तेस्रो साउथ एसियन रोल बल च्याम्पियनसिप पौष १४ र १५ गते | Hamro Patro

ब्लग - साहित्य / हाम्रो खेलकूद

तेस्रो साउथ एसियन रोल बल च्याम्पियनसिप पौष १४ र १५ गते





२०६८ सालमा राष्ट्रिय खेलकुद परिषदमा विधिवत रुपमा दर्ता भएदेखि नेपालमा नेपाल रोल बल खेलकुद संघ क्रियाशिल रहदै आएको यहाँहरुलाई अवगत गराउन चाहन्छौं । दर्ता भएको ७ बर्षको छोटो अवधिमा नेपाल रोल बल संघले नेपालमा उल्लेखनीय सफलता हासिल गरेको छ  । स्थापना कालदेखि नै यो खेल नेपालको समग्र खेल क्षेत्रमा नेतृत्वदायी भूमिका खेल्ने लक्ष्य सहित अगाडि बढिरहेको छ ।

अन्तर्राष्ट्रिय रोल बल महासंघमा विश्वका ५० भन्दा बढी देशको आवद्धता भएकोमा नेपालको रोल बल खेलकुदले विश्व वरियतामा ५ औं स्थानमा स्थापित हुन सफलता प्राप्त गरेको छ । नेपाल रोल बल संघले खेलकुद क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा योगदान पुयाउने क्रममा विगतमा देखी अहिले सम्म ४ पटक विश्व रोल बल च्याम्पियनसिप मध्ये पुरुष टिम ले ४ पटक र महिला टिमले ३ पटक सहभागिता जनाई सकेको छ ।


२०१० मा हंकङ्गमा भएको पहिलो एसियन रोल बल प्रतियोगितामा पुरुष टिक चौँथो हुन सकेको, २०११ भारको पुनेमा भएको पहिलो विश्व रोल बल च्याम्पियनसिपमा पुरुष टिम चौँथो भएको थियो । त्यस्तै २०१३ केन्यमा भएको दोस्रो विश्व रोल बल च्याम्पियनसिपमा महिलाले टिम काष्य पदक भने पुरुष टिम क्याटारफाइनलमा पराजित भई सातौँ स्थानमा आउन सफल भएको थियो । २०१४ बंगलादेशमा भएको देस्रो साउथ एसियनमा महिला टिमले राजत पदक र पुरुष कास्य पदक प्राप्त गर्न सफल भएको थियो । २०१५ भारतको पुनेमा भएको तेस्रो विश्व रोल बल च्याम्पियनसिपमा पुरुष छौँटौँ र महिला सातौँ हुन सफल भयो ।

२०१६ थाइलेण्डको वैककमा भएको दोस्रो एसियन गेम्समा पुरुष र महिला टिमले काश्य पदक प्राप्त भएको थियो । २०१७ बंगलादेशमा भएको चौथो विश्व रोल बल च्याम्पियनसिपमा पुरुष ५ औ स्थान र महिला ७ औ स्थान हासिल गर्न सफल भएको थियो । अव आउने सन २०१९ मा लण्डनमा हुनेछ । अन्तराष्ट्रिय रोल बल महासंघको पहलमा यस रोल बललाई ओलम्पिकमा पनि छानौट हुने सम्भावना रहेको छ ।

यसै क्रममा नेपाल रोल बल संघको आयोजनामा यहि मिति २०७४ पौष १४ र १५ गते आयोजना गर्न लागेको तेस्रो साउथ एसियन प्रतियोगिता हुन गईरहेको छ । यो प्रतियोगिताको लागि ब्राण्ड एम्बेसिडर सुनिल ढगेपाटेललाई नियुक्त गरिएको छ । २ दिने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद त्रिपुरेश्वरको कभर्ड हलमा सम्पन्न हुने प्रतियोगिताका लागि सार्क राष्ट्रका खेलाडीहरु लगायत अफिसियल समेत नेपाल आउने छन् । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.