यूवाहरुमा अकास्मात मृत्यूका कारणहरु | Hamro Patro

ब्लग - साहित्य / हेल्थ टिप्स

यूवाहरुमा अकास्मात मृत्यूका कारणहरु




हुन त यूवाहरुमा भएका अकस्मात मृत्यूलाई सामान्यतया लागु पदार्थ दुव्यर्सन अनि ओभरडोजको लेप लगाएर समाजले मरेकाहरुलाई पनि आक्षेप लगाउन छाडेको छैन तथापी हरेक यूवाको अकस्मात मृत्यूका कारण सधै लागुऔषध अनि ओभरडोज मात्र त कहाँ हुन्छ र ?बिभिन्न अध्यनले यूवाहरु पनि अकस्मात मृत्यूको जोखिममा उच्च रहेको देखाएको क्यारोल बुलोक नामक चिकित्सकले मेडस्केपमा लेख्दछन् ।



सन् २०१७ मा जे भयो भयो तर अब सन् २०१८ मा मुख्य रुपमा आफ्नो स्वास्थ अनि आहार बिहारको ध्यान राख्नु हामीमध्य धेरैको सोच हुन सक्दछ । नहोस पनि कसरी ? गएका बर्षहरुमा हामीले धेरै असामहीक निधन अनि अल्पायूमै भएका स्वास्थ समस्याका गम्भीर घटनाहरु देखेका छौं । 
मेरो त उमेर नै भएको छैन ? या मलाई के होला र ? जस्ता लापरवाहका बिभिन्न कारणहरु हामीसंग प्रशस्त छ तर स्वास्थ समस्या र मृत्यू अनुहार अनि उमेर हेरेर कहाँ आउछ र ? समयमै सचेत हुन जरुरी छ । हुन त यूवाहरुमा भएका अकस्मात मृत्यूलाई सामान्यतया लागु पदार्थ दुव्यर्सन अनि ओभरडोजको लेप लगाएर समाजले मरेकाहरुलाई पनि आक्षेप लगाउन छाडेको छैन तथापी हरेक यूवाको अकस्मात मृत्यूका कारण सधै लागुऔषध अनि ओभरडोज मात्र त कहाँ हुन्छ र ?बिभिन्न अध्यनले यूवाहरु पनि अकस्मात मृत्यूको जोखिममा उच्च रहेको देखाएको क्यारोल बुलोक नामक चिकित्सकले मेडस्केपमा लेख्दछन् । आज हामी मेडस्केप नामक अन्तराष्ट्रिय स्वस्थ जर्नलको आलेखलाई नेपाली रुपान्तरण गर्दैछौं । अकास्मात मृत्यू धेरै कारणले हुन सक्दछ, आज हामी यस्ता कारणहरुको कुरा गर्देछौं जून कुनै दुर्घटनाले नभई हाम्रो आफ्नै व्यबहार अनि लापरवाहीका कारणले हुने गर्दछन् । यस बर्ष थोरै मात्र व्यबहार परिवर्तन गरेमा मात्र पनि आगामी धेरै बर्षसम्म स्वस्थ अनि क्रियाशील रहिन्छ भने किन नगर्ने ? 
अकास्मात मृत्यूका जोखिम बढाउने कारणहरु जानिराखौं
१ धुम्रपान 
२ रगतमा कोलेस्टेरोलको मात्रा धेरै 
३ बिलासी जिवनशैली, तनाव अनि व्यायामको कमी
४ उच्च रक्तचाप
५ मधुमेह 
६ परिवारमा हृदयरोग या मृगौला समस्या, हृदयघात, स्ट्रोक हरुको इतिहास 
७ तनावपूर्ण जिवनशैली र आफ्ना लागि कम समय 
आदि पर्दछन् । 

ल अब सर्वप्रथम माथि उल्लेखित कुनै पनि कुराहरु हाम्रो जिवनमा लागु हुन्छ भने त्यसप्रति सन् २०१८ मा सजग बसौं है । नेपालमा धुम्रपानको दर अनि क्रम अत्यन्तै कम उमेरबाट नै बढिरहेको बिभिन्न अध्यनहरुले देखाएको छ , कम उमेरमा धुम्रपान शुरु गरेपछि पछि गएर अन्य कुलतमा लाग्न सक्ने संभावना बढि हुन्छ । यसो हुँदा जनसख्याँकोे ठूलो हिस्सा नै नेपालीका हकमा अकस्मात मृत्यूको जोखिममा रहेका छन् । उता बढ्दो शहरीकरण, अराजक खानपान अनि व्यायामको कमीले अधिकांश नेपाली भूँडीहरु पुटुक्क निस्कने अर्थात सेन्ट्रल अबिसीटीको शिकार भएका छन् । यी सबैकुराहरु यस बर्ष मनन गर्दै थोरै स्वास्थमा पनि ध्यान दिने कि ? धुम्रपान गर्नुहुन्छ भने सकेसम्म कम गर्ने अनि सुस्तरि छाड्ने गर्नु पनि जरुरी छ है । मधुमेह आफूलाई या परिवारमा कसैलाई छ भने बेलैदेखि खानपीन अनि आहार बिहारमा ध्यान दिन जरुरी छ । 
अकास्मात मृत्यू कसरी कम गर्न सकिन्छ ?
१ धुम्रपान गर्नुहुन्छ भने कम गर्ने या छाड्ने 
२ कम्तिमा हप्ताको ४ दिन नियमित व्यायाम या कुनै शारीरीक खेल खेल्ने 
३ आफ्नो रगतमा कोलेस्टेरोल र सुगरको जाँच नियमित रुपमा गराउने , कम्तिमा बर्षको एक पटक गराउने 
४ कम्तिमा ४ देखि ६ महिनामा एकफेर रक्तचाप अर्थात व्लडप्रशेर जाँच गर्ने 
५ रक्तचाप र मधुमेह नियन्त्रणमा राख्ने 
६ बर्षमा एकफेर फिजीसियनलाई भेटेर आवश्यक जाँचहरु गर्ने 

सन् २०११ मा भारतको मुम्बईको एलटीएम जनरल अस्पतालमा १८ देखि ३५ बर्ष उमेर समुहका मान्छेहरुको अकास्मात मृत्यू बिषयमा एउटा बृहत क्लीनीकोप्याथोलोजिकल अध्यन गरियो । यस अध्ययनका अनुसार १८ देखि ३५ बर्ष उमेरसमुहका वयस्कहरुमा हुने अकास्मात मृत्यूका कारणहरु यसरी प्रार्थमिक्ता अनुसार राखिएको पाइयो । 
१ हृदय सम्बन्धी समस्या
२ हृदय बाहेकका नन कार्डियाक समस्या या कारणहरु 
जसमा ग्यास्ट्रो या पाचन क्रिया र अगं समबन्धीत समस्याहरु , ज्वरो देखिएका संक्रमणहरु अथवा तापमान बढेका कारणले जस्तै मलेरिया, लेप्टोप्रीयोसीस, डेन्गु आदि अनि श्वासप्रश्वास का समस्याहरु मुख्य कारक बताइएको छ । 
यस बर्ष सन् २०१८ सुस्वास्थको बर्ष होस्, जोखिमबाट बाहिरै रहनुहोला । 
हाम्रो पात्रो 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.