ब्लग - साहित्य / स्थानीय चुनाव २०७४

४९ र ५१ प्रतिशतबिचको फरकः स्थानीय चुनाव विशेष




   Suyog Dhakal - May 18 2017

नेपाली मतदाताहरु वास्तवमै बैकल्पिक शक्तिको पर्खाईमा छन् र हिजो पनि थिए । माओवादीको शाषन स्वाद सुस्तरि चित्त नपरेको सकेंत देखियो नेपाली काँग्रेसले प्रत्यक्षतर्फ २९. ८ प्रतिशत र समानुपातिक तर्फ २५.५५ प्रतिशत मत ल्याएर प्रथम ठूलो संवैधानिक पार्टी भयो ।



मतगणना जारी छ अनि जारी छ मत परिणामका अड्कालवाजी, कसले जीत्ला, कस्ले हार्ला ? कति फरक होला ? अनि तयार छन् मतगणना केन्द्र अगाडी अबीर र फूलमालाहरु ।

सरल भाषामा भन्दा कुल मतको ४९ प्रतिशत संघार हार्नेहरुको सिमा हो भने जित्नलाई न्यूनतम ५१ प्रतिशत मत त चाहीयो नै । आउनुहोस यही ४९ र ५१ प्रतिशतबिचका चुनावी छनौटहरुका कुरा गरौँ ।


पहिलो चरणको संविधानसभाको निर्वाचन देखिका कुराहरु उक्काउदा प्रत्यक्षतर्फ ३०. ५२ प्रतिशत र समानुपातिक तर्फ २८.८२ प्रतिशत मत ल्याएर नेकपा माओवादी अगाडी आएको थियो ।

पुराना फेरिहस्त बोकेका पार्टीहरुमध्य नेपाली काँग्रेसले दोश्रो अनि नेकपा एमाले तेश्रो स्थानमा आएको थियो ।

बृहत हिसाबले अझ भनौ राष्ट्रिय परिपेक्ष्यमा कुनै एउटा पार्टीले स्पष्ट बहुमत ल्याएन्, सामान्य अर्थमा भन्दा ४९ कटेर ५१ छुन सकेन । नेपाली मतदाताहरुको फरक स्वाद भने प्रष्ट थियो, पुरानो ईतिहास नभएतापनि सशस्त्र द्धन्दको पृष्ठभुमी अनि सर्वाहारा वर्गको अधिकार र समानताको स्वपनील सपनाहरु गज्जबले बिके । नेपालीहरुको फरक स्वादको चाहनाले माओवादी नंबर १ संसदीय पार्टी भएकै हो, प्रथम र दोश्रो संविधान सभाको विचमा ।

संविधानका धाराहरु त लेखिएनन्, स्पष्ट बहुमत नभएपछि गठबन्धनका सरकारहरु पटक पटक परिवर्तन हुँदै गए । मुल कठिनाई भयो संघीय संरचनाको, के आधारमा देशलाई पूर्नसंरचना तर्फ लिएर जाने ?

यिनै र यस्तै कुराहरुबिच प्रथम संविधान सभा विघठन भई दोश्रो संविधान सभाको चयन भयो, ५ वर्षपछि सन् २०१३ मा ।

नेपाली मतदाताहरु वास्तवमै बैकल्पिक शक्तिको पर्खाईमा छन् र हिजो पनि थिए । माओवादीको शाषन स्वाद सुस्तरि चित्त नपरेको सकेंत देखियो नेपाली काँग्रेसले प्रत्यक्षतर्फ २९. ८ प्रतिशत र समानुपातिक तर्फ २५.५५ प्रतिशत मत ल्याएर प्रथम ठूलो संवैधानिक पार्टी भयो ।

माओवादी त नेकपा एमाले पछीको तेश्रो स्थानमा पुग्यो, सामान्य हो यी उतारचढावहरु प्रजातान्त्रिक ईतिहासमा । तर दोश्रो चरणको संविधानसभाका्े चुनावले पनि ४९ कटेर ५१ छुन नसक्दा सत्ता समीकरणको खेलमा ससाना श्रेत्रीय पार्टीहरु विशेषतः तराई केन्द्रित पार्टीहरुको महत्व अत्यन्त रह्यो ।

अहिले आएर संघीय गणतान्त्रिक नेपालले तेश्रो चुनाव गरेको छ । दुर्भाग्य भन्नुपर्दछ सार्वभौम देशले स्थानीय चुनाव २० वर्षपछी गरेको, लामो समय पछि स्थानीय प्रतिनिधिहरु छनौटकालागि गाँउगाँउमा ब्यालेट बाकसहरु पुगेका छन् । प्रथम चरणको निर्वाचन सुसम्पन्न भएर मतगणना हुँदै छ अनि त्यही ४९ र ५१ को दौड कायम छ ।

प्रारम्भिक श्रोत र मत तथ्यांकले यसपालि एमालेलाई अगाडि ल्याएको छ । नेपाली चुनावहरुको श्रृंखलाले नेपाली मतदाताहरुको बदलिँदो छनौट अनि बैकल्पीक शक्तिको चाहना देखाएको छ । पुराना पार्टीहरुलाई गज्जबले पछ्याउन र उछिन्न पनि सफल नयाँ पार्टीहरु जस्तै विवेकशील नेपाली अनि साझा पार्टी यसका उदहारण हुन सक्दछन् । अर्कोतर्फ केही पुराना स्वादहरु नयाँ प्याकेटमा आएका छन् केही नयाँ पार्टीहरु मार्फत, जनताले अनुहार र दर्शन दुबै नयाँ खोजेका हुन् या हैन, मतपरिणामले बताउनेछ ।

एउटा कुरा भने प्रष्ट छ, अहिलेसम्मका नेपालीहरुको बहुमतले छानेका दलहरुले धर्म निभाउन भने नसकेकै हुन् । यसपाला भने स्थानिय रुपमा हुन आटेको अख्तीयार प्रत्यायोजन्, स्थानीय प्रतिनिधिहरुको सेवा सुविधा अनि जनचासोको वृद्धिले केही राम्रो होला भन्ने आशा पलाएको छ ।
माओवादी बाट असन्तुष्ट जनतम काँग्रेसको पोल्टामा पुगेकै हो तर यसपाला भकुण्डो संभवत नेकपा एमालेको कोर्टमा जाँदैछ, जनमतले त्यही संकेत देखाईरहेको छ । विकास र सुब्यबस्था एउटा मृग तृष्णा र स्वपनील गोलमात्र भएको छ । राजनैतीक यो खेलमा फाउल प्ले बन्द होस्, अब आउने दिनहरुमा विकास र सुब्यबस्था कायम होस् ।

५१ ले ४९ प्रतिशतको मतलाई पनि संवोधन गरोस् ।

----
सुयोग ढकाल

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.84
  • 103.44
  • European euro
  • 114.82
  • 115.49
  • UK pound sterling
  • 130.8
  • 131.56
  • Swiss franc
  • 105.88
  • 106.5
  • Australian dollar
  • 77.84
  • 78.3
  • Canadian dollar
  • 77.77
  • 78.22
  • Singapore dollar
  • 74.14
  • 74.57
  • Japanese yen (10)
  • 9.24
  • 9.3
  • Chinese renminbi (Yuan)
  • 15.04
  • 15.12
  • Saudi Arabian riyal
  • 27.42
  • 27.58
  • Qatari riyal
  • 27.98
  • 28.15
  • Thai baht
  • 3.03
  • 3.05
  • UAE Dirham
  • 28
  • 28.16
  • Malaysian ringgit
  • 23.98
  • 24.12
  • Korean Won (100)
  • 9.04
  • 9.09
  • Swedish Krone
  • 11.75
  • 11.82
  • Danish Krone
  • 15.44
  • 15.53