 
            क्यान्सरको जोखिममा हामी सबैजना छौ, यसबाट बच्न हामीले हाम्रो आहार अनि बिहारमा ध्यान दिन जरुरी छ । बढ्दो रसायनिक कुराहरुको प्रयोग, घट्दो ओजोन तह अनि अस्वस्थ खानपिनका कारणले हामीसबैजना यस रोगको जोखिममा छौ । स्मरण रहोस् गएको दशकमा क्यान्सर रोगका बिरामीहरु संसारभरिनै निकै बढेका छन् । क्यान्सर धेरै प्रकारका छन् र यसबाट बच्न पनि हामी उत्तिकै सचेत रहन जरुरी छ, हैन र ? 
यो पनि हेर्नुहोस् : गोरोपनाको घरेलु ३ सरल र अदभुत उपायहरु
१. खानामा लसुनको प्रयोग बढाउनुहोस् 
लसुनमा भएको सल्फर तत्वले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बढाँउदछ । स्मरण रहोस् लसुनको प्रयोगले शरीरका ट्यूमरहरुको बृद्धि कम गराँउदछ । बिभिन्न अध्यनहरुले त पेटको क्यान्सरलाई लसुनको दैनिक सेवनले १२ प्रतिशतसम्म घटाउने सम्म देखाएक छन् । 
२. उसिनेको या बफ्याएको ब्रोकाउली 
ब्रोकाउलीलाई क्यान्सर निरोधक सुपर खानाका रुपमा समेत लिइन्छ । माईक्तो बेबमा राखेर या पकाएर भन्दापनि सामान्य बफाएर र उसिनेर खाएमा यसका पौष्टिक तत्वहरु सजिव रहन्छन् है । 
३. कागतीको नियमित प्रयोग 
कागतीमा हुने सिटरस तत्वले मुख अनि पेटको क्यान्सरबाट जोगाउने बिभिन्न अध्यनले देखाएको छ । यसको नियमित प्रयोग स्वस्थकर छ । 
४. किवीको सेवन 
हामीसबैलाई किवी फलको बारेमा थाहा छ, हैन र ? अहिले नेपालमा पनि ब्यवसाहीक किवी खेती हुन थालेको छ, किवी सहजै उपलब्ध पनि छ नेपाली बजारमा । दैनिक जसो किवीको सेवन गरेमा क्यान्सरबाट जोगिन सकिन्छ । यसरी किवी खाँदा साधारणतया किवीलाई आधामा काटेर बिचको भागलाई चच्चाले खुर्के खान सल्लाह दिइन्छ । 
५. हरियो प्याजका पातहरु 
अध्यनहरुका अनुसार दैनिक हरियो प्याजका पातहरुले प्रोस्टेटको क्यान्सर लगभग ५० प्रतिशतले कम गर्दछन् । पुरै पकाएर भन्दा पनि काँचै या बफ्याएर खान सुझाव दिइन्छ । 
६. हरियो चिया 
बिभिन्न अध्यनका अनुसार दैनिक हरियो चिया सेवन गर्ने महिलाहरुमा ५० प्रतिशत कम क्यान्सर हुने संभावना हुन्छ । अमेरिकन जर्नल अफ क्लीनिकल न्यूट्रिशनको बिश्वब्यापी अध्यनले पनि यो नै देखाएको छ । 
७. स्याउ 
स्याउमा भएको फाईबर तत्वले हाम्रो आन्दा्रमा क्यान्सरका जिवाणु बन्न दिँदैनन् । जर्मन अध्ययनका अनुसार स्याउमा हुने एकप्रकारको एन्टीअक्सिडेन्ट तत्वले क्यान्सर सेलको नाश गर्दछ । 
८ टुसा उम्रिएको खानाकुराहरु र गेडागुडिको सेवन 
उम्रिएको या टुसा उम्रिएको खानाहरुमा सल्फरिन तत्वको अधिकता हुन्छ । यसले क्यान्सरवाट हाम्रो शरीरको रक्षा गर्दछ । 
९. बन्दा कोभी 
बन्दालाई हामीले धेरैजसो हेपेको तरकारी हो तथापि यसको दैनिक सेवन गरेमा मलद्धार र आन्द्राको क्यान्सरबाट जोगाँउछ । यसको सेवनले ट्यूमरको बृद्धिवाट पनि रोक्दछ । 
१०. गाँजर 
गाँजरमा अत्याधिक मात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका अलावा पनि गाँजर बिभिन्न प्रकारका अन्य धेरै फाईदाजनक तत्वहरु पाइन्छ जसले हामीलाई क्यान्सरबाट जोगाँउदछ । 
क्यान्सर बिरुद्धको जनचेतनामा खानेकुराहरु बारे तथ्यहरु सबैभन्दा महत्वपूर्ण मानिन्छ । स्वस्थ रहनुनै सबैभन्दा ठुलो कुरा हो । 

Liked by: