५ मिनेटमा तनाववाट मुक्त हुने ५ कदमहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

५ मिनेटमा तनाववाट मुक्त हुने ५ कदमहरु




   Suyog Dhakal - May 12 2017

हामी सबैजना उर्जा र स्वउपचार पद्धतीमार्फत बनेका हौ । यदि सही तरिका र तवरले उर्जालाई प्रयोग गर्न सकेमा मानव शरीर आँफैले रोग र तनाववाट मुक्त पार्न सकिने कुराहरु पूर्विय दर्शन र पद्धतीले बताँउदछ । उदहारणका लागी शरीरमा सानो घाउ या चोट लागेमा हामीले निको होस् भनेँर सोच्न अगावै शरीरले रक्तश्राव बन्द गरिसकेको हुन्छ, यो एउटा स्वचालीत विज्ञान हो जुन हामीले बुझ्न जरुरी छ ।

हामीसबैलाई तनाव छ, कार्यको, परिवारको, वाटोघाटो देखि लिएर खानेकुरासम्म सबैकुराहरु तनावो वृद्धी गर्ने खाले छन् तर के तनाव वाट हामी वच्न सक्दैनौ ? आउनुहोस ५ वटा सरल कदमका मार्फत आफूलाई तनाववाट कसरी मुक्त गर्न सकिन्छ चर्चा गरौ है ।

यो पनि हेर्नुहोस् : दमका कारण, लक्षण र उपचार  

स्वउपचार जटिल छैन, यि ५ वटा कदमका मार्फत तपाँईले आफ्नो शरीरलाई सम्पूर्ण रुपमा तनाव र अशान्ती वाट मुक्त पार्न सक्नुहुन्छ । फेरि यो कार्य यति सजिलो छ कि जस्तै टिभीमा कुनै नकारात्मक रिपोर्ट आईरहेको च्यानललाई एक झट्कामै सकारात्मक कुरा आएको च्यानलमा रिमोटले हामीले परिवर्तन गरेझै छ ।

ल यी पाँच कदमहरु यहाँ प्रस्तुत छन्, कृपया अबको पाँच मिनेट पढिसकेपछी अर्को पाँच मिनेट यी कदमहरुको अभ्यास गर्नुहोस र फरक थाहा पाउनुहोस् ।

कदम १
सजिलो गरि बस्नुहोस र शरीरवाट आएको र गएको हरेक श्वाँसमा ध्यान केन्द्रित गर्नुहोस
यसो गर्दा श्वाँसका फोहोरा अनि तिन्को गहिराई कम वढी भएको या नभएको तर्फ तुलना गर्न नथाल्नुहोला, केवल आएको र गएको श्वाँसमा केन्द्रित गर्नुहोस ध्यानलाई । यसो गर्नाले तनाव उत्पन्न गर्ने विचारका श्रृखलाहरुलाई रोक्दछ र ध्यान शरीरमा केन्द्रत हुनपुग्दछ ।

कदम २
आफ्ना दुबै हत्केलालाई अगाडि ल्याएर ३० देखि ६० सेकेन्डसम्म रगडनुहोस्
यसरी रगड्दा हुने घर्षणले हात ताते हुन्छ, यसरी घर्षण गर्दै गर्दा एकफेर मुस्काउने प्रयास पनि गरौँ है ।

कदम ३
दुबै हातहरुलाई एकअर्कासँग ६ देखि ८ ईन्च पर राख्नुहोस् । यसरी राख्दा एकअर्को हातलाई आमुन्ने सामुन्ने राख्नुहोला ।
हाम्रो शरीर भित्रको उर्जा यसो गर्दा हातमार्फत हामीले चाल पाँउछौ, उर्जाहरु हातको माध्यमवाट शरीरमा तरंगीएको हामीले थाहा पाँउदछौ । आफू भित्रको यो उर्जा चाल पाएपछी एकप्रकारको आत्मअनुभुती थाहा हुन्छ, हैन त ?

कदम ४
हातमा भएका ती उर्जालाई कुम हुँदै माथीसम्म अनुभव गर्न आँखा बन्द गर्नुहोस र अनुभव गर्नुहोस
हातमार्फत उर्जाशील उर्जाहरुलाई अब आँखा बन्द गरेर शरीर माथी जान दिनुहोस्, तपाँई भित्रको तनाव र पिडाहरु उर्जाकारुपमा शरीरवाट वाहिर गएको कल्पना गर्नुहोस, तपाँईमा सकारात्मक र उपचारात्मक उर्जा आउनेछ ।

कदम ५
यसरी प्राप्त सकारात्मक उर्जालाई शरीरको सबै अगं र भागहरुमा पठाउनुहोस्
यसरी प्राप्त भएको उर्जालाई शरीरको सम्पूर्ण अगंहरु, तनाव भएका ठाँउहरु आँखा, दिमाग, टाउको तर्फ सञ्चार गराउनुहोस् ।

ल अब प्रयास गरेर हामीलाई वताउनुहोस्, प्रस्तुत कदमहरु धेरैवटा अमेरिकी कम्पनीहरुले आफ्ना कर्मचारीहरुलाई तनाव वाट मुक्त राख्दै शान्त र रचनात्मक वनाउनकालागी प्रयोग गर्न सल्लाह दिएका कदमहरु हुन् । ५ मिनेटमै तनाववाट मुक्त हुनुहोस् ।

हाम्रो हाम्रो पात्रोकालागी विभिन्न वेभसाईटको अध्यनका आधारमा
सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.