ब्लग - साहित्य / स्वास्थ्य

कब्जियत छ ? हटाउने यस्ता छन् उपाय





कहिलेकाहीँ कब्जियत हुनु असामान्य होइन । तर, नियमित रुपमा महिनौंसम्म कब्जियत हुन थाल्यो भने यसले अरु अनेकौं समस्या निम्त्याउँछ । लामो समयदेखि भइरहेको कब्जियतको उपचारका लागि औषधि दिनुअघि चिकित्सकले हामीलाई आफ्नो खानपान र जीवनशैलीमा केही परिवर्तन गर्न सुझाउनेछन् । यस्ता सुझावअनुसार खानपानमा परिवर्तन गर्दा कब्जियतको समस्या घट्छ।

धेरै रेशायुक्त खानेकुरा खाने
आफ्नो भोजनमा सागसब्जी, फलफूल र होल ग्रेनजस्ता रेशायुक्त खानेकुरा समावेश गर्नुपर्छ । भोजनमा सागसब्जी र फलफूलको मात्रा बढी हुनुपर्छ । रेशा (फाइबर)ले कब्जियत हुन दिँदैन र पेट सफा रहन्छ । तर दुधजन्य पदार्थ, मासु र तयारी (चाउचाउ र यस्तै प्याकेटका) खानेकुरा कब्जियत नहटुन्जेल भरसक नखाने र खाए पनि थोरै मात्र खाने । किनभने यी खानेकुरा रेशायुक्त हुँदैनन्।

पानी धेरै पिउने
हाम्रो पाचन प्रणालीले धेरै कुरा शरीरबाट निष्काशन गर्नुपर्ने हुन्छ । त्यसैले पानी धेरै पिउने, पानीले पाचन प्रणालीलाई निष्काशन गर्नुपर्ने विकार वा फोहर बाहिर निकाल्न सघाउँछ भने कतिपय अनावश्यक र बढी खनिज तथा भिटामिन निष्काशनमा पनि सघाउँछ ।

बिहान शौचालय जानु केही बेरअघि एक गिलास मनतातो पानीमा एक चिम्टी नुन हालेर पिउने र दुई मिनेट हलुका व्यायाम गर्ने । यसले पनि पेट सफा गर्न सघाउँछ।

व्यायाम
शारीरिक व्यायामले पाचन प्रणालीका मांसपेशीलाई सशक्त बनाउँछ र राम्रोसँग काम गर्न सघाउँछ । अर्थात ठोस भोजनलाई सहज रुपमा पाचन प्रणालीले पचाउँदै अगाडि पठाउँछ । त्यसैले सकेसम्म दैनिक रुपमा नै केही न केही व्यायाम गर्नाले कब्जियत घटाउन मद्दत पुग्छ।

नित्यकार्यका लागि बाथरुम जाने
कब्जियत छ भनेर शौचालय जान बन्द नगर्ने । जति बेला दिसा लागेजस्तो हुन्छ वा नलागे पनि सधैं शौच जाने समयमा शौचालय जाने । साथै पेट सफा हुन जति समय लागे पनि समय दिने । कहिलेकाहीँ यी नै उपायले पनि कब्जियत कम हुनसक्छ भने कतिपय अवस्थामा नहुन पनि सक्छ । त्यस्तो बेला कब्जियत हुने कारण पत्ता लगाउनु पर्ने हुनसक्छ ।

पेल्भिक मांसपेशीको व्यायाम
कहिलेकाहीँ मलमुत्र निष्काशन गर्ने मांसपेशीले राम्रोसँग काम गर्न नसक्दा पनि कब्जियत हुने गर्छ । यस्तोमा फिजियोथेरापिस्टले पेल्भिक मांसपेशीको व्यायाम गर्न सिकाउँछन् । व्यायामले ती मांसपेशीलाई फेरि सक्रिय पार्छन् र पेट सफा हुन थाल्छ । पेल्भिक मांसपेशीको व्यायामलाई ‘बायोफिडब्याक’ भनिन्छ । यसमा मेसिनको सहायताले व्यायाम गराइन्छ ।

यी सबै उपायले पनि कब्जियत हटेन भने चिकित्सकले दिसा पातलो बनाउनेलगायत विभिन्न औषधि प्रेस्क्राइब गर्छन् ।
-------------
स्रोतः स्वास्थ्य खबरपत्रिका

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम