यसरी आफ्नो नाम मतदाता नामावलीमा खोज्न सकिनेछ : स्थानिय निर्वाचन विशेष | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

यसरी आफ्नो नाम मतदाता नामावलीमा खोज्न सकिनेछ : स्थानिय निर्वाचन विशेष




   Suyog Dhakal - May 03 2017

निर्वाचन समबन्धी जानकारी अनि विचारहरुलाई सहजै तपाँईहामी माझ ल्याउन हाम्रो पात्रोको निर्वाचन विशेष श्रृखलामा तपाँईलाई स्वागत छ ।
बैशाख ३१ गते र जेष्ठ ३१ गते मध्य तपाँईको मत हाल्ने दिन कुन दिन पर्दछ ? यो कुरा पत्ता लगाउनकालागी तपाँई कुन प्रदेशमा पर्नुहुन्छ भन्ने थाहा पाउन जरुरी छ, है ।
प्रदेश नंबर ३, ४ र ६ मा प्रथम चरणमा निर्वाचन गरिनेछ भने बाँकी १, २, ५ र ७ मा दोश्रो चरण अर्थात जेठ ३१ गते निर्वाचन गरिदैछ ।

यो पनि हेर्नुहोस् : मधेश मुद्धा, निर्वाचन अनि नेपालको जिवित प्रजातन्त्र 

२० वर्षपछी हुनआँटेको यस स्थानिय निर्वाचनमा आफ्ना अमुल्य मत दिएर देश वनाउने सुकर्ममा सही उम्मेदवार छान्नु हामी सबै जनाको कर्तब्य हो । आउनुहोस्, १८ वर्ष पुगेर आफ्नो नाम मतवदाता नामावलीमा दर्ता गराउनुभएका नेपालीहरुलाई आफ्नो मतदान केन्द्र कहाँ पर्यो र नामावली मा आफ्नो भएनभएको पत्ता लगाउने सरल उपाय ब्याख्या गर्न जाँदैछौ ।
सर्वप्रथम आफ्नो मतदाता नामावलीको नाम खोज्नकालागी हामी निर्वाचन आयोगको वेबसाईट
http://www.election.gov.np/np

मा जान पर्दछ , यसरी वेबसाईटमा छिरिसकेपछी हामीले निम्न पेज, अर्थात निर्वाचन आयोगको होम पेज, गृह पृष्ठ देख्दछौ ।




यस गृहपृष्ठको दाहिने तर्फ एकजना महिलाले कम्यूटर अगाडि बसेको ठाँउमा क्लीक गरेपश्चात हामी विसं २०७३ फाल्गुन ९ गतेसम्मको अन्तीम मतदाता नामावली तथ्याकंमा पुग्दछौ । यस तथ्याकं पृष्ठको स्वरुप निम्न उल्लेखित पृष्ठ रहेको छ ।
  

यस पृष्ठमा रहेका सरल जानकारी का विकल्पहरु छानेर क्लीक गरेपछी हामीले आफ्नो मतदाता नामावलीका रहेको नाम र मतदान केन्द्र लगायत थुप्रै कुराहरुको जानकारी पाउन सक्दछौ ।
यस पृष्ठमा सर्वप्रथम तपाँईले जिल्ला छान्नुपर्ने हुन्छ, त्यसपछी गाँउपालिका या नगरपालिका छानेपछी वडा नंबर छान्न पर्नेछ अनि मतदान केन्द्र छानेपछी तपाँईको मतदान केन्द्रमा रहेका मतदाताहरुको नाम देख्न सकिनेछ । यसपछी सजिलै आफ्नो नाम खोजेर भएनभएको पत्ता लगाउन सकिनेछ ।
र यदि कहिलेकाँही डिसप्ले नभएमा कन्ट्रोल र एफ ५ वटन थिचेर रिफ्रेश गरेर हेर्न सकिन्छ या आफ्नो ईन्टरनेट कनेक्शन जाँच गर्न सक्नुहुनेछ ।
यसका साथै निर्वाचन आयोगले निर्वाचन सँग समबन्धीत सम्पूर्ण जानकारीहरुलाई आफ्नो मोबाईल एप ईसीएन एप पनि उपलब्ध गराएको छ ।
देश वनाँउने यो सुअवसरमा नचुकौ, आफ्नो मत बुझेका उम्मेदवारलाई मतदान गरौ ।

सुयोग ढकाल



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.