ब्लग - साहित्य/ 'हाम्रो कविता'

 बाबु सापकोटा   -  Jun 22 2017

कहिले हाँसेर बोल्दिने गर

कहिले हाँसेर बोल्दिने गर कहिले मुस्कुराएर टाल्दिने गर हुन त धेरै समस्या छ तिमिसित पनि मसित पनि ...... तर केही फैसलाहरु समयमा हाल्दिने गर


 युवराज ढकाल   -  Jun 19 2017

गोर्खाल्याण्ड

रातो रगतको भेलसंगै शिरमा कफन बाँधेर जुरूक्क उठ्दैछ गोर्खाल्याण्ड ।


 सुवास न्यौपाने   -  Jun 07 2017

मेरो कलमको सलाम तपाइँलाई

झुटको खेती गर्दै यहाँ असत्यताको फल उमार्ने आफ्नो स्वार्थ का लागि यहाँ आफ्नै स्वाभिमान मार्ने महोदय मेरो कलमको सलाम तपाइँलाई


 देव प्रसाद गाैतम   -  Jun 01 2017

खई, के भाको छ?

के भाको छ,यो हाम्रो घरमा? खई, के भाको छ ? मत मतान्तर भई रहन्छ, सधैं रड़ाको छ। तर्कै तर्क, गरि समय् टारीरहन्छन् दिशाहीन जस्तो छ। अन्यौल अलमलमा पारि रहन्छन, खई के भाको छ?


 देव प्रसाद गाैतम   -  May 22 2017

चुनाब बिशेष- राज नेता भर्इ दिनु होला

हे बिजयी, हे बिजेता, हाम्रा भाबि सबलाई धेरै बधाई छ खुशियाली, अर्पण गरिरहेछौ, बधाई लिई दिनुहोला अब चुनिने बिजेता जम्मै, संसद सम्मै, चाडै चाडै पावौ


 मनिषा प्रसाई   -  Apr 26 2017

मातातिर्थ बिशेष- आमा

आमा मेरी मनकी रानी तिमीनै हौ माया की खानि दुख पिडा सबै भुलेर फेरि मुसुक्क मुसुक्क मुस्काइ रहने


 राज बिश्वकर्मा   -  Apr 25 2017

सपना

धेरै धेरै रुन मन लाग्यो किन थाहा छैन डाको छाडेर रोए किन थाहा छैन रुदा रुदा धेरै टाढा भएकि उनलाइ सम्झिन पुगेछु


 अस्मिता अधिकारी   -  Apr 25 2017

नयाॅ बर्ष

निस्कनु छ एउटा छुट्टै यात्रामा र बन्नु छ एकल यात्री कसैले साथ दिउन या नदिउन बस यति थाहा


 देव प्रसाद गाैतम   -  Apr 13 2017

स्वागत् छ ०७४ साल

स्वागत् छ ०७४ साल स्वागत् छ । हामि सबैबाट श्रदा स्वागत् छ । भ्रष्टाको बुद्धि अब भ्रष्ट पार । दुष्टको दुष्टता पनि नष्ट पार ।


 देव प्रसाद गाैतम   -  May 09 2017

चुनाब बिशेष-यो चुनाबमा नचुक्नु होला

चुनाब आयो हजुर अब चुनाब आयो ए हजुर भोट दिदा अब नझुक्किनु होला भगवानरुपी नेताहरु आउछन


 बिष्णु प्रसाद अधिकारी   -  Mar 22 2017

जिउन त जिएको थिए

जिउन त जिएको थिए आमा, बिदेसी भुमीमा। आशुको घुट्को घुटुक्क पिएको थिए आमा, बिदेसी भुमीमा


 देव प्रसाद गाैतम   -  Mar 11 2017

बन्द गरौ द्वन्दको होली

सालसालको यो कान्छो पर्व आयो होली गरौ है गर्व सबै मिलि अब खेलौ होली मीठो पारौ आआफ्नो बोलि


 विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी"   -  Feb 27 2017

स्वार्थी संसार

लोभ लालच र स्वार्थमा मनुष्य संसारमा प्राणीको व्यर्थ रहस्य ।। जीवीत रहुन्जेल अनेकथरी वहाना मृत्यु अवश्य छ तर थरीथरी चाहाना ।।


 तृषित गौतम   -  Feb 14 2017

प्रकृति प्रेम

धेरै पछि आज अनायास उमंग छाएको छ मनमा शायद , तिम्रो सामिप्यताले हो कि १ सिलो खोजेर बटुलेका एक अँगालो खुशीहरु आज अचानक दुगुना भएका छन् किनकि , म तिम्रो अगाडि छु तिमि मेरो सामुन्नेमै छौ


 अनिल पाण्डे   -  Feb 14 2017

भ्यालेन्टाइन विशेष- तिमी एक थोपा पानी

तिर्खाएको मान्छेलाई एक थोपा पानी तिमी।। मुटु भित्र भरिएको मायाको खानी तिमी ।। मेरो दीलमा राज गरे धन्य म हुन्थे ।। हराभरा भएछ जीवन मेरि रानी तिमी ।।


 नवराज बरम   -  Feb 14 2017

भ्यालेन्टाइन बिशेष- मुनामदनकाे नया कथा

आधा थियो त्यो यात्रा आधा नै रह्यो जिन्दिग पनि आखिर अमृत पिए पनि त प्यास अधुरो नै रहन्छ। अधुरो रह्यो मेरो यो कथा पनि।


 देव प्रसाद गाैतम   -  Feb 09 2017

बाच्नु , बचाई फर्कनु

हे चालक जोशिलो न भनुन है बबुरो जानु कहाँ छ भन ? हाक्छौ किन सवारी पवन गतिमा के काम पर्यो यै छिन ?


 अनन्त विजय   -  Jan 20 2017

प्रिय मान्छे

प्रिय मान्छे मलाई तिमी प्रति कुनै गुनासो छैन कुनै दुखेसो छैन कुनै निराशा छैन अझ भनौ कुनै प्रश्न नै छैनप्रिय मान्छे मलाई तिमी प्रति कुनै गुनासो छैन कुनै दुखेसो छैन कुनै निराशा छैन अझ भनौ कुनै प्रश्न नै छैन


 नविन शर्मा   -  Jan 20 2017

जिउदो शालिक

म अंधेरी लाई चिर्दै हिडेको एक दाबेदार सहिद हुं। मलाई एक प्याकेड उज्यालो हरुले छुन सक्ने छैन।


 कमल कार्की   -  Jan 19 2017

तान्दातान्दै

नेताहरुलाई ठिक्क हुन्छ कुर्सी तान्दातान्दै पसिनाको मुल्य छैन बेच्नु छ जान्दा जान्दै रहर कस्को हुदैन र देशमै काम गर्ने


 अमित गौतम   -  Jan 05 2017

जीवनलाई गिजोलेर हेर्दा

स्याहार्न जान्नुपर्छ, तर, बस्तु नै छैन ।। यहाँ सस्ता छन्- भावना । विचार । शरिर ।


 बाबुराम पन्थी "गुल्मेली "   -  Jan 05 2017

परदेशी

हाम्रो मायाँ र प्रेम पनी यो जुनिमा क्षितिज जस्तै भयो । उनी संगै जिउने सुन्दर सपनी पनी हिंउ जस्तै पग्ली गयो ।।


 अकेला यात्री   -  Jan 04 2017

खण्डहर

बहादुर सैनिकको काँधमा खुकुरी हानेर । बहादुर सैनिकको काँधमा छकछक खुकुरी हानेर... । यही कविताजस्तो बेअर्थ बहादुर सैनिकको काँधमा खुकुरी हानेर ।


 रबिन्द्र महर्जन   -  Dec 28 2016

जिन्दगी अझै

त्यसै त्यसै भक्कानिएछु सम्झना तिम्रो अझै बाँकि नै रैछ । मुटु चसक्क बिझाउछ माया त तिम्रो अझै बाँकि नै रैछ ।


 सन्तोष श्रेष्ठ   -  Dec 28 2016

आशातित सपना

कती सपना देखिए कती सपना देखाइए समाजले भनुँ या परिस्थितिले। कती त पुरा भए कती तुहिइए,तुहिदैछ।


 Amrit Bashyal   -  Dec 13 2016

काली होस् या गोरी होस्

काली होस् या गोरी होस् तर उ दिलवाली हुनुपर्छ झापाली होस् या स्यागंजालि होस् तर उ थोरै लजाली हुनुपर्छ मनले मागेको र देखेको त सबै कहा पुरा गर्छ र यो दुनियाले


 अच्युत कंडेल   -  Dec 08 2016

चढेर त हेर

तिमी अन्धकार भन्छौ म संसार उज्यालो देख्दछु अझै उज्यालो देख्दछु नेपाल म जस्तै तिमीसँगको भेटमा म आत्तिन्छु बेस्सरी उज्यालो मुहारमा जुर्मुराएको अँधेरी देख्दछु अनि


 देव प्रसाद गाैतम   -  Dec 08 2016

जाडो आइसक्यो

आइसक्यो आइसक्यो जाडो आइसक्यो कतै राहत कतै आहत को बेला आइसक्यो आगो तापी राहत कतै


 दुर्गा गुरुङ   -  Dec 06 2016

पुतली

पुतली एउटा किरा होइन फूलबारीको गहना हो आन्दोलन गर्नु पाप होइन आधिकारको चाहना हो


 समझाना चौलागाइँ   -  Dec 05 2016

१२ पछि म विदेश जान्न

दिनहु हजारौं छोरा बेदेशिदै छन् खोज्न आफ्नै सपना हवाई जहाजसँग देशको भबिष्य, के होला बिपना नेता पनि कस्ता यहाँ जानेका छिमेकिको खुट्टा चाट्न मेरो देश म बनाउछु , १२ पछि म विदेश जान्न


 डा बच्चु कैलाश कैनी   -  Nov 30 2016

मेरो नजर

मैले मेरो यो पावरवाला चस्माले तिमीलाई सधै पावरफुल नै देख्छु जति पटक हेर्दा पनि तिमीलाई सधै मेरी प्रिय नै देख्छु तिम्रो नजरमा पनि मैले गुलाबको फूल नै देख्छु तिमी जति नै रिसाउँ प्रिय मैले तिमीलाई सधै हसिंलो नै देख्छु ।


 रवि राजवंशी   -  Nov 29 2016

तड्पिरहेको यो मन

तिम्रो यादमा तड्पिरहेको यो मन , तिमीलाई ममाथि माया छ कि छैन भन । पर्छु तिम्रो सोचमा जब याद आउछ झन , तिमीलाई ममाथि माया छ कि छैन भन ।।


 दिर्घ बस्नेत   -  Nov 29 2016

प्रेम स्मृतिमा

कुनैबेला मेरा औंलाहरु मा तिमिले गरेका कोमल स्पर्शहरु खै किन हो अझैपनि नमेटिने आकृति बनी बसे झै लाग्छन् ।


 पदम भट्टराई   -  Nov 29 2016

कसले बोलिदिने ?

खबरहरु सुखद हुन्नन किन कहिले पनि आफैंलाई सोध्न चाहे आज मैले पनि सुखदको आशा गर्छाैं शुभको कामना


 बाबुराम पन्थी "गुल्मेली "   -  Nov 29 2016

झण्डा नओढाउनु

म मरे पछी मेरो लाश लाई राष्ट्रिय झन्डा वा राजनैतिक दलको झण्डा नओढाउनु ! म नेपाल आमाको सन्तान हो । मेरो लाश ढाक्न कात्रो भए पुग्छ । मेरो लाशसंगै मेरो देशको गौरव


 विक्रम मल्ल ठकुरी "प्रशिक्षार्थी"   -  Nov 23 2016

माया त माया नै रहेछ

समुन्द्र जस्तै अटल तिम्रो मायाँ छाल जस्तै आउछेउ घरी-घरी । म यहाँ प्रेमको दियो बाल्छु सधै तिमी खुशी ल्याउछेउ थरी-थरी ।।


 किराँती समिर   -  Nov 22 2016

हरियो राहदानी

थाहा थिएन-यहाँ बाटो किन्नुपर्छ-पाइला अघि बढ़ाउन बास किन्नुपर्छ-प्रत्येक रातको त्यति मात्र कहाँ हो र, जस्तो कि- स्वादहरुमा पानीले पैसा लिन्छ उदाउँदो सूर्यले पसीनाको मूल्य तोक्छ साँझसंगै अंधेरीले उज्यालोको महसुल उठाउछ।


 मातृका चाम्लिङ   -  Nov 22 2016

मेरो देश नेपाल

नेपाल बनाउछु भन्नेले मरभुमी बनायो नेपाललार्इ सुन्दर शान्त विशाल बनाउछु भन्नेले उजाड बनायो नेपाललार्इ॥


 प्रल्हाद खनाल   -  Nov 22 2016

सानो साहस

सानो साहस चाहिन्छ ? त्यो हावा का झोक्का त्यो पानीको बुदं त्यो साथीको स्नेह त्यो माटोको गन्द ठिक छु भन्नु कि ठिक छैन म भन्नु


 विजय सुवेदी   -  Nov 07 2016

पागल

लक्ष्मिप्रसाद त पागल रे म के सद्धे हुन्थे र। आवाज देख्ने रे दृश्य सुन्ने रे उ। अनि म चाहिँ साेझाे पागल । नयाँ बिचार बुन्न खाेज्ने पागल तिम्रो चित्र काेर्न खाेज्ने तिमिलाई बुझ्न खाेज्ने पागल।


 किराँती समिर   -  Oct 27 2016

नारी

छोरी बुहारी आमासँगै, आज्ञापालक छोरी कर्तब्यनिष्ट बुहारी आदर्शवान पत्नी ममतामयी आमा बन्न सक्छौ भने,


 दिर्घ बस्नेत   -  Oct 26 2016

हाम्रो देश

साहसी वीर पुर्खाहरुले आर्ज्याको को हाम्रो देश देशद्रोहीले एकै सासमा, आज निल्न लागे देशप्रेमी सहिदको थोपा-थोपा रगतले जोडेको हाम्रो देश २/४ नालायक कपुत ले , आज त्यसलाई फुटाउन लागे।


 सुदर्शन रिजाल   -  Oct 20 2016

सपनाको देश

बर्ष महिनाझै सरी रहेछ महिना हप्ता झै लम्की रहेछ हरेक दिन एक घण्टाझै लाग्छ कथित यो सपना को देशमा जहाँ सपना देख्ने निन्द्रा दिनहु लुटीई रहन्छ


 बिक्रम मल्ल "प्रशिक्षार्थी"   -  Oct 10 2016

यस्तो होस् र पो दशैं

नवदुर्गा भगवानले रक्षा गरून, मन प्रफुल्ल रहोस् सधै जौ को जमरा शिरमा, निधारभरी टिका होस् र पो दसै । हजुरबुबा देखि हजुरमुवा सम्मको मान्यजनबाट टिका र जमरा थापी नाताका सानालाई लगाई दिई आशीर्वाद दिन र लिन पाईयोस र पो दसैं ।


 देव प्रसाद गाैतम   -  Oct 08 2016

दशैंमा रमाऊँ

दशैंमा दशा लाग्दैन, चमक जाग्दछ। सबै संग सम्पर्क हुदा, दशा भाग्दछ । आशिष मिल्दा ठूला संग, आशिष लाग्दछ। भवानिको प्रसादले, व्याधि भाग्दछ।


 देव प्रसाद गाैतम   -  Sep 26 2016

प्यारो साथी नेट

तिम्रो शृष्टी अचम्मको छ गुणैगुणले परिपुर्ण छ । । सृजना गर्ने समेतलाई दिल देखिनै बधाइ छ । हे नेट जब हुन्छ तिम्रो भेट मन इच्छा पुर्ण गराउछौ ।


 Jiwan Prakash Khatiwoda   -  Sep 22 2016

एउटा पाना

एउटा पाना न खालि न भरि मात्र नमिलेको अक्षरहरु पढ्नै नसकिने-बुझ्नै नसकिने यी पङ्तिहरु


 नेहा शर्मा   -  Sep 22 2016

सोचेको जस्तो

सोचेको जस्तो नै हुने भए आकाश हरियो र धर्ती नीलो हुन्थ्यो पहिल्यै यी कुराको आभाष थिएन नत्र मनले किन यो स्वप्नजाल बुन्थ्यो प्रश्नै प्रश्न मात्रले घेरिरहे उत्तर कतैबाट पनि आउने आश हरायो कुन पाप गरेथे मैले जो यो भाग्यले मलाई एक्लो बनायो


 राजेश कटवाल   -  Sep 20 2016

मनमा अाएका शब्दहरु

मनमा अाएका शब्दहरु म आज कागजमा लेख्दै छु कलम,कागज अनि प्रत्त्य्क शब्दमा म तिमीलाई देख्दै छु । थाहा छैन खै कता बाट सुरु कता बाट अन्त्य गर्नी


 Prashant Uprety   -  Sep 14 2016

गर्भ को आवज

आमा तिम्रो गर्भमा जब मैले पहिलो सास फेरे नि म यति खुसी भए कि म त उफ्रि उफ्रि नाच्न थालेछु विश्व जित्ने सपना साच्न थालेछु सायद त्यो मेरो जिन्दगी को पहिलो सास पहिलो खुसी पहिलो डान्स पहिलो पटक म आफू भयको महसुस । जिन्दगीका भाग्य रेखाहरु कोराउनको निम्ति म दरो दरो मुठी पारेर संसार जित्ने लक्ष्य बनाउदै छु । र मलाइ बिश्वास छ कि जब म त्यो संसारमा आउनेछु एउटा छुट्टै तारा भयर उदाउने छु ।


 प्रेम पुरी   -  Sep 14 2016

"आमाको बिदाइ "

भोलि बिहानले आँखा नखोल्दै हिड्नुछ पिठ्युमा सपनाहरुको पोको बोकेर अनि चड्नुछ, जिवनको एउटा नया उकाली रहरहरुको खुड्किलो हुँदै ।


 Bishwa Raj Adhikari   -  Sep 12 2016

भावनाको व्यापार

जीवनको पाइलाले जब उमेरको चुचुरो छुन्छ आफ्नो सुकर्म र कुकर्म मान्छेले मनमनै गुन्छ आफू बाहेक अरु सबैलाई मूर्ख देख्छ एकथरि मान्छे होच्याउँदै अरुलाई ठान्छ सर्वश्रेष्ठ आफू अर्कोथरि मान्छे


 Sudip Dallakoti   -  Sep 12 2016

फेरी पनि

रुदा रुदै थाकिसकेका यि नयनहरुमा फेरी पनि केहि नयाँ आयमहरु थपिएका छन!फेरि पनि मायाको आकुराहरु पलाउन हतार हतार गर्दैछन! म अतित सम्झन्छु त्यो दिन सम्झन्छु अझै भन्ने हो भने


 Roshan Koirala   -  Sep 12 2016

तिमी निश्चिन्त छ्यौ, हैन ?

बाहिर मृत्यु नै मृत्यु छ, केवल अपमानका कुराले आकाश निसास्सिएर धर्तीमा नाक गाडेको, त्यस्तोमा आँसुमा चिप्लिएर धेरै हृदयघातहरु बेहोसीको पर्दा पछाडी लुकेर अनौठो रिहर्सल गराउँछन् जिन्दगीलाई— तिमी मलाई यस्तो संघारमा प्रेम गर्छ्र्यौ ?


 Vision Guragain   -  Sep 07 2016

"गिट्टी कुट्ने दाइ"

ट्वाक ट्वाक ट्वाक एक हातमा मार्तल र एक हातमा बासको भाटाको चेपुवा लिएर काबेली गडतिरमा गिट्टि कुट्ने बिरे दाइ! जिन्दगिको परिभाषा त उ सग पनि छ। हजारौं पत्र हातका खाल पल्टाएर


 Amrit Chhetri   -  Sep 07 2016

फाँटेको मेरो देश र म

फाँटेको यो जिन्दगी टाल्दाटाल्दै ठिक्क छ ! सियोभित्र धागो यो हाल्दाहाल्दै ठिक्क छ ! जिन्दगीको यो खेतबारीमा हलो नार्दानार्दै फुत्किएको फालीलाई ठोक्दाठोक्दै ठिक्क छ!


 केशव लम्साल   -  Sep 06 2016

पर्दा पछाडिको म ।

एउटा लामो कालखण्ड । त्यसमा थियो, हजुरबुबाको गाली, हजुरमाको आर्शिबाद, बुबाको प्यार, अनि आमाको सद्भाव । सबै दिन्थ्यो त्यो मेचले मलाइ । यो मेच त्यही जस्तो थिएन, तर गोलो पक्कै थियो, जहाँ भोकाएका अतितहरु आफ्नो आहाराको पर्खाइमा थिए ।


 Raju Pudasaini   -  Sep 05 2016

बा

पाखो कोरेर सिकाए होलान् मलाई कुलेसो – क खरबारी मा- ख, गाईगोठ मा -ग ! नबनाको भए यती सुन्दर घर बाले – कसले गर्थो होला आबिस्कार घर जस्तो – ‘घ’ को? बा नभएको भए – यती बलियो हुन्थ्यो होला – ढोका को आग्लो ?


 Vision Guragain   -  Sep 05 2016

मेरो आकृती

एक अपरिचित दिल मन भरी बेदनाका भारी लिएर एक नजर यता फर्काउदै म सोचिरहेको छु खै कहाँ भयो परिवर्तन ?


 Amrit Chhetri   -  Sep 05 2016

आमा

कहिले भोक र तिर्खा ले रोएँ ! भोकले पेट बटारीयो र रोएँ ! गरीबको कोखबाट जन्म झोपडिमा जन्माएउ भगवान् ! आमाका स्तनबाट दूध नआर रोएँ कहिले न्यानो ओछ्यान नपाएर चिसोले भुइँमा चिच्याउँदै रोएँ !!


 Santosh Devkota   -  Sep 04 2016

म तिम्रो प्रेममा

'म'मा तिम्रो मिठानुभूतिको रन्का चढाइदेउ या म तिम्रै हुँ भन्ने सबतिर डंका पिटाइदेउ हजार साथी होलान तिम्रो मुटु छुने यहाँ अब मलार्इ पनि एक पल्टको अनुमति मिलाइदेउ बरू देउ एउटा झुठै सहि तर प्रेमको अाश्वासन या स-शरिर मलार्इ तिम्रै कैदमा बन्धकपारि लुकाइदेउ


 Bikram Malla Thakuri 'प्रशिक्षार्थी'   -  Sep 03 2016

तीज सबैले मनाउ ! संगै रमाउ !

यो वर्ष नि तिज आयो चेलीबेटी रमाउ माइत गई खुसीमन ले सबै भेटी मनाउ माइतिघर खानु रम्नु हसाउँनु आमालाई कर्मले जहाँ-जहाँ पुर्याएनी दु:ख मेटी मनाउ गाउनु नाच्नु पहिरिइ नया बस्त्र तीजमा चौपारी मा पिङ खेली केटाकेटी मनाउ


 गाेपाल दुलाल   -  Sep 01 2016

झुप्रो

मुल सडकको दुर गल्ली छेउ म मेरो अव्यवस्थित शरीर समाल्दै ज्युने र जियाउने प्रयासमा लागेको छु दिनमा हैन रातमा हैन कोलाहाल बिच मेरो निन्द्रा खुलेको छ ।।


 Dr. Uttam Khanal   -  Aug 14 2016

अाहत

चट्याङ्ग र भूमरीहरुको बिच कालो वादल मँडारीदै गर्दा गन्तव्य टुङ्गो लगाउने मोलहरु ढक्ढक् एकोहोरो आवाजमा चुलादेखि तुलासम्म आलोपालो भाउताउ गर्दा गर्दै निस्पट्ट अँध्यारो बन्छ आफ्नै बारी फर्कँदा आफ्नै आँगन हेर्दा


 Dr. Uttam Khanal   -  Aug 14 2016

नगरवधू

पर्वतराजको कन्दराहरुबाट आँखाका ज्योतिहरु क्षितिजपारी हुँदै एकाएक स्वप्न महलहरु तर्फ हुल पछि हुल गर्दै त्यस युवतिको स्पन्दन छोएर लस्करहरु चलेका छन् मुस्कानहरु जलेका छन् चुम्ने, खोज्ने र पाउनेहरुको भिडमा


 Ramprasad Gaire (Palpali)   -  Aug 14 2016

यथार्त

नगर राष्ट्रघात रगत रातोले चुनौति दिनेछ । भन्छ देशको युवा नेपाली माटोले चुनौती दिनेछ ।। नभुल हिमाल पाहाड तराई तर एउटै धड्कन नेपाली, यो बांगा, घुमाउरा पहाडी बाटोले चुनौती दिनेछ । छड, सिमेण्ट र आधुनिक इँटबाट मातिएका हौला,


 Ramprasad Gaire (Palpali)   -  Aug 13 2016

जीवन तरङ्ग

थकान हुँदैन जीवनमा सहनसिलताको रहरले यहाँ अफसोंच हुँदैन शिखर छुने चाहनाले धेरै टाढा टाढा दुर दृस्टीले देख्न सक्छ जीवनका बसन्तहरु बिदाई गरिरहेका हुन्छन्


 Shiva Magar   -  Aug 12 2016

नेपाली मन

यो देशको माया मुटुमा छ देखाउनु मैले कसरी भोक र तिर्खा न भन्दै दुश्मन संग लडेछु बेस्सरी सम्झना आउँछ आमा तिम्रो छाती मा गोलि खाएनी नराेउ आमा तिमी सहिदको नाम लेखाउँला नि बगाउँला रगत पानी जस्तै जितेर छाडुला सिमाना कायर जस्तो सिर झुकार्इ पछि पर्ने छैनौं गोर्खाली


 Dipendra Khadka   -  Aug 11 2016

बबुरो

मायाको सागरमा पौडेर आऊ तिमी फुलको सुवास बनि मनमा छाऊ तिमी तिम्रै तस्बिर सजाएको छु मन मन्दिरमा मिठो धुनमा पिरतीको गित गाउ तिमी भुल भएछ तिमीलाई दिलमा सजाउन सबै सामु दोषी भएछु बाजा बजाउन


 Kuber Mridul Angbo   -  Aug 07 2016

मलार्इ

नकराउ म सुन्दिन नफर्काउ म घुर्दिन नसोध म भन्दिन नबोलाउ म बोल्दिन तिमीदेखि टाढा निक्कै टाढा


 Diwash Pandey (Sabid)   -  Aug 06 2016

यस्तै हुँदो रहेछ नयाँ नेपालमा

देश र जनताकोलागि भनी ज्यानको बलिदान गरेको म आफ्नै रगतले इतिहासको स्वर्णीम पाना कोरेको म। जब सडकको सानो गल्लिमा थन्किन पुगेँ मुर्दा शालिकको रुपमा बल्ल पो थाहा पाएँ


 Ujjwal Singh Adhikari   -  Aug 06 2016

पचासे

यो पचासे उमेर पनि अच्चम्म को हुँदो रहेछ् युवा र बुढोको दोबाटोमा पर्दो रहेछ् कपाल तिल चामल पो हुँदो रहेछ् अली अली छाला च्याउरी पर्दो रहेछ् देख्ने आखा धमिलो हुँदो रहेछ् चिन्या न चिन्या जस्तो हुँदो रहेछ्


 R.P. Acharya   -  Aug 06 2016

तिम्रो धोका

मन मुटुमा सजिएकि तिमि एउटि परि हाै ! ती आखाँका इशारामा झुटाे माया गरि छाै !! मलाई के था तिम्राे त्याे जालि झेलि खेलकाे ! तिम्राे झुठो मायाको किरण जताततै छरिछाै !! तिम्रा ती बाचा कसम आजसम्म बिलाई गए तिम्राे कारण फाटेकाे मन आजसम्म सिलाई सहें ।।


 Maan Bahadur "Muskaan"   -  Aug 02 2016

जीवन

दु:ख जिते खुशीसग, हार्न रैछ जीवन कल्पनामै सयौं सागर, तार्न रैछ जीवन बिछोडको करौतीले काट्नु मनै काटे पनि आफै सामू आफ्नो माया, मार्न रैछ जीवन कल्पनामै सयौं सागर.................... घामपानी र असिनामै जोगाएनी जिन्दगिलाई


 Maan Bahadur "Muskaan"   -  Aug 02 2016

परदेशीको खबर

सपना र आशा, भए भताभुङ्ग,, के सोध्छौ र खबर, यो परदेशीसंग,, उडाउँछ भुमरीले निलो गगनमा कैले झराउँछ फेरि, भुईमा झसङ्ग,, रम्दैना योमन रंगीचंगी गुलाब र कोमलहरुमा मनभित्र सधै लाली, गुरासको रङ्ग,,


 Sandesh Ghimire (Gagan)   -  Jul 31 2016

रगतको थोपा

बारूदको धुवाँ डुल्छ गुराँस फुल्ने पखेरीमा रगतको धारा बग्छ पानी भर्ने पधेंरीमा क्रान्ति गयो भन्नु मात्रै, ढाल्ने ढल्ने खेल रहेछ युद्ध चाँहि वर्षादमा उर्लिएको भेल रहेछ टोटोलालार्इ भूल्छ सबै लोभिएर अँधेरीमा रगतको धारा बग्छ पानी भर्ने पँधेरीमा ।।


 Shiva Chaudhary (Aasu Kavi)   -  Jul 22 2016

पिजँडा

आकाशमा उड्दै गरेकी चरी कुन फुल आज नौलो भयो। कल्पनाको संसारमा रम्ने परी कुन देश आज स्वर्ग भयो। सधै जंगली फल टोक्ने सुगी कुन रस आज अमृत भयो।


 Aabha Gautam   -  Jul 22 2016

एकान्त अनि शून्य

किन यति धेरै मिठाे लाग्छ, एकान्त मलाई किन यति धेरै न्यानाे लाग्छ, शून्यता मलाई म, मेराे श्वास र मेराे धड्कन श्वास-प्रस्वास काे मिठाे सरगम


 Khadk Pun 'Biyog'   -  Jul 22 2016

'धेरै छन'

मलाई पर्खिने भन्दा पनि म सँग तर्किने धेरै छन । मैले सल्लाह दिदा सुनेर म सँग जर्किने धेरै छन ।। सत्य कुरा साचो हुन्छ भन्ने कुरा थाहा पाएर पनि । झुठो आरोप लगाएर रिसाउँदै त झर्किने धेरै छन ।। संघर्षबाट टाढा भागेर छिट्टै माथी पुग्ने कोशिशमा । असली नक्कली छुट्टाउन नसकेर फर्किने धेरै छन ।।


 Mukti Gautam   -  Jul 18 2016

छोरी

उफ्रनुहुन्न छोरी बोल्नुहुन्न छोरी खेल्नुहुन्न कतै जानहुन्न र केहि गर्नुहुन्न छोरीले, समाज लाज र ईज्जतको कुरा आउँछ ।


 Mukti Gautam   -  Jul 18 2016

आमा

तिम्रो न्यानो पनमा पग्लिएर जीवन जिउन सिकें पग्लिएर - तरल पग्लिएर - गतिशील जीवन थपिदियौ ममा तिमीले तरङ्ग भरिदियौ ममा तिमीले तिम्रो पोल्टामा लुकेर मैले श्वास फेर्न सिकें ।


 Anil Koju   -  Jul 16 2016

खै कस्तो कस्तो?

साबुनको फोका जस्तो झिलिमिली दियो जस्तो.. पिलिक्क-पिलिक्क जुनकिरा जस्तो डोजरले माटो खेले जस्तो..


 Bal Kumar Rai   -  Jul 16 2016

परदेशिको मन

त्यहाँ त माटोमा नि, बास्ना आउछ सानु यहाँ त अत्तरमा नि, गन्ध आउछ सानु तिम्रै काखमा लुट्पुटिदै, पछेउरीले आँशु पुछ्थे यहाँ त तिम्रो यादले,दिन दिनै सताउछ सानु


 Subash Bhandari   -  Jul 09 2016

हाम्रो चोखो माया

हाम्रो चोखो माया प्रेम खास हुनेछ, पिरतिको परिक्षामा पास हुनेछ। कुनै दुख कष्ट खट्न दिने छैन सानू, जब यो मन तिम्रोलागी दास हुनेछ।


 Roshan Koirala   -  Jul 09 2016

मस्कट बनेर हाँस्छ काठमाण्डौ

जिन्दगीका वाक्वाकी र ठेसमा आहट् बनेर प्रतिध्वनित हुन्छन्, भन् न काठमाण्डौ, तँ कति शताब्दीको पेग लिएर ‘नक् आउट्’ हुन्छस् ?


 Roshan Koirala   -  Jul 09 2016

दिमाग खुस्किएको एक रात

तिमी बसिराख पसिनाको सुगन्ध पर्खिइ . . .” धर्ती लर्बराउँथ्यो र घरसम्म प्रसब सहन्थ्यो दिमाग खुस्किएको एक रात दिमाग मलाई भन्थ्यो — “एक चोटि डिस्क फम्र्याट गर्दे यार् !”


 Jiwan Prakash Khatiwoda   -  Jul 09 2016

एक झुत्तो पोते

त्यहि पोतेले बिरक्त बनाए मद्होश पनि पोतेका प्रतेक लुङ्गमा तिम्रो अस्तित्व त्यो र प्रणय राग अलापेको सुनिन्छ यो देसमा त्यो पोतेमा कसैको धरोहर रहेछ जीवन निरास भै त्यहि पोते लिलाम गर्न चाहन्छौ


 Madan Pravat   -  Jul 07 2016

मान्छे भित्रका मान्छेहरु

जब उत्साहको मृत्यु हुन्छ शिथिल हुन्छ साधना उर्जाहरु सेलाउँछन, हराउँछन सपना जब जिज्ञासाको अन्त्य हुन्छ बिलाउँछन् कल्पना चिन्तनहरु हराउँछन्, चिसा हुन्छन जीवन यसै भन्थे उसका चेतनशील मस्तिष्कहरुले सबैलाई जगाउने उर्जाशील व्यवहारहरुले


 Madan Pravat   -  Jul 07 2016

भूमिगत एम्बुस

एकाविहानै अखबारमा पढेथें एक कविता दोहोर्‍याई/तेहेर्‍याई, दोहोर्‍याई/तेहेर्‍याई, ढक्क फुलेथ्यो मुटु सन्न भएथ्यो मस्तिष्क ‘कति चर्को अनुभूति’ अनायासै चलेथ्यो ओठ


 Niraj Dahal   -  Jul 07 2016

मेरो जिम्मेवारी

म आफै मेरो देश बनाउँछु अाफ्नै भाषा अनि भेष बनाउँछु सबैकाे सम्मान हुने परिवेश बनाउँछु दुःख, कष्ट सहेर यहाँसम्म पुगियाे नलाग्ने कहिल्यै पनि ठेस बनाउँछु


 Saroj Setu   -  Jul 02 2016

बिक्रि

युध्दोन्मादको मलामीबाट फर्के पछि बच्चाका लागि रोटि किन्यो तरबार बेचेर यो त अर्थहिन नाफा भयो हात भरी मेरो जुन कमाएको थिए आत्तिदै हतार बेचेर


 Saroj Setu   -  Jul 02 2016

सक्कियोस्

मान्छे डुबेर पनि चित्त बुझाउदैन भने बरु प्यास सक्कियोस्,प्यासा सक्कियोस् के नै चाहिन्छ र नयन बोल्दा...प्रेयशी ? सक्कियोस् इसारा अनि भाषा सक्कियोस्


 Saroj Setu   -  Jul 02 2016

सपना

के नै चाहिन्छ र नयन बोल्दा...प्रेयशी ? सक्कियोस् इसारा अनि भाषा सक्कियोस् कति भयानक छ बोधत्व को प्रश्न चिन्ह अब त्यो ऐना फुटोस्,निरासा सक्कियोस्


 Saroj Setu   -  Aug 30 2016

किन होला ?

छाती भित्र यो अफ्ठ्यारो किन होला ! जति बढ्छ त्यति प्यारो किन होला !! यूगले जन्माउँछ भन्छन सपुत अब तर जन्मन'लाई यति गाह्रो किन होला !!


 Suraj Subedi   -  Jul 02 2016

कुरुस

कुरुस म धागो तिमी अपरिचित औलाहरुसँग जसै सकियो काम


 Suraj Subedi   -  Jul 02 2016

संझनाहरू

हिजो बलिरहेको आगोले कोईला बनायो कि खरानी मात्र हेरेर थाहा हुन्छ दाउरा अग्राख थियो कि कु-काठ?


 Suraj Subedi   -  Jul 02 2016

अाएको विहान

लिएर आएको चिसो वतास र उज्यालो आकाश आधा तिम्रो आगनमा दियो आधा मेरो पिँडिमा र उठायो निन्द्रालाई काखमा सुतिरहेका आँखाहरुवाट


Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.94
  • 103.54
  • European euro
  • 115.22
  • 115.89
  • UK pound sterling
  • 130.88
  • 131.65
  • Swiss franc
  • 106.18
  • 106.8
  • Australian dollar
  • 77.92
  • 78.37
  • Canadian dollar
  • 77.57
  • 78.03
  • Singapore dollar
  • 74.19
  • 74.63
  • Japanese yen (10)
  • 9.25
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.06
  • 15.14
  • Saudi Arabian riyal
  • 27.45
  • 27.61
  • Qatari riyal
  • 28.01
  • 28.17
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28.03
  • 28.19
  • Malaysian ringgit
  • 24.01
  • 24.15
  • Korean Won (100)
  • 9.07
  • 9.12
  • Swedish Krone
  • 11.8
  • 11.87
  • Danish Krone
  • 15.49
  • 15.58