लर्डसमा टिम नेपालले खेल जित्यो, उज्वलले प्रेमीकाको मन | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

लर्डसमा टिम नेपालले खेल जित्यो, उज्वलले प्रेमीकाको मन




   Suyog Dhakal - Jul 20 2016

क्रिकेटहरुको स्वप्न स्थल बेलायतको लर्डस मैदानको प्रेक्षालयमा हजारौं नेपाली दर्शक थिए । टिम नेपाल खेलिरहेको थियो । जव नेपालले विश्वको पुरानो मेरिलेबोन क्रिकेट क्लब, एमसीसीलाई २ सय १७ रन बनाएर लक्ष्य तय गरिदियो त्यतिबेला नेपाली दर्शकको मुटु नेपालले जित्ला कि नजित्ला भनेर शंसयमा धड्किरहेको थियो ।



क्रिकेटरहरुको स्वप्न स्थल बेलायतको 'लर्डस मैदान'को प्रेक्षालयमा हजारौं नेपाली दर्शक थिए । टिम नेपाल खेलिरहेको थियो । जब नेपालले विश्वको पुरानो मेरिलेबोन क्रिकेट क्लब, 'एमसीसी'लाई २ सय १७ रन बनाएर उसकोलागि लक्ष्य तय गरिदियो त्यतिबेला नेपाली दर्शकको मुटु नेपालले जित्ला कि नजित्ला भनेर संशयमा धड्किरहेको थियो ।

ठिक त्यति बेला अर्थात् नेपालको ब्याटिङ इनिङ सकिएपछि मध्यान्तरमा लर्ड्स प्रेक्षालय एउटा अप्रत्याशित तर प्रेमील परिघटनामा लुटपुटियो । यही दृष्यमा सबैका आँखा ठोक्किए । लर्डसको एउटा कुनामा बसेका नेपाली युवा उज्वल वैद्यले आफ्नो छेउमा रहेकी एक युवतीलाई भने, ‘म तिमीलाई म आफैलाई भन्दा धेरै माया गर्छु । मेरो देश लर्डसमा खेलिरहेको छ, हामी क्रिकेटको यो डार्लिङ स्थानमा छौं, म तिमीसँग इङ्गेजमेन्ट गर्न चाहन्छु ।’

उज्वलले पकेटबाट टिलिक्क टल्कने औठीं निकाले । युवतीका आँखामा आफ्ना आँखा अड्याउँदै भने, ‘हाम्रा लागि यो भन्दा सुन्दर मौका अरु के हुन सक्छ?’ उज्वलको प्रस्ताव सुनेर चेक रिपब्लिककी युवती इभा साइक्रोभाको वैंशालु अनुहारमा एकै पटक विश्मय र खुशीको अनौठो रङ लतपतियो । लालिमय ओठ मुस्कुराहटले नाच्न थालेको स्पस्ट देख्न सकिन्थ्यो । इभा अाफू बसिरहेको ठाउँबाट उठिन् र चिच्याउँदै भनिन् ‘आइ लभ यु उज्वल, आज तिमीले यो प्रस्ताव राखेर मलाई धन्य तुल्यायौ।’

उज्वल र इभा दुबैले टिम नेपालको जर्सी लगाएका थिए । एक बर्षदेखि प्रेममा रहेको यो जोडीले लर्ड्समा औंठीसँगै सधैं सँगै जिउने बाचा गरिरहँदा अरु दर्शकहरुले ताली बजाएर उनीहरुको प्रेमलाई अनुमोदन गरिरहेका छन् । कोही उनीहरुलाई बधाइ दिँदै थिए । र, कोही उनीहरुसँग सेल्फी लिंदै थिए ।

‘उज्ज्वलले यसरी इन्गेजमेन्टको प्रस्ताव गर्लान् भन्ने मैले सपना पनि सोचिकी थिईन’ खुशीले भावनाको पिङमा मच्चिइरहेकी इभाले नेपालखबरसँग भनिन्, ‘वास्तवमा यो भन्दा गजब मौका अरु हुनै सक्दैनथ्यो । जिन्दगीभर मैले यो दिन बिर्सने छैन ।’ भीडले घेरिएका उज्वललाई अरुसँग हात मिलाउँदै र बधाइ थाप्दैको फुर्सद थिएन । उनी भन्दै थिए, ‘ म लण्डनमा बस्छु, एक बर्षदेखि हामी प्रेममा थियौँ । अब छिट्टै हामी बिहे गर्छौं।’

उज्वलले इभालाई औंठी लगाइदिएपछि यो जोडी निमेषभर अंगालोमा बाधिँएको थियो । वरपर रहेको भीडले फेरि ताली बजाएको थियो । र, उता दोस्रो इनिङमा एमसीसीले ब्याटिङ सुरु गरुन्जेल पनि यो जोडीलाई आशिर्वाद दिनेहरु त्यत्तिकै थिए।

त्यति मात्र होइन, टिम नेपालले पहिलो पटक लर्डसमा खेलेको यो खेल ४१ रनले जित्दा उज्वल र इभाले त एक आपसमा खुशीले चुम्बननै गरेको देखियो । खेल सकिएपछि उज्वलले इभालाई हात समाउँदै प्रेक्षालय बाहिर निकाल्दै थिए । भन्दै थिए, आजको दिन गजब दिन भयो । खेल पनि जितियो, प्रेमीकाको मन पनि जितियो ।’



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.