मैले भन्ने गरेकि "उ" | Hamro Patro

ब्लग - साहित्य / लघुकथा

मैले भन्ने गरेकि "उ"




   दिपक राज बन्जाडे - Oct 20 2016

उ एक प्रकृति बराबर नै छे


मैले भन्ने गरेकि "उ" लघू कथा

"उ", उ अर्थात सर्वनाम कि उ । भाषा र ठाउँ अनुसार उ फरक छे, बिल्कुलै फरक । उ त एक तरंग हो । तरंग मतलब धुनको तरंग, सुरिलो धुनको तरंग । स्वर साधना जस्तै । जुन भारतको विभिन्न स्थान र जापान तिर पनि प्रचलित थियो । उसकै नामबाट विभिन्न स्वर हरुको निर्माण हुन्थयो । अनि उ पनि कम कहाँ छे र ? उसको कण्ठ बाट निस्कने हरेक स्वर कुनै सुर हो र उसको जिब्रो र दाँतमा ठोकिँदै अोठबाट फुस्कने हरेक शब्दहरु गित हुन् । कुनैकुनै पल लाग्दथ्य‍ो उ मायालु पारामा बोल्दा रोमान्टिक गित बन्दथ्यो । रिसाउँदा रक गित बन्दथ्यो । उ उदास हुँदा पिडाको गित बन्दथ्यो । उ एक्लै हुँदा बियोगको गित बन्दथ्यो । उसँगै हुदा मिलनको गित बन्दथ्यो । यस्तै आदि ईत्यादि ।

मैले भनेजस्तै उ ठाउँ र भासा अनुसार फरक तरिकाले चिनिन्छे । उसकाे जस्तै नाम गरेका कोहि छिटपुट रुपमा जापान तिर पाईए पनि प्राय ईरान, साउथ अफ्रिका र समुन्द्र तिर बस्दथें, तर उ भने प्राय यहि मुटुमै हुन्थि । उनिहरु एसियामा दुर्लभ छन भन्ने तथ्यांक अनुसार भेटिन्छ । उ पनि त दुर्लभ नै छे । उस्तै उस्तै मानिस विश्वमा ५ जना भेटिन्छन् रे! तर भगवानले उ जस्तो अरु ४ वटा बनाउन कष्ट गरेहोलान जस्तो मलाई लाग्दिन । उनीहरु उ जति चन्चल, उ जति सुन्दर थिए वा थिएनन् खै! जहाँसम्म मलाई लाग्छ उ उनिहरु भन्दा कम थिईन । उनिहरु साना थिए उ पनि मेरो नजरमा सानि नै थिई चाहे बैँस चढेर आफुलाई एक जवान ठान्दि हो उ मेरा नजरमा बच्चा नै थिई । उनिहरु आँकासमा स्वतन्त्र भएर उड्थे उ पनि कम थिईन भुर्र उडेर कहिले मन मस्तिष्कमा आउथि त कहिले अलप हुन्थि, यदि स्वतन्त्र नहुदिहो त उ सजिलै आउन जान पो कहाँ सक्थि र ?

उ एक प्रकृति बराबर नै छे । उसका आँखामा गहिरो सागर छ जहाँ कल्पनाको डुबुल्की मार्न सकिन्छ । केही पलको लागि हराउन सकिन्न । उसका केसहरु घना बादल हुन जहाँ सितलताक‍ो महसुस हुन्छ । हावाको झोँक सँगसँगै बिस्तारै बिस्तारै लहराउछन । उसका दाँतहरु हिमाल बराबर छन् जहाँ बिहानिको घामको झुल्कोले टर्लक्क टल्काए जस्तै । उसको अोठले पिपलको पातको संकेत गर्दछ भने उसको पहिरन ठ्याक्कै ईन्द्रेणी जस्तै लाग्दछ । अझ उसकै नामबाट नेपालको एक ताल पनि छ । घना प्राकृतिक सौर्न्दर्य नै बोकेकी उ । उ हो बुलबुल, मैले भन्ने गरेकि बुलबुल ।

-------

हाम्रो पात्रोको 'ब्लग/साहित्यमा' यदि यहाँहरू पनि अाफ्ना लेख रचना सार्वजनिक गर्न चाहनुहुन्छ भने हामीलार्इ तपार्इको पुरा नाम, ठेगाना, फोटो र तपाइको व्यक्तिगत फेसबुक पेज, ब्ल्ग पेज अथवा अन्य कुनै लिंक समेत [email protected] मा इमेल पठाउनुहोस्|



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.