ब्लग - साहित्य / चुनाव २०७४

कम्यूनीष्ट सरकारमा के हुन्छ ?




   Suyog Dhakal - Dec 10 2017

नेपाल एउटा यस्तो देश हो जहाँ दाया शक्ति अर्थात प्रजातान्त्रीक धारको अनुयायी पार्टी नेपाली काग्रेसले पनि बहुदलीय समाजवादको सिद्धान्त शिरोधार्य गरेको पाइन्छ, बिपी कोइरालाकै पाला वाट काग्रेसले बहुदलीय समाजवादलाई मुलमन्त्र बनाएको हो । तर क्रमश सत्तामोह, पार्टीगत नातावाद र व्यवसाहिकता हावी भएर नेपाली राजनैतिक दलहरु खस्कदै गए ।



एउटा पूर्ण अनि सफल राज्यमा सबैजनासंग खाना र बासको सुबिधा सुनिश्चीत हुनपर्दछ । यूटोपियन अर्थात सर्वोत्तम राज्यमा लैगिंक, जातीय, रंगभेदी लगायत कुनै पनि प्रकारको बिभेद हुन पाँउनुहुदैन । तर बिश्वमा कहिकतैपनि यूटोपियन समाज र शाषन छैन् । कम्यूनीजमलाई यी समस्याहरुको एउटा हलका रुपमा अनि सर्वाहारा वर्गको उत्थानको तरिकाको रुपमा व्याख्या गरिएको पाइन्छ । भित्रीतहमा गएर हेर्ने हो भने पूजींवाद अनि कम्यूनीज्ममा बजार संयन्त्र, बिदेशी लगानी निती आदिमा खासै फरक नहुन सक्दछ, उदहारणका लागि कम्यूनीष्ट देश चीन पनि सुस्तरि बजारनीती अनि संयन्त्रमा परिवर्तन गर्दै आइरहेको छ । नेपालमा पनि बामपन्थीहरुको स्थाही सरकार आउने भएपछि कम्यूनीष्टहरु सरकारमा आएपछि के हुन्छ भन्ने कुरा हामीले बुझ्न जरुरी हुन्छ , हैन र ?नेपालका कम्यूनीष्टहरु अझ भनौं बामपन्थीहरु अर्थोडक्स कम्यूनीष्टहरु जस्ता कडा र गतीशील त छैनन तर पनि मध्यमवर्गीय धारमा कम्यूनीष्टहरुले नेपालमा शाषन भने नगरेका हैनन । सामाजिक सुरक्षा भत्ता अनि सामुदायिक बनको धारणा लगायत एक गाँउ एक उत्पादन नीती कम्यूनीष्टहरुको नेपाली समाजमा उल्लेखनीय द्ेन मान्न सकिन्छ । तथापि भ्रष्टाचार, नाताबाद अनि तस्करी काण्डहरुमा नेपाली कम्यूनीष्टहरुको बदनामी नभएको भन्ने छैन। यसपाला बामगठबन्धनमा प्रखर माओधार अनि एकीकृत माक्र्सवाद र लेलीनबादको मिश्रणले नेपालमा बामगठबन्धन बनाएको छ । 

कम्यूनीजमलाई सामान्य अर्थमा समाजका हरेक एकाईले श्रमको बरावर फल पाउने संयन्त्रका रुपमा बुझ्न सकिन्छ । तल्लो आर्थिक अवस्थाका वर्गहरुलाई कम्यूनीजम राम्रो मानिन्छ त्यसैले नै होला बिश्वका गरिब, भ्रष्ट, बेरोजगारी अनि अव्यबस्थित देशहरुमा कम्यूनीष्टहरुको बोलवाला रहेको पाइन्छ । कम्यूनीजम मा उत्पादका हरेक श्रोतहरु जस्तै जमिन, जनशक्ति, पूजीं लगायत प्रविधी अनि प्राकृतीक सम्पदाहरु पनि राज्यको अधिनमा रहन्छ । तर बिश्वका केही बिशालकाय देशहरुको कम्यूनीजम अवलम्बन उत्ति सुख्खद भने छैन, उत्पादनप्रति आफ्नो हक र अधिकार नहुने भएकाले उत्पादकहरु प्रोत्साहीत भएर नलाग्ने समस्या यस संयन्त्रको ठूलो नकारात्मक पाटो हो । धेरै या थोरै काम गरेपनि त्यसको मुल्य उत्तिकै हुने भएकले सिमान्तकृत उत्पादनमा उत्पादकको चासो रहदैन । अर्को अर्थमा व्यापार र उत्पादन व्यक्तिगत हुनपाँउदैन तथापी नेपाली परिवेशमा कम्यूनिष्टहरु यसअघि नै पूँजीवाद तर्फ उन्मुख छन् र कम्यूनीष्ट बिचारधारा भएपनि नेपाल यसअघिनै अमिट रुपमा खुल्ला अर्थतन्त्र तर्फ आकार लिइसकेको देश हो । 
काल माक्र्स एकजना जर्मन दार्शनिक हुन जसले समाजवादको सिद्धान्त अन्तर्गन कम्यूनीजमको दर्शन प्रतिपादन गरेका हुन् । सन् १८४८ मा यिनले कम्यूनीष्ट म्यानीफेस्टो लेखेका हुन् । कालमाक्र्स ले सम्पूर्ण रुपमा यूटोपियन समाज वर्ग बिहीन र समान हुनपर्छ भन्ने धारणा अनुरुप बिचारहरु प्रतिपादन गरेका छन् । गरिब बर्गलाई उत्थानका लागि अवसर दिने र सामन्तवाद लाई सखाप पार्ने कम्यूनीजमको मूलभूत आधारका रुपमा पहिले लिएपनि अहिले आएर कम्यूनीष्टहरुको बैचारीक आधारमा समय सापेक्ष्यरुपमा परिवर्तन र रुपान्तरण पनि हुँदै आएको छ । कम्यूनीजम अहिलेको बिश्व र कालमाक्र्सको समयमा निकै फरक हुँदै आएको छ, तर पूर्ण खुल्ला प्रतिस्पर्धात्मक बजार बिना आर्थिक उन्नती र बिश्वव्यापीकरण संभव नहुने भएकाले अहिले कम्यूनीजम भन्दा समाजवादको चलन र लोकप्रियता बढि छ । 
नेपाल एउटा यस्तो देश हो जहाँ दाया शक्ति अर्थात प्रजातान्त्रीक धारको अनुयायी पार्टी नेपाली काग्रेसले पनि बहुदलीय समाजवादको सिद्धान्त शिरोधार्य गरेको पाइन्छ, बिपी कोइरालाकै पाला वाट काग्रेसले बहुदलीय समाजवादलाई मुलमन्त्र बनाएको हो । तर क्रमश सत्तामोह, पार्टीगत नातावाद र व्यवसाहिकता हावी भएर नेपाली राजनैतिक दलहरु खस्कदै गए । 
समाजवाद लाई कम्यूजीजमको ध्रुबीकृत स्वरुप हो, कम्यूजीजम एउटा राजनैतिक संयन्त्र हो भने समाजवाद आर्थिक संयन्त्र हो । यूटोपियन समाज तर्फ नेपाललाई लिएर जान यस सरकारले ५ बर्षमा ठूलै रुपान्तरण ःयाउन सकोस् भन्ने सबैको चाहना छ । कम्यूनीजमको बिशुद्ध स्वरुप बिश्ववाटै लोप भएको अवस्था छ, संशोधित कम्यूनिजमको बिकासोन्मुख सिद्धान्त अनि आर्थिक उन्नतीका आधारशीला हरु खडा हुन जरुरी छ । गरिबलाई समान अवसर र उत्प्रेरणा अनि धनीहरुलाई जिम्मेवारीपूर्ण आर्जन अवसर जरुरी छ । चाहे कम्यूनीष्ट हुन या प्रजातान्त्रीक, बिधीको शाषन अनि बिकास अबको हाम्रो अपेक्षा छ । 

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.16
  • 102.76
  • European euro
  • 124.76
  • 125.49
  • UK pound sterling
  • 140.52
  • 141.34
  • Swiss franc
  • 105.77
  • 106.39
  • Australian dollar
  • 81.2
  • 81.67
  • Canadian dollar
  • 82.1
  • 82.58
  • Singapore dollar
  • 77.15
  • 77.6
  • Japanese yen (10)
  • 9.23
  • 9.28
  • Chinese renminbi (Yuan)
  • 15.86
  • 15.95
  • Saudi Arabian riyal
  • 27.24
  • 27.4
  • Qatari riyal
  • 28.06
  • 28.22
  • Thai baht
  • 3.19
  • 3.21
  • UAE Dirham
  • 27.81
  • 27.98
  • Malaysian ringgit
  • 25.82
  • 25.97
  • Korean Won (100)
  • 9.59
  • 9.65
  • Swedish Krone
  • 12.7
  • 12.77
  • Danish Krone
  • 16.75
  • 16.85

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम