डा. गोबिन्द के.सीको समर्थनमा त्रि.विका सम्पूर्ण बिद्यार्थीहरु | Hamro Patro

ब्लग - साहित्य / हाम्रो लेख

डा. गोबिन्द के.सीको समर्थनमा त्रि.विका सम्पूर्ण बिद्यार्थीहरु





माथेमा प्रतिबेदन अनुसार चिकित्सा ऐन बनाउनु पर्ने, मापदण्ड नपुगेका मेडिकल कलेज खारेज गर्नुपर्ने, उपत्यका बाहिर मेडिकल कलेज खोल्नुपर्ने लगायतका माग राखि ११ आैँ पटक अनसनमा बसेका डा. गोबिन्द के.सीको आन्दोलन प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बाबुराम भट्टराईको पालादेखि हाल शेर बहादुर देउवाको प्रधानमन्त्री कालसम्म आइपुग्दा कुनै पनि सरकारले आश्वासन मात्र बाँडेको तथा आफ्नो अनसन समग्र देश र जनताको पक्षमा रहेको जिकिर गर्दै अनसनरत के.सीको माग संबोधन नहुनु खेदजनक बिषय हो । तसर्थ, त्रि.वि. का सम्पूर्ण बिद्यार्थीहरुले डा. के.सीको आन्दोलन प्रति पूर्णत समर्थन जनाउँदै यथाशीघ्र माग सम्बोधन तथा एक कर्तब्य निष्ठ र देश प्रेमी चिकित्सकको जीवन रक्षा गराउन नेपाल सरकार र सबन्धित सबै पक्षसँग जोडदार माग गर्दै प्रेस बिज्ञप्ती जारि गरेका छन् ।

यो पनि हेर्नुहोस् : महिनावारीको समयको छुवाछुत अब कानुनी अपराध

साथै के.सी. को आन्दोलन प्रति सबै नेपाली दाजुभाइ दिदीबैनीहरुले समर्थन गरी बर्तमान सरकारलार्इ उचित सम्बोधन गराउन दबाब सिर्जना गराउन समेत अपिल गरेका छन् । पुनश्च, लोकतन्त्र र गणतन्त्रको मर्म नै जनभावना रहेको हुँदा डा. के.सीको आन्दोलन समग्र नेपाली जनमानसको आन्दोलन र माग र माग हो भन्ने र हो । कुनै पनि सरकार र राज्यको परिकल्पना पनि जनताको भावना अनुरुपको शासन ब्यवस्थाको लागि गरिएको हुन्छ । यसर्थ, बर्तमान सरकार जनताको सरकार हो भने डा. के.सी. को माग बिनासर्त पुरा गर्न विश्वबिद्यालयका बिद्यार्थीहरुले बिज्ञप्ती जारि गरेका हुन् ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.