मासांहारी या शाहाकारी दशै | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

मासांहारी या शाहाकारी दशै




   Suyog Dhakal - Sep 07 2016

अव दशै पनि संघारमा आइसक्यो, हुन मासु खान दशैँनै कुर्नपर्ने छैन तथापि दशैँको मासु, र मासुका परिकार अनि फुर्सतको रमाइलोनै वेग्लै कति किलो मासु ल्याउने या खसीनै काट्ने या थप अरु के के गर्ने, योजनाहरु वन्दैछन पनि होला

सन्तुलित भोजनकालागी मासु एउटा महत्वपूर्ण परिकार अवश्य हो, हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्व, मुख्यतया प्रोटिनकालागी
मासु एकदमै जरुरी मानिन्छ तथापि आवश्यक्ताभन्दा धेरै अर्थात ओभरलोडेड नहोस भन्नेतर्फ हामी सचेत हुन जरुरी , कि कसो ?

आउनुहोस आज हाम्रो पात्रो मार्फत मासु सेवनगर्दाका सावधानीहरु थप जानकारीहरु लिएर हामी आएका छौ, यी जानकारीहरु हामीले फिजिसियन डाक्टर संगीत कसजु ज्यूसँग वार्तालाप गरेर अनि विभिन्न वेवसाइटहरु मार्फत संकलन गरेका छौ, आउनुहोस छलफल गरौ

मासु सेवन पक्कै पनि शरीरकालागी नराम्रो हैन तथापी धेरै मांससेवनले हानी गर्ने पक्का मानव सभ्यताको इतिहासदेखिनै
मानवहरुले मासु सेवन गरेका हुन, मासु सेवन कुनै ठाउमा अपरिहार्य भने कुनै ठाउमा पापका हिसाबले हेरिन्छ आजभोली मासु सेवनलाई धर्म, आदर्श अनि सभ्यतासँग पनि जोडेर हेरिन्छ पहिले भेजिटेरियन अर्थात माछा मासु नखाने नन भेनिटेरियन अर्थात माछा मासु खाने दुई प्रकारका आहारा गर्ने मान्छे भएकामा अहिले नया एउटा आहारा गर्ने समुहको सङ्गख्या वढदै गएको  : भेगन भेगन अर्थात जनावरवाट प्राप्त हुने केही कुरापनि नखाने, माछामासु परै जाओस दुध, दहि, घ्यू आदि केही कुरापनि नखाने , आउनुहोस आज हामी हाम्रोपात्रोमा यो मासु सेवन यस्का फाइदा, वेफाइदाका वारे तठस्त चर्चा गरौ

मुख्य कुरा मासु चाहे खसी, कुखुरा, राँगा या भेडा जेको भएपनि मासुमा फाइवरको मात्रा एकदमै थोरै हुन्छ, राम्रो स्वास्थ्य मुख्यतया कब्जियतको निराकरणकालागी
फाइवर एकदमै जरुरी भने अर्कोतर्फ रगतमा चिनीको मात्रा कोलेसटेरोल कन्ट्रोल गर्नमा पनि फाइवरको मुख्य भुमिका रहन्छ फेरि अर्कोतर्फ धेरै मासुजन्य भोजन भनेको हामीले आफ्नो खानामा सागपात, दाल, गेडागुडी तरकारी नखानु पनि हो जस्ले शरीरमा पाचनक्रियामा
फाइवरको कमी गराउदछ अर्कोतर्फ खाना खाइसकेपछि पाचनभएर निष्काशनहुन जति थोरै समय लाग्यो त्यती राम्रो मानिन्छ तर मासुजन्य पदार्थको सेवनले तर मासुजन्य पदार्थमा भएको अधिक चिपचिपाहटले गर्दा खानाहरु पाचनक्रियामा
निष्काशनपूर्व
धेरैसमयसम्म पेटभित्रै अडकिन्छन यसरी अडकिनु त्यति स्वास्थ्यवर्धक कुरा हैन

अर्कोतर्फ मासुमा धेरै प्रोटिन हुन्छ तसर्थ शरीरलाई चाहिनेभन्दा धेरै प्रोटिनको सेवनले किडनी अर्थात मृगौलालाई धेरै नाइटा्रेजन वेस्ट गर्नलगाई अत्याधिक कार्य गराउने गर्दछ, अनावश्यक तौल, शरीरमा नचाहिदो वोसो लाग्ने, शरीरमा पानीको मात्राको कमी अनि अत्यावश्यक खनिजहरु जस्तै क्याल्सियमको
कमी गराउदछ

सिरुटीन भन्ने तत्वको नाम आजभोली अन्तराष्ट्रिय स्वास्थ्य जगतमा वहुत प्रचलीत , यो भनेको शरीरले आफै वनाउने प्रोटिन हो जस्ले गर्दा वोसोहरुलाइै काट्ने, अनावश्यक वुढो देखिनवाट जोगाउने छालाको ग्लोलाई कायम राख्दछ ग्लाइकोटक्सिनहरुले यस्ता सिरुटीनको क्रियाकलापहरुलाई दवाउनेगर्दछन
यी ग्लाइकोटक्सिनहरु धेरैजसो भुटेको अनि पोलेको मासुमा हुनेगर्दछ है धेरै मासु खानाले छिटै वुढो पनि भइएला, ख्याल गरौँ

मासुजन्य पदार्थको अत्याधिक सेवनले भेजेटेरियनको
तुलनामा तीन गुणाधेरै डेमेन्सिया रोग हुन सक्ने संभावना पनि विभिन्न रिसर्चहरुले देखाउदछ तर हामीले तपाइलाई भेजिटेरियन वनाउन प्रोत्साहन पक्कै गरेको हैन, आवश्यक्ताअनुसार मासु खाएमा अत्याधिक मासु सेवन नगरेमा मासु आफैमा प्रोटीनको भण्डारभएको कुरा त्यस्वाट अन्य धेरै पौष्टिकता पाउने कुरा आफ्नो ठाउमा छदैछ

अत्याधिक मासुको सेवनले टाईप डाउवेटिक हुने पनि विभिन्न रिसर्चले देखाएको माछामासु मात्र नभई अन्य धेरैप्रकारको
जनावरवाट प्राप्तहुने खानेकुराहरु हामीले सेवन गर्नेगर्दछौ धेरै अवस्थामा यस्ता जनावरवाट प्राप्तहुने खानेकुराहरु धेरै सेवनगर्नाले आफ्नो शरीरमा अघुलनिय वोसोको वृद्धि मुटुका धमनीहरु साघुरो गराउने सम्मगर्दछ

अर्कोतर्फ भेजिटेरियन अर्थात शाकाहारी खानामा आइरनको मात्रा एकदमै कम हुनेगर्दछ भने मासांहारी खानेकुरामा आइरनको मात्रा अत्याधिक हुन्छ, मासुमा धेरै आइरन पाइन्छ अत्याधिक मासुको सेवनले दिमागमा आइरनको मात्रा बढि गराई दिमागमा हुने मेलिन नामक तन्तु फाइवरलाई रक्षागर्ने झिल्लीतत्व विनाश गरि अल्जाइमर अर्थात विर्सने रोग लाग्ने संभावना वढी गराउदछ

तसर्थ माछामासु खानुहोस तर हरियो सागपातको मात्रा पनि उत्तिकै सेवन गर्नुहोला, मुख्यतया विहानको खाजा अर्थात ब्रेकफास्टमा
भेजिटेरियन ननभेजिटेरियनको अनुपात समान बनाएर सेवन गर्नु उपयूक्त हुन्छ

हामी नेपालीहरु दशैमा खसीनै काटेर अत्याधिक मासु सेवन गर्दछौ, हामीकहाँ धेरैजसो ठाउमा राम्ररी मासु लाई भण्डारणगर्ने
उपकरणहरु पनि छैनन, धेरैदिनसम्म पुरानो वासी मासु खानेगर्दछौ यस्ले हाम्रो स्वास्थ्यमा पक्कैपनि राम्रो गर्दैन, सचेत हुन जरुरी

  प्रस्तुत साम्रगी हाम्रो पात्रोकालागी
फिजीसियन डाक्टर संगीत कसजु विभिन्न वेबसाइटहरुको
अध्यनका आधारमा सुयोग ढकालले तैयार गर्नुभएको



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.