बच्चालाई भातको माड खुवाउँदा फाइदै-फाइदा | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

बच्चालाई भातको माड खुवाउँदा फाइदै-फाइदा




भिटामिनको स्रोतः माडमा थियामिन, रिबोफ्लाभिन, नियासिन र भिटामिन बी–६ पाइन्छ। यी भिटामिनले शरीरलाई विभिन्न तरिकाको फाइदा पुर्याउँछ। जस्तै, रिबोफ्लाभिन दृष्टि र छालाका लागि महत्वपूर्ण हुन्छ। नियासिनले स्नायु र पाचन प्रणालीमा सहयोग गर्छ। भिटामिन बी–६ दिमागको विकासका लागि महत्वपूर्ण मानिन्छ। चामललाई केहीबेर तातो पानीमा पकाउँदा पानीमा सजिलै भिज्ने यी भिटामिन उत्पन्न हुन्छन्। तसर्थ बच्चालाई भिटामिनको कमी छ भने नियमित भातको माड खुवाउनुपर्छ।



बच्चाले यसै पनि साह्रो खानेकुरा खान र पचाउन सक्दैनन्। तसर्थ, साना बच्चालाई नरम र पचाउन सक्ने खानेकुरा खुवाइन्छ। अजकाल बजारमा बच्चालाई खुवाउनका लागि विभिन्न प्रकारका खानेकुरा पाइन्छ। जसले गर्दा अधिकांश आमाबुबा बच्चालाई भातको माड खुवाउनुपर्छ भन्ने कुराबाट अनभिज्ञ छन्। तर, भातको माड बच्चाका लागि कति फाइदाजनक छ भन्ने बुझ्नु जरुरी छ।

बालबालिकाले भातको माड सजिलै पचाउन पनि सक्छन् र माडले शरीरलाई ऊर्जा पनि दिन्छ। यदि बच्चा अलि गिलो खानेकुरा खान तयार छ भन्ने लागेमा माड उपयुक्त खानेकुरा हो। माडसँगै अन्य नरम खानेकुराको सुरुवात गर्न सकिन्छ। भात पकाउँदा तयार हुने माड ऊर्जा र पोषणका लागि महत्वपूर्ण हुन्छ। बच्चालाई किन भातको माड खान दिने? यस्ता छन् फाइदाः

पखला कम गर्नः बालबालिकालाई पखाला लागेमा भातको माड अचुक औषधी हुन सक्छ । पखला लाग्दा माड खुवाउने विधिलाई ओरल रिहाइड्रेसन सोलुसन (ओराएस) भनिन्छ। एउटा अध्ययन अनुसार ओआरएस विधि अनुसार पखलाका बिमारीको उपचार प्रभावकारी साबित भएको थियो। भातको माड खुवाउँदा बच्चालाई तारन्तार दिशा लाग्दैन। भातको माडमा हुने कार्बोहाइड्रेडले बच्चालाई कमजोरीबाट जोगाउँछ। तर चार महिनाभन्दा मुनिको बच्चालाई माड खुवाउनु उति राम्रो मानिँदैन।

भिटामिनको स्रोतः माडमा थियामिन, रिबोफ्लाभिन, नियासिन र भिटामिन बी–६ पाइन्छ। यी भिटामिनले शरीरलाई विभिन्न तरिकाको फाइदा पुर्याउँछ। जस्तै, रिबोफ्लाभिन दृष्टि र छालाका लागि महत्वपूर्ण हुन्छ। नियासिनले स्नायु र पाचन प्रणालीमा सहयोग गर्छ। भिटामिन बी–६ दिमागको विकासका लागि महत्वपूर्ण मानिन्छ। चामललाई केहीबेर तातो पानीमा पकाउँदा पानीमा सजिलै भिज्ने यी भिटामिन उत्पन्न हुन्छन्। तसर्थ बच्चालाई भिटामिनको कमी छ भने नियमित भातको माड खुवाउनुपर्छ।

छाला चिलाएमा औषधिः सुख्खा र फुस्रो छालाले अनुहार र शरीरलाई नराम्रो बनाउने मात्र होइन बच्चालाई बारम्बार चिलाउँछ पनि। यस्तो समस्या बढी भएमा बच्चा राम्रोसँग सुत्न सक्दैन। तर, भातको माड छाला चिलाउने समस्याको समाधान हुनसक्छ। चिलाएको ठाँउमा भातको माड लगाएर केही समयपछि मन तातो पानीले नहुाउँदा चिलाउने हराएर जान्छ। मुखमा फुस्रो दाद, रातो बिमिरा आएमा माड लगाउन सकिन्छ।

शरीरलाई उर्जाः बिरामीले कमजोर भएको शिशुलाई तग्रिनको लागि माड खुवाउन सकिन्छ। माडमा पाइने कार्बोहाइड्रेडले शरीरमा तत्काल उर्जा दिन्छ। बच्चा बाहेक वयस्क र बुढाबुढीका लागि पनि माड उपयुक्त हुन्छ।

स्रोतः स्वास्थ्य खबरपत्रिका



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.