कब्जियत रोक्ने ८ घरेलु उपाय | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

कब्जियत रोक्ने ८ घरेलु उपाय





-स्वास्थ्य खबरपत्रिका संगको सहकार्यमा हाम्रो पात्रोको साप्ताहिक स्वास्थ्य सामाग्री

पानी

पानी कब्जियतको सबैभन्दा महत्वपूर्ण र उपयुक्त औषधि हो । बारम्बारप्रशस्त पानी पिएर वा झोलयुक्त खाना खाएर कब्जियत रोगबाट मुक्त हुन सकिन्छ । तर,पानीकोनाममा सोडा वा अन्य पेय पदार्थ पिउनु कब्जियतको समाधान होइन । धारा वा कुवाको सफापानी तताएर वा ‘प्युरिफाई’ गरेर पानी खाँदा कब्जियतको खतरा घट्नुका साथै कब्जियतभइसकेका व्यक्तिलाई पनि धेरै फाइदा गर्छ ।

फाइबरयुक्त खाना
हामी शरीरलाई चाहिने खानाको सट्टा अन्य अनावश्यक खानेकुरा खाएरपैसाको हिनामिना गरेका हुन्छौँ । तर, त्यही पैसाबाट पोसिलो र शरीरलाई हितगर्ने स्वस्थकर खानाको बारेमा हेक्का नराख्दा हामीले स्वास्थ्यमा ठूलो मूल्यचुकाइरहेका छाँै । जौ, गहुँ, रोटीजस्ता फाइबरयुक्त खााना पोसिलो मात्र होइन कब्जियतका लागिमहत्वपूर्ण औषधि नै साबित भएका छन् ।

फलफूल तथा सागसब्जी
ताजा फलफूल तथा सब्जी उच्च पोषणयुक्त मात्र होइन, त्यसमाप्रशस्त फाइबर र तरल पदार्थ हुन्छ । यो हाम्रो समग्र पाचन पक्रियामा फाइदाजनक हुन्छ। तसर्थ, प्रशस्त हरियो सागसब्जी र ताजा फलफूल खाँदा कब्जियतको सम्भावनाहँुदैन र भइसकेको कब्जियत पनि निको हुन्छ ।

गेडागुडी
भिटामिन र प्रोटिनयुक्त गेडागुडी र बिउबिजनको नियमित उपभोगलेकब्जियतलाई स्वभाविक रुपमै अन्य गरिदिन्छ ।

तेल
जैतुनको गेडा, सब्जीको रस, भटमासको तेल, तिलकोगेडा पनि कब्जियत उपचारमा प्रयोग हुन्छ । यी खाद्य पदार्थमा निकै न्यून मात्रामाचिल्लो पदार्थ हुनुका साथै आन्द्रालाई चिप्लो बनाई पेटको उकुसमुकुस र डम्म हुनबाटरोकिदिन्छ ।

उखुको जुस, खुदो र मह
कब्जियतका लागि उखुको जुस, खुदो र मह अचुक औषधि हुन् । उखुकोजुसमा आवश्यकताअनुसार मह मिसाएर खाँदा यसले राम्रो औषधिको काम गर्छ ।

अंगुर र कागती
उच्च साइट्रस एसिडयुक्त अंगुर र कागतीले आन्द्राको फोहोरलाई सजिलैमलद्वारमार्फत निष्कासन गरिदिन्छ । थोरै मात्र अंगुर र कागती जुसले पनि योसमस्यालाई तत्कालै समाधान गरिदिन्छ ।

व्यायाम
विज्ञहरुका अनुसार उठबसलगायतको शारीरिक व्यायाय पनि आन्द्रामा रहेकोस्टुल फाल्नका लागि उपयुक्त तरिका हो ।

स्रोतः http://swasthyakhabar.com



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.