नेपालले आइसिसि अन्तर्गत वर्ल्ड क्रिकेट लिग च्याम्पीयनशिपमा केन्या बिरुद्धको दोस्रो खेल ७ विकेटले जीत्दै एउटा सानदार जीत दर्ता गरेको छ । पारस खड्काको अनुपस्थितिमा कप्तानी सम्हालेका नेपाली क्रिकेट टोलिका उपकप्तान ज्ञानेन्द्र मल्लले अविजित ६४ रन को पारी खेलेपछी दोस्रो खेलमा नेपालले सहज जीत हात पार्यो ।
क्रितिपुर स्थित टि यु को मैदानमा भएको उक्त खेलमा नेपालले टस जीतेर केन्यालार्इ ब्याटिंग गर्न अघि पठायो । सदाझै नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेपछि केन्याको टिम मात्र १५५ रन बनाएर ४७औ ओभर मा अल आउट हुन पुग्यो । केन्यालार्इ कम लक्ष्यमा रोक्न नेपालका महबुब आलम , शरद भेसावकर र सन्दीप लामिछानेले उत्कृष्ट बोलिंग प्रदर्शन गरे ।
जब नेपाल ब्याटिंगमा उत्रियो , निकै नै कम समयमा नेपाल का दुर्इ ब्याट्सम्यान पविलियन फर्किए । यस्तोमा खेल हेरिरहेका सम्पूर्ण दर्शकहरुमा उत्साह निक्कै कम भयो । सधै कम्जोर मानिने नेपालको ब्याटिंगले फेरी एकपटक फितलो सुरुवात गरेको थियो । तर जब चौथौ नम्बरमा ब्याटिंग गर्न दाया हाते ब्याट्सम्यान दिपेन्द्र एरि मैदानमा आए , केहि समयपछी नै खेलको मुहार फेरियो । १७ बर्षीय एरिले जुन आत्मबिस्वासको साथमा ६२ रनको पारि खेले त्यो तारिफयोग्य थियो । उनले ब्याटिंग गरिरहदा सायद सम्पूर्ण क्रिकेट प्रेमीहरुमा उनीभित्र नेपाल क्रिकेटको भविष्य देखा पर्यो नै होला ।
वर्षाले प्रभावित पहिलो खेलमा नेपालको प्रदर्शन सम्झनयोग्य रहेन , तर आजको खेल हेरेपछि यदि मौसमले साथ दिएको भए त्यस दिनको खेलको परिणाम पनि छुट्टै आउन सक्ने अनुमान गर्न सकिन्छ । छोटो समयमा नेपालले क्रिकेटमा देखाएको सुधार यथावत रहन जरूरी छ । लाखौ दर्शकको समर्थनले पक्कै पनि खेलाडीहरुमा उर्जा थपेकै छ र अर्को मुख्य कुरा दिपेन्द्र सिंह एरि र सन्दीप लामिछानेको रूपमा जुन युवा प्रतिभा देशले जन्माएको छ त्यो हेरिसकेपछि यति अनुमान गर्दा गलत नहोला कि नेपाल छिट्टै नै त्यो शिखरमा पुग्छ जहाँ सबै देशबासीले नेपाललार्इ हेर्न चाहि रहेका छन् ।
घरेलु खेल निक्कै नै कम हुने हाम्रो देशमा जुन कठिनाइ सामना गर्दै खेलाडीहरुले देशको नाम राखिरहेका छन् त्यो सम्माननीय छ ।
आजको खेल पछी पोइन्ट्स टेबल
Liked by: