सही उम्मेदवार छान्ने ७ चरणहरु, स्थानीय चुनाव विशेष | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

सही उम्मेदवार छान्ने ७ चरणहरु, स्थानीय चुनाव विशेष




   Suyog Dhakal - May 09 2017

स्मार्ट भोटरस्

चुनाव अथवा निर्वाचनले जहिले पनि मतदाताहरुलाई महत्वपूर्ण विकल्पहरु प्रदान गर्दछ जसमध्य सर्वोत्तम नेतृत्व छान्ने जिम्मेवारी तपाईहामी सबैजना मतदाताहरुको हो । आउनुहोस् आज हाम्रो पात्रो मार्फत छलफल गरौँ, कसरी छान्ने त सही उम्मेदवार ?

यो पनि हेर्नुहोस् : यो चुनाबमा नचुक्नु होला

चाहे राष्ट्रिय सवालका उम्मेदवार हुन या स्थानीय तवरका तर उनीहरुको भुमिकाले हामीलाई लामो समयसम्म असर गर्दछ, त्यसैले आफ्नो मतको मुल्य राख्ने र मुद्धाहरु उठाउने सही उम्मेदवारको चयन जरुरी छ । आउनुहोस उम्मेदवार चयनको यही सिलसिलामा हामी कुरा गरौँ सही उम्मेदवार छान्ने ७ वटा चरणहरुको, हामीलाई पनि सही उम्मेदवार छान्नकालागी यी चरणहरुले पक्कै सहयोग गर्नेछन् भन्ने आशा छ ।

१. उम्मेदवारमा आफूले चाहेका गुणहरु के हुन् ? निर्णय गर्नुहोस ।
हामीहरु धेरैजना पूर्ववतः रुपमै कुनै पार्टी या समुदायको उम्मेदवार प्रति बढी झुकाव भएका या निश्चय गरिसकेका पनि हुनसक्छौ । तर तठस्त रुपमा भने पार्टी भन्दा पनि उम्मेदवारको दायित्व सामुदायिक विकासमा बढी रहने गर्दछ है । मुख्य रुपमा आफ्नो कुरामा अडिग रहनसक्ने, बाहिरि तत्वले प्रभाव नपार्ने अनि सत्यता को वकालत गर्ने उम्मेदवारको चयन नै आजको आवश्यक्ता हो ।

२. उम्मेदवारको वारेमा जानकारीहरु पत्ता लगाउने
अब दोश्रो चरणमा उम्मेदवारका वारेमा जानकारीहरु पत्ता लगाउने कुराहरु पर्दछन् । उम्मेदवारका पुराना कार्य अनि नेतृत्वहरु, उसको सामाजिक पृष्ठभूमि अनि स्थान पनि अनिवार्य बुझ्नु पर्दछ ।

३. उम्मेदवारको सम्पूर्ण चुनावी प्रचार साम्रगीहरु भेला पार्ने
उम्मेदवारका पार्टीका घोषणा पत्र, प्रचर साम्रगी, जानकारी अनि वाचा पत्रहरु भेला पारेर हेर्नु पर्दछ । यसका साथै उम्मेदवारहरुका रेडियो, टिभी अनि पत्रपत्रिका अन्तर्वाता र विज्ञापनहरु पनि अन्वेषण र विचार गर्न जरुरी छ है ।


४. स्थानीय मुद्धाहरुमा उम्मेदवारका मतहरु, रायहरु र जानकारीहरु तुलना गर्ने
स्थानीय मुद्धाहरुमा उम्मेदवारहरुका राय अनि प्रतिक्रियाहरु तुलना गर्न जरुरी छ, यसैका आधारमा पनि उम्मेदवारको व्यक्तित्व र चयनका आधारहरु पाउन सकिन्छ ।

५. उम्मेदवारको नेतृत्व गुणहरुका वारे विवेचना गर्ने
त्यसपश्चात आफूले् छानेको उम्मेदवारहरुको नेतृत्व गुणहरुका वारे विवेचना गर्न जरुरी छ । नेतृत्व गर्ने गुणहरु नभएमा ति उम्मेदवारले हाम्रा मुद्धाहरु अनि मतलाई सँस्थागत गर्न सक्दैनन् । यसका साथै उम्मेदवारको अध्यन, अन्वेषण, शोधखोज अनि अन्य सीपहरुको पनि विवेचना र जानकारी राख्न जरुरी छ ।

६ं. अरु मान्छेहरुले उम्मेदवारलाई कस्तो रुपमा लिन्छन जानकारी लिनुहोस्
धेरै चिप्ला कुरा गर्ने अनि सपना देखाउने भन्दा त खस्रा कुरा अनि वास्तविक कुरा गर्दै साथ सहकार्यसँग अघि वढ्ने उम्मेदवार जरुरी मानिन्छ, है । अरु मानिसहरुले उम्मेदवारलाई कस्ता रुपमा मान्दछन पनि एउटा चयनको आधार हो नि ।

७. अनि माथीका सबै कुराहरुका आधारमा उपयूक्त उम्मेदवार छान्ने
यसका लागी हामी आफैँ गएर उम्मेदवारसँग वार्तालाप गर्ने, भेट्ने अनि तुलना गर्न सकिन्छ, स्मरण रहोस् स्थानीय निकायमा भएको गलत छनौटले पछिल्ला पुस्ताहरुलाई सम्म नकारात्मक असर गर्दछ ।
आउने पुस्ताकालागि सहज र विकसित समुदाय हाम्रो अभिभारा, हैन र रु

हाम्रो पात्रोकालागी सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.