ब्लग - साहित्य / स्थानीय चुनाव २०७४

बिराटनगर अनि ढिलो भएको मतगणना




कुनै पनि कारणमा मतगणना कार्य लम्बिनु हुँदैन र कुनै पनि बहानामा भरतपुरको उदाहरण बन्न नदिन निर्वाचन अायोग, सुरक्षा निकाय, पर्यवेक्षकहरू, स्थानीय जनता तथा स्थानीय मेडिया चनाखो बस्नुपर्छ, खबरदारी गरी राख्नुपर्छ ।



तराईको उर्वर भूमी बिराटनगर जसको अधिकांश मतदान केन्द्रमा सहजै गाडि पुग्नसक्ने महा-नगरपालीकाको मतगणना १४ गते नै शुरु भएर केही मत उतारचढावका तथ्याकं आइसक्नुपर्नेमा अषाढ १५ को शुभ मुहुर्त हेरेर हो वा किन हो अाज बल्ल अपरान्ह सवा ४ तिर वडा नम्वर एक अन्तगत रहेका दुई मत पेटिकामा लागेको सिल तोड्दै मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले मत गणना कार्यको सुरूवात गर्नुभएको छ ।

औधोगिक नगरी बिराटनगरको सम्पूर्ण मतपेटिकाहरु वडा नं ७ को आदर्श स्कुलमा राखिएका थिए । मतगणना कुन वार्डवाट शुरु हुने भन्ने कुरामा सर्बदलिय सहमती हुन नसकेकोमा मतगणना ढिला भएको भेटियो । केही अनलाईन र स्थानीय सञ्चारमाध्यमले भने बिद्यूत शट भएर कर्मचारी समेतको भागाभाग भएकाले मतगणना ढिला भएको कारण जनाएका छन्, यो कुराको भने पुष्टि अझै भएको छैन ।

कुनै पनि कारणमा मतगणना कार्य लम्बिनु हुँदैन र कुनै पनि बहानामा भरतपुरको उदाहरण बन्न नदिन निर्वाचन अायोग, सुरक्षा निकाय, पर्यवेक्षकहरू, स्थानीय जनता तथा स्थानीय मेडिया चनाखो बस्नुपर्छ, खबरदारी गरी राख्नुपर्छ ।

तर पछि सर्वदलिय सहमतीमा कुरा मिलेपछि अाज असार १५ साँझको करिब ४ः१५ देखि मतगणना शुरु भने भएको छ ।


:: मतगणना स्थल बाहिर उपस्थित राजनीतिकदलका कार्यकर्ता तथा स्थानीयको भीड ।

मेयर पदका उम्मेदवारहरु
१) बिनोद प्रसाद ढकाल (नेकपा एमाले)
२) भिम पराजुली (नेपाली काँग्रेस)
३) प्रल्हाद प्रसाद शाह (राप्रपा नेपाल)
४) उमेश यादव (संघिय समाजवादि फोरम, नेपाल)

उप-मेयर पदका उम्मेदवारहरू
१) सूची चौधरी (मधेसी जनाधिकार फोरम, नेपाल)
२) इन्दिरा कार्की इन्दु (नेपाली कांग्रेस)
३) नमिता न्यौपाने पाेखरेल (नेकपा माओवादी केन्द्र)
४) शोभा श्रेष्ठ (राप्रपा नेपाल)

काठमाडौबाट ३९९ किलोमिटर पूर्व औधोगिक नगरी बिराटनगरको क्षेत्रफल १०३ दशमलव ८८ किमी स्क्वायर रहेको छ । सन् २०११ को जनगणना अनुसार नेपालको काठमाण्डौपछिको दोश्रो ठुलो जनसंख्याभएको शहर बिराटनगर हो । यसै वर्ष पहिलो चरणको निर्वाचन सम्पन्न भएसंगै २०१७ मे महिनाको २२ तारिखमा बिरगञ्ज सहित बिराटनगरलाई पनि महानगरपालिका घोषणा गरिएको हो ।

नेपाली प्रजातान्त्रीक आन्दोलन देखि धेरैजना नेपाली राजनैतिक नेतृत्वको एतिहासिक नाम अनि पृष्ठभूमि बिराटनगरसंग गाँसिएको छ । यसैकारणले पनि बिराटनगरको राजनीति सदैव चर्चाको शिखरमा रहँदै अायो । बिसं २०५४ सालको स्थानीय चुनावमा भने बिराटनगरमा नेकपा एमालेका रमेश चन्द्र पौडेल बिजयी हुनुभएको थियो । त्यसपछि राजा शासनकालमा तत्कालीन राजा ज्ञानेन्द्रले प्रल्हाद प्रसाद शाहलाई बिराटनगरको मेयरमा मनोयन गरेका थिए, प्रल्हाद यस चुनावमा पनि राप्रपाका उम्मेदवारका रुपमा खडा छन् ।

सन् १९७३ मा भएको हवाईजहाज अपहरण काण्ड पनि बिराटनगर विमानस्थलबाटै भएको हो । स्मरण रहोस् अर्घाखाँचीमा दूर्घटनाग्रस्त उक्त विमानलाई अहिले काठमाडौ नख्खु कारागार संग्राहलयमा राखिएको छ ।

मजदूर आन्दोलनदेखि रेडियो नेपालको इतिहास अनि शैक्षिक र साहित्य नक्षत्रमा पनि बिराटनगरले धेरै नामहरु दिएको छ । आधूनीक नेपालको राजनैतिक इतिहासमा महत्वपूर्ण शहर बिराटनगरको मतपरिणामका तथ्यहरु हाम्रो पात्रोमा हेर्न सक्नुहुनेछ ।

-----
हाम्रो पात्रोकालागि बिराटनगरबाट सरोज कार्कीको संयोजन र रोशन हरि अधिकारीका तस्विरहरु

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 103.88
  • 104.48
  • European euro
  • 122.46
  • 123.17
  • UK pound sterling
  • 137.67
  • 138.46
  • Swiss franc
  • 104.94
  • 105.55
  • Australian dollar
  • 78.52
  • 78.97
  • Canadian dollar
  • 81.25
  • 81.72
  • Singapore dollar
  • 76.63
  • 77.07
  • Japanese yen (10)
  • 9.26
  • 9.32
  • Chinese renminbi (Yuan)
  • 15.66
  • 15.75
  • Saudi Arabian riyal
  • 27.7
  • 27.86
  • Qatari riyal
  • 28.53
  • 28.69
  • Thai baht
  • 3.17
  • 3.19
  • UAE Dirham
  • 28.28
  • 28.44
  • Malaysian ringgit
  • 25.03
  • 25.18
  • Korean Won (100)
  • 9.47
  • 9.53
  • Swedish Krone
  • 12.31
  • 12.38
  • Danish Krone
  • 16.46
  • 16.55

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम