स्वस्थ शरीरको लागि आयुर्वेद | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

स्वस्थ शरीरको लागि आयुर्वेद




   Suyog Dhakal - Apr 23 2018

अर्को के पनि हो भने, यसले दुखाई कम गर्ने औषधिले तुरुन्त राहत प्रदान गरेजस्तो काम गर्दैन । आयुर्वेदको असर बिस्तारै मात्र देखा पर्ने हुनाले तुरुन्त राहत खोज्नेहरुका लागि यो निकम्मा हुन जान्छ ।



हामी धेरैजसो आयुर्वेदलाई आधुनिक औषधिसँग तुलना गर्ने दुस्साहस र गल्ती गर्छौँ । यही तुलनाको विवादमा आयुर्वेदको बुझाइलाई साँघुरो बनाउँछौ । एक त, आयुर्वेदले रोग उन्मूलनको काम मात्र गर्दैन, यसकारण यसलाई औषधिहरुसँग तुलना गर्नुपर्ने जरुरी छैन । अर्को के पनि हो भने, यसले दुखाई कम गर्ने औषधिले तुरुन्त राहत प्रदान गरेजस्तो काम गर्दैन । आयुर्वेदको असर बिस्तारै मात्र देखा पर्ने हुनाले तुरुन्त राहत खोज्नेहरुका लागि यो निकम्मा हुन जान्छ ।
हामीले बुझ्नैपर्ने कुरा के छ भने आयुर्वेद परम्परागत विज्ञान हो र यसलाई यसरी नै हेरिनुपर्छ । यसमा आफ्नो हेरचाह आपैmँ गर्नपर्ने, सुस्वास्थ्य तथा रोग निवारक स्याहारका अवधारणाहरु हावी हुने गर्दछन् । आयुर्वेदले रोग निवारण अवश्य गर्दछ । पेन किलर मानिसका लागि हानिकारक हुन्छ तर आयुर्वेदले दुखाइलाई बिस्तारै तर प्राकृतिक रुपमा कुनै नोक्सान नपु¥याइकन गर्न मद्दत गर्दछ ।
आयुर्वेदलाई हाम्रो जीवनपद्धतिमा अनुसरण गर्न र प्रकृतिले नै वरदान स्वरुप प्रदान गरेको लाभको फाइदा लिन गाह्रो छैन । जरुरी छ त, आयुर्वेदबारे थाहा पाउन, जान्न, यसबारे सचेत हुन र हाम्रो जीवनमा सदैव लगातार यसको प्रयोग गर्न । आयुर्वेदले काम गर्छ भनेर प्रमाणित गर्न यो एक मात्र तरिका हो ।
शारीरिक तथा मानसिक रुपमा स्वस्थ रहन आयुर्वेदले हामीलाई सहयोग गर्न सक्छ । हामी आयुर्वेद भन्ने बित्तिकै जडिबुटिहरु सम्झन्छौँ । खासमा यी जडिबुटिहरु के हुन् र यसले कसरी हामीलाई फाइदा गर्छ त ? जडिबुटि भन्नेबित्तिकै सधैँ हामीले मुख बिगारेर खानुपर्ने तीतो औषधि भनेर बुझ्न पर्दैन । साधारणतय हाम्रै भान्सामा पाइने अदुवा, बेसार, दालचिनी, मह, आदि पनि जडिबुटि नै हुन् । हामीले गर्नुपर्ने एक मात्र काम भनेको यसको प्रयोग जानेर र धेरै मात्रामा गर्नु हो ।
आयुर्वेदको कुरा गर्नुपर्दा जडिबुटिबाट बनेका कपडाहरु पनि फाइदाजनक छन् । यस्ता कपडाहरु जैविक कपडाबाट बनेका हुन्छन् र जडिबुटि माडिएका हुन्छन् । यो हाम्रो छालामा माडिँदा यसले हाम्रो शरीरलाई फाइदा पु¥याउने हो । यसमा पनि बेसार माडिएको कपडा छ भने, बेसारको प्राकृतिक गुणहरु हाम्रो छालाले सोस्दछ र यसमा हुने किटाणुसँग लड्ने क्षमताका कारण कुनै पनि संक्रमणबाट बच्न सक्छौँ ।
योगा शब्द सुन्दा गाह्रो सुनिन्छ ? योगा खासमा स्वास्थ्यका लागि निकै फाइदाजनक छ, तर योगा गर्न सुरु गर्न सक्नुभएको छैन भने सास फेर्ने तरिका मात्र सिकाउने सूर्य नमस्कार वा प्रणायम गर्न सक्नुहुनेछ ।
यी सबै अति आवश्यक छन् किनभने आयुर्वेदले हामीलाई आनन्दले जीवन व्यतित गर्न सिकाउँछ । बिहान सबेरै उठ्ने र छिटो सुत्ने पनि यसका पाटा हुन् । मानिसले शारीरिक र मानसिक दुवै रुपमा आपूmलाई स्वस्थ महसुस गर्न सक्नुपर्छ । मानसिक विश्राम प्राप्त गर्नका लागि राम्रो निन्द्रा पर्न अति जरुरी हुन्छ जुन ५ मिनेटको योगाबाट प्राप्त गर्न सकिन्छ । केही बेर हिँड्ने मात्र गर्दा पनि मुटु बलियो हुन्छ, यसले हामीलाई शारीरिक रुपमा स्वस्थ राख्दछ । यसरी हिँड्दा शरीरलाई बढी अक्सिजन तथा पोषण मिल्ने भएका कारणले यो वैज्ञानिक तरिका पनि हो । हामीले जति प्रयास गर्दा पनि, हाम्रो शरीर तथा आन्तरिक प्रणालीमा बाह्य प्रभाव त पर्छ नै । यसका लागि, हानिकारक विषादीहरुबाट बच्न र शरीरबाट फाल्न पनि जरुरी हुन्छ । यस्ता विषादीहरु शरीरबाट फाल्ने एउटा तरिका भनेको दिनहुँ धेरै पानी पिउनु हो । सजिलै पाइने भएकाले हामीले पानीको महत्वलाई कम आँक्ने गरेका हुन्छौँ । शुद्ध तथा सफा पानीले हाम्रो शरीरभित्रको फोहोर, हानिकारक विषादी फाल्न, पाचन प्रक्रियामा सहयोग गर्न र बिना कुनै असर शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । 


हाम्रो जीवनमा आयुर्वेदको अभ्यास अनुसरण गर्नका निम्ति यी साधारण प्रयासहरु हुन् । जानेर यस्ता विधि तथा जडिबुटिहरुको प्रयोग गर्नाले हामीले हाम्रै वरिपरि पाइने वातावरणबाट सहजै धेरै फाइदा लिन र स्वस्थ जीवन बाँच्न सक्छौँ ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.