरा बढाउन सबै नेपालीलाई यसमा जोड्ने हाम्रो प्रयास तपार्इँको सक्रिय सहभागीताले सफल बनाउने छ ।

---
शंकर उप्रेती
संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.