ब्लग - साहित्य / स्वास्थ्य

कलेजो खराब भएका ७ लक्षणहरु




हरेक मिनेट नै लगभग १ लिटर रगत छान्ने कलेजोले शरीरमा १३००० बिभिन्न केमीकलहरु उत्पादन गर्दछ, शरीरको ८० प्रतिशत कोलेस्टेरोल उत्पादनमा उत्तरदायी कलेजोले कार्य गर्न बन्द गरेमा हामीसंग जिवनको २४ घन्टा पनि बाँकी हुँदैन् । तसर्थ समयमै कलेजोको कार्यकुशलताका बारेमा थाहा पाउन जरुरी मानिन्छ ।



मानव शरीरको सबैभन्दा ठूलो अगंका रुपमा कलेजोलाई चिनिन्छ । पाचन प्रणलीमा यस अगंको ठूलो भूमिका रहन्छ भन्ने त हामीसबैलाई थाहै छ । लगभग १ दशमलव ३६ किलोग्राम तौलको एउटा वयस्क मान्छेको कलेजोले मेटाबोलीज्ममा सहयोग गर्दछ । खाएका खानालाई पचाउन अनि पोषण शोस्न पित्तथैली र कलेजोले संसगै कार्य गर्दछन् । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ अनि कलेजोको संक्रमण या कार्यकमजोरी बेलामा थाहा हुन नसकेमा हाम्रो स्वास्थलाई गम्भीर हानी पुगिरहेको हुन्छ । हरेक मिनेट नै लगभग १ लिटर रगत छान्ने कलेजोले शरीरमा १३००० बिभिन्न केमीकलहरु उत्पादन गर्दछ, शरीरको ८० प्रतिशत कोलेस्टेरोल उत्पादनमा उत्तरदायी कलेजोले कार्य गर्न बन्द गरेमा हामीसंग जिवनको २४ घन्टा पनि बाँकी हुँदैन् । तसर्थ समयमै कलेजोको कार्यकुशलताका बारेमा थाहा पाउन जरुरी मानिन्छ ।
मष्तिष्क या मृगौला जत्तिकै कलेजोलाई संवेदनशीलताका हिसाबले उति संवेदनशील अंगका रुपमा हामीले हेर्दैनौ जबकी कलेजो पनि उत्तिकै महत्वपूर्ण छ । आउनुहोस् बात मारौं ति  लक्षणहरु जसले हाम्रो कलेजोको कार्यकुशलता कस्तो छ अनि कलेजो खराब भएको जनाऊ दिनेगर्दछन् ।

१ तपाँईको पेट बिसन्चो भई सँधै झाडापखाला भइरहेमा
हुन त डिप्रशेन, शुरुवाती गर्भावस्ता, माइग्रेन, फुड प्वाइजनिगं लगायतमा पनि यस्तो समस्या हुन्छ तर यी कारणहरु बोहेक पनि पेट सदैव झाडापखाला या दिशामा लगातार रगत आदि देखिएमा कलेजो सम्बन्धी जाँच गराउनु उपयूक्त हुन्छ ।

२ लगातार कमजोर महसुस हुनु
कमजोरीको महसुस कलेजोकै कारणले मात्र हुन्छ भन्ने त छैन तथापी बिनाकुनै बिशेष कारण सधैं कमजोर महसुस गर्नु कतै कलेजोको समस्या त हैन भनि चनाखो हुन जरुरी बताइन्छ । कलेजोले पर्याप्त रुपमा कार्य गर्न नसक्दा यसले उत्पादन गर्ने केमीकलहरुको असन्तुलनमा शरीरमा प्रोटीनहरु कम हुन जानेगर्दछ र त्यसले गर्दा कमजोरी हुने गर्दछ ।

३ खानामा अरुची
कलेजोमा खराबी भएमा शरीरमा प्रश्स्त बायल उत्पादन हुँदैन जसले गर्दा खानामा अरुची हुन्छ । यसले गर्दा खाएको खाना पनि पर्याप्त रुपमा पच्न पाँउदैन अनि शरीरको तौलमा एक्कासी नाटकीय कमी हुन्छ।

४ पिसाबको रंग परिवर्तन भएमा
स्वस्थ खाना अनि पर्याप्त पानी पिउने मान्छेहरुको पिसाब सामान्य रंगको हुन पर्दछ । रगतमा धेरै बिलुरुबीनको मात्रा भएमा रगतको रंग सुन्तला या खैरो रंगको हुन सक्दछ । बिचार पूर्याउन जरुरी छ ।

५ शौचको रंगमा परिवर्तन भएमा
शौचको रंगमा बदलाव आएमा जस्तै कि कालो, सेतो, हरियो लगायतका रंगको देखिएमा एकफेर चिकित्सकलाई घेट्न पर्ने बताइन्छ । कतै कलेजोले पर्याप्त बायल उत्पादन गर्न नसकेर शौचको रंग परिवर्तन् हुन सक्दछ ।

६ जण्डिस देखिएमा
प्राटीन अनि अक्सीजनलाई बितरण गर्न रातो रक्तकोशीकाको महत्वपूर्ण भूमिका हुन्छ, कलेजोमा समस्या आएपछि रातो रक्तकोशिका टुक्रिन अनि क्षय हुन थाल्दछन् । जसले गर्दा शरीर पहेंलो हुने र जण्डिस देखिने हुनसक्दछ ।

७ पेटमा परिवर्तन
मेडिकल साइन्सका अनुसार महिलाहरुको महिनावारी बाहेकका अन्य सम्पूर्ण पेट समबन्धी पीडाहरुलाई सामान्य रुपमा लिइन हुँदैन् । पेटमा कुनै पीडा या अफ्ठेरो महसुस भएमा कलेजोको समस्याले पनि भएको हुन सक्दछ, संवेदनशील बन्न जरुरी छ ।

स्वस्थ धनं सर्वप्रधानम, स्वास्थको ख्याल राख्नुहोला अनि माथि उल्लेखित कुनै लक्षण देखिएको छ भने एकफेर चिकित्सकको मा पो जाने हो कि ?
आहार बिहारको ख्याल गरौं । प्रस्तुत जानकारी हामीले बिश्वप्रसिद्ध मायोक्लीनीकको व्लगबाट साभार अनि अनुवाद गरेका हौ ।

हाम्रो पात्रो



Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 108.52
  • 109.12
  • European euro
  • 127.8
  • 128.51
  • UK pound sterling
  • 146.25
  • 147.06
  • Swiss franc
  • 108.76
  • 109.36
  • Australian dollar
  • 81.53
  • 81.98
  • Canadian dollar
  • 84.25
  • 84.72
  • Singapore dollar
  • 80.81
  • 81.26
  • Japanese yen (10)
  • 9.8
  • 9.85
  • Chinese renminbi (Yuan)
  • 17.01
  • 17.1
  • Saudi Arabian riyal
  • 28.94
  • 29.1
  • Qatari riyal
  • 29.8
  • 29.97
  • Thai baht
  • 3.37
  • 3.39
  • UAE Dirham
  • 29.54
  • 29.71
  • Malaysian ringgit
  • 27.32
  • 27.47
  • Korean Won (100)
  • 10.04
  • 10.09
  • Swedish Krone
  • 12.4
  • 12.46
  • Danish Krone
  • 17.15
  • 17.25

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम