ब्लग - साहित्य / सुस्वास्थ्य

रक्तचाप नियन्त्रण गर्ने सरल उपाय




   डा. अोम मूर्ति अनिल - Aug 31 2018

रक्तचाप जति कम भयो त्यति नै स्वास्थयका लागि राम्रो मानिन्छ ।

सर्वप्रथम उच्चरक्तचापको कारण छ कि छैन पत्ता लगाउनुपर्छ र सो कारणलाई नियन्त्रणमा लिनुपर्छ । उच्च रक्तचाप हुन नदिन त्यस्ता कारणहरु उत्पन्न हुनबाट रोक्नुपर्छ । यसका लागि स्वस्थ जीवनशैली अपनाउनु जरुरी हुन्छ ।

उच्च रक्तचापको नियन्त्रणको लागि
1. धुमपान बन्द गर्न : यदि तपाँई धुमपान गर्नुहुन्छ भने यसको सेवन पूर्णरुपले बन्द गर्न अनिवार्य हुन्छ ।
2. मोटोपना घटाउनुपर्छ : यदि तपाँईमा मोटोपनाको समस्या छ भने स्वस्थ तौल प्राप्त गर्न कम्तीमा १० प्रतिशत तौल क्रमशः घटाउने कोशिस गर्नुपर्छ ।
3. शारीरिक गतिविधि: यदि तपाईँ शारीरिक गतिविधिमा कम सक्रिय हुनुहुन्छ भने प्रतिदिन १ देखि २ घण्टा बढी हिड्नुपर्छ ।
4. मदिरा सेवनलाई नियन्त्रण : यदि तपाईँ मदिरा सेवन गर्नुहुन्छ भने अत्यधिक मदिरा सेवन नगर्नुस्, यसलाई नियन्त्रण गर्नुपर्छ ।
5. नुनको कम प्रयोग : यदि तपाईँले नुनिलो खानेकुरा खाँदै हुनुहुन्छ भने त्यसलाई नियन्त्रण गर्नुपर्छ अर्थात नियमित खानपानमा नुनको मात्रा न्यून हुनुपर्छ ।
6. तनाव कम: उच्चरक्त चाप नियन्त्रणका लागि परिवर्तन गर्नुपर्ने जीवनशैलीको अर्को उपाय भनेको मानसिक तनाव कम गर्नु पनि हो ।
7. पोटासियमयुक्त खाना धेरै खानुपर्छ : पोटासियम(K+) बढी भएको खानेकुराले रक्तचाप घटाउँछ । त्यसैले हाम्रो खानामा पोटासियम बढी भएका खानेकुराहरु हुनुपर्छ । साईट्रस फ्रुट्स जस्तै सुन्तला, कागती, मौसम आदिमा पोटासियम बढी हुन्छ ।केरा र अन्य ताजा फलफुलमा पनि पोटासियम बढी पाइन्छ ।
8. ताजा फलफूल नियमित खानुपर्छ : ताजा फलफुलमा पाईने भिटामिन, मिनेरल्स र फाइवरले मुटुलाई स्वस्थ् राख्ने मात्रै नभई, यसको नियमित प्रयोगले रक्तचाप पनि घटाउँछ ।
9. प्रशस्त हरियो सागसब्जी खानुपर्छ : प्रतिदिन नियमित २-३ चोटि हरियो सागसब्जी खानुपर्छ ।
10. माछाको प्रयोग फाइदाजनक मानिन्छ : हप्तामा कम्तिमा दुई पटक माछा खाँदा राम्रो हुन्छ ।

उच्च रक्तचापको नियन्त्रण स्वास्थ जीवनकालागि अत्यावश्यक कुरा हो
 । रक्तचापलार्इ अाैशतमा जति न्यून राख्न सकियो त्यति नै राम्रो मानिन्छ । यदि तपाईँले रक्तचाप नियन्त्रणका लागि नियमित रुपमा औषधि सेवन गरीरहनुभएको छ भने तपार्इले त झनै रक्तचाप नियन्त्रणमा राख्नुपर्छ । एउटा स्वस्थ शरिरका लागि जुनसुकै बेला रक्तचाप १४०/९० भन्दा कम हुनुपर्छ । रक्तचाप १२०/ ८० भन्दा कम भएमा भने राम्रो हुन्छ । 


कतिपय विरामीहरुको रक्तचाप औषधि खाएर पनि नियन्त्रण नभएको देखिन्छ । त्यस्तो अवस्थामा औषधिको मात्रा बढाएर रक्तचापको नियन्त्रण गर्नुपर्छ । जीवनशैलीमा थप परिवर्तन गर्नु पनि उत्तिकै जरुरी हुन्छ । मुटुरोगीहरुको रक्तचापको नियन्त्रण त झन राम्रो हुनुपर्छ।

----
वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अोम मुर्ती अनिल  ग्राण्डी इन्टरनेशनल हस्पिटलमा मुटुरोग निवारण विभागको निर्देशक हुनुहुन्छ ।



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 114.33
  • 114.93
  • European euro
  • 130.61
  • 131.3
  • UK pound sterling
  • 147.09
  • 147.86
  • Swiss franc
  • 114.75
  • 115.35
  • Australian dollar
  • 83.51
  • 83.95
  • Canadian dollar
  • 86.88
  • 87.33
  • Singapore dollar
  • 83.31
  • 83.75
  • Japanese yen (10)
  • 10.14
  • 10.19
  • Chinese renminbi (Yuan)
  • 16.47
  • 16.55
  • Saudi Arabian riyal
  • 30.47
  • 30.63
  • Qatari riyal
  • 31.4
  • 31.57
  • Thai baht
  • 3.48
  • 3.49
  • UAE Dirham
  • 31.13
  • 31.29
  • Malaysian ringgit
  • 27.29
  • 27.43
  • Korean Won (100)
  • 10.15
  • 10.2
  • Swedish Krone
  • 12.71
  • 12.78
  • Danish Krone
  • 17.5
  • 17.59

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम