कहाँ पुग्यो त , धरानको मतगणना | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

कहाँ पुग्यो त , धरानको मतगणना





मतगणना चलिरहेको छ, निरन्तर । दोश्रो चरणको निर्वाचनको मतगणनाका क्रममा कहिकतै केही गणना विवाद या असमझदारीपूर्ण परिस्थिती उत्पन्न नभएको हैन् । बिशेष गरि अघिल्लो चरणको चुनावमा भरतपुर काण्डबाट केही निराशा हामीमध्य धेरैलाई लागेको छ ।
पूर्वको सुन्दर नगरि धरानमा पनि यस चुनावको बिषयमा मतगणनाका कुरामा केही विवाद उत्पन्न भएकोमा मतगणना क्रम रोकिएर पूनः सुचारु भएको छ ।
त्यहाँको ताजा अवस्थाका बारेमा हाम्रा स्थानीय सहकर्मी एवं धरानका पत्रकार साथी योगेश काफ्ले ज्यूसँगको जानकारी र त्यहाँका तरोताजा अपडेटहरु प्रस्तुत गर्न चाह्यौ । 



वडा नंबर ३,४,६,७,८ र १२ मा नेकपा एमालेले प्यानल सहित बिजय हासिल गरेको छ भने वडा नंबर १, २ र ५ मा नेपाली काग्रेसको प्यानल बिजय भएको छ ।

वडा नंबर ९ र १० को बिषयमा भएको मतगणनाको बैमनस्यताले मतगणना कार्य रोकिएको थियो । पूनः मतगणनाको क्रममा वडा ९ । वडा १० को गणना भने स्थगन गरिएको छ ।
नेपाली काग्रेसले भने पून मतगणना हुनपर्ने अडान राखेको छ ।
गणकहरुको टोटलिङमा सख्याँ नमिलेको र संघीय समाजवादी फोरमको पक्षमा परेको मतहरु मालेको पक्षमा गणना गरिएको आरोप छ ।
यसैक्रममा एमाले तर्फ पनि केहि मतहरु बढाइएको आरोप पनि लगाइएको हो ।
अहिले बडा नंबर ११, १३ र १४ को गणना प्रक्रिया भइरहेको जानकारी प्राप्त भएको छ ।
ताजा मतपरिणाम अनुसार नेकपा एमालेका मेयर उम्मेदवार तारा सुब्बा कुल ८७७२ मतका साथमा अग्र स्थानमा भएको जानकारी छ भने वहाँलाई काग्रेसका उम्मेदवारले ७४९४ मतका साथ अनि माओवादी एकिकृत र संघीय समाजवादी फोरमका संयूक्त उम्मेदवारले कुल ४२३६ मतका साथ पछ्याएके जानकारी छ ।
उपमेयर तर्फ पनि नेकपा एमालेकै उम्मेदवार मञ्जु भण्डारी कुल ९३४५ मतका साथ अग्रस्थानमा हुनुहुन्छ । उपमेयरको दौडमा काग्रेस ७२६६ र संघीय समाजवादी फोरम १६६१ मतले पछयाइरहेका छन् ।


खानेपानी, ढलनिकास लगायत यूवाहरुमा लागुऔषध दुब्यर्सन धरानको महत्वपूर्ण समस्याहरु मध्य हुन् । धनकुटा, भोजपुर लगायत थुप्रै पहाडी जिल्लाका मान्छेहरुका लागि धरान एउटा एतिहासीक थलो हो । शताब्दी अघि बाराको अमलेखगन्जवाट जाने रेल सेवाका अवशेषहरु धरानमा अझै छ । पिण्डेश्वरी, बुढासुब्बा , बिष्णुपादुका लगायतका थुप्रै सास्कृतिक धरोहरहरु भएको धरान शहर र सभ्यता दुबै मानिन्छ । किराँतहरुको थलो यस शहर बिभिन्न बिर बिरागंना लगायत कलाकर्मीहरुको जन्मदाता पनि हो ।
नेपालकै चर्चित मेडिकल अध्यन केन्द्र बिपी कोइराला स्वास्थ बिज्ञान प्रतिष्ठान पनि यसै शहरमा रहेको छ, शुरुशुरुमा ब्रिटिश क्याम्पका कारणले घोपा भनेर चिनिने यस स्वास्थ बिज्ञान अध्यन र उपचारकै लागि पनि पूर्वि नेपाल लगायत स्वदेश अनि विदेशसम्म चर्चित छ ।

ताजा अवस्थामा भइरहेको मतगणनाका केही तस्विरहरु सहित धरानको ताजा अवस्था, केवल हाम्रो पात्रोमा ।




धरानबाट योगेश काफ्लेका तस्विर र जानकारीहरु
हाम्रो पात्रो






Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.