ब्लग - साहित्य / चुनाव २०७४

उत्कृष्ट नेताका ५ सर्वोत्तम नेतृत्वदायी गुणहरु




नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ, राम्रो भाषन गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने या नलेख्ने अनुहारहरु सबै असल नेतृत्व हुन भन्ने मनसाय पक्कै हैन तर राम्रो अनुहार र परिवृतीभीत्र लुकेका कमअसल नेतृत्व छान्ने कार्य भने गरिन नेपालमा बाँकी नै छ ।



मतदानमा मत दिन बाँकी अनि मतदानमा मत दिनुभएका सबैजना नेपालीहरुका लागि आफ्ना मनपरेका उम्मेदवारहरुको गुण, दोष अनि उनिहरुको कार्यको बिष्लेषण र पैरवी जरुरी हुन्छ । कसलाई उत्कृष्ट नेता भन्ने ? भाषण या व्यबहार या दुबै कुराहरु ? या अन्य कुराहरु ? 
पढाई सर्टिफिकेट अनि बिदेशी समन्वय या अन्य कुराहरु ? हुन त नेपाल को नेतृत्वको बिभिदता बहुतै उदेक लाग्दो छ, कक्षा १० मुनीदेखि पिएचडी गरेका सम्म धेरै नेतृत्व सिंहदरबारले देखेको छ, अब चुनावको यो संघार अघि र पछि नेतृत्वको चिरफार अनि गुण हामीले जान्न जरुरी छ । आउनुहोस बिश्वभरिका सर्वोत्तम राज नेताहरुको गुणलाई बिष्लेषण गरेर तयार गरिएको उत्कृष्ट नेतृत्वका ५ गुणहरुका बारेमा चर्चा गरौं । यस आलेख बेलीफीट नामक अग्रेजी पत्रिकाले निकालेको नेतृत्व संसमरण बिशेष बाट साभार गरिएको हो । 

१ ईमान्दारीता

राजनितीमा सदैव ईमन्दारीता अपनाउनु एकप्रकारको जोखिम पनि हो तथापि आफ्ना गल्ती अनि कमजोरीहरु औंल्याएको मा धन्यवाद दिने र स्वीकार गर्ने गुणलाई राजनेताको प्रथम गुणका रुपमा लिइन्छ ।ईमान्दारीताले अरुहरुको बिश्वास जित्न अनि चरित्र बनाउन पनि मद्धत गर्दछ तर राजनितीमा ईमान्दारीताको सही अनि ईमन्दार उपयोग जरुरी छ ।ईमान्दार नेताहरु हक्की, निडर अनि आफ्ना वरिपरिका मान्छेहरुवाट अत्याधिक आदर पाँउने खाले हुन्छन् । ईमान्दार नेताहरु गल्तीको साहसीक जिम्मेवारी आँफैले लिने हुन्छन भने अरुहरुलाई आरोप लगाउने खालका हुँदैनन् ।

२ दयालु

दयालु भन्नाले अरुहरुको पीडाको आत्मसाथ र सदैव ति पीडालाई कम गर्न संरचना अनि प्रणालीको बिकास गर्ने सोच भएका नेतृत्व भन्ने बझ्न सकिन्छ । यसरी अरुहरुको पीडा अनि दुख्ख कमगर्ने ज्ञान भएका नेतृत्वको ज्ञान सीपमा बदलीन समय लाग्दैन । हुन त कतिले राजनीतीमा दयालाई कमजोरीका रुपमा पनि हेर्दछन् तर दया बिनाको नेतृत्व अधिनायकबादको शुरुवात हुनसक्दछ । समाज अनि राष्ट्रका औसत व्यक्तिको पीडा बुझेर त्यसअनुरुप कार्य गर्दै पीडा हटाउन अनि मुद्धाहरु सम्बोधन गर्न नेतृत्वमा दयालुपना हुन जरुरी हुन्छ ।

३ बिचारउन्मुख

नेतालाई नेतृत्व गर्नका लागि बिचारले अरुहरु वाट अलग्ग बनाँउदछ । नेता र नेता बीचको फरक भनेकै उनीहरुको बिचार को फरकपना हो । यस्ता बिचारहरुमा नैतिकता र समानता र पारदर्शिताहरु प्रधान रहन्छन । बिचारप्रधान राजनेताहरु अझ धेरै बिश्वासयोग्य हुन्छन किनकि उनीहरुलाई व्यक्तित्व भन्दा पनि बिचारले बिश्वसनीय बनाँउदछ । कोट प्यान्ट लगाएर फरर अग्रेजीमा भाषन दिनसक्ने नेताभन्दा बिचारलाई उजागर गर्दै धारणालाई प्रमाणीत गर्दै सामान्य जीवनशैली बिताउने नेताको बिश्वसनीयता बढि हुन्छ । नेता तबमात्र नेता हुन्छ जब उसका अनुयायीले उसलाई निरपेक्ष बिश्वास गर्दछन् । पैसा, गाडी लगायत अवसरका कुनै रवाफहरुको लालसा बिनापनि कुनै नेतालाई कार्यकर्ताले बिश्वास गर्दछन् भने त्यो नेतामा बिचारप्रधानता अनि पारदर्शिता पक्कै रहेको हुन्छ ।

४ आत्मबिश्वास

आत्मबिश्वासको कमी भएका नेतृत्वले भोली गएर सदन र संसदमा जनताको मुद्धालाई बुलन्दीका साथ उठाउन सक्दैनन ।नेतृत्वले आफु र आफ्नो नेतृत्वकला दुबैमा बिश्वास गर्न र जगाउन जरुरी हुन्छ । आत्मबिश्वास भाषन या घोषणापबले मात्र देखाउदैन, आत्मबिश्वास बिचार, जुझारुपना अनि ससाना व्यबहारले देखाँउदछ ।

५ लचकता

राजनीती भनेकै एकप्रकारको लेनदेन जस्तो हुन्छ जहाँ नेतृत्वले जनताका मुद्धा अनि समस्या लगायत बिकासका लागि लचकतासाथ प्रस्तुत हुन पर्दछ । असल राजनेताले सबैपक्षका कुराहरु ध्यानपूर्वक सुनेर सर्वमान्य बिन्दुमा पुगेर सबैपक्षको जीतजीत परिस्थिती सिर्जना गर्न जरुरी हुन्छ । यि कार्य गर्नका लागि लचकता जरुरी हुन्छ, अरुहरुको बिचारको आदर अनि आफ्नो बिचारको महत्व दुबै एकैफेर दर्शाउन लचकता जरुरी हुन्छ । यो गुणले आफ्नो गल्ती सुधार गर्दै पून गल्ती नदोहोर्याँउदै अघि बढ्न नेतृत्वलाई प्रशस्त स्थान दिन्छ ।

नेपाली परिपेक्ष्यमा अनुभव, उमेर र अभिव्यक्तिलाई नेतृत्वको मुख्य गुण मान्ने चलन अझै पनि छ, राम्रो भाषन गर्ने या लेख्न अनि बोल्न सक्ने अनुहारहरु राम्रो नेतृत्व नहुन सक्दछन् । त यसो भन्दा लुकेर बस्ने अनि नबोल्ने या नलेख्ने अनुहारहरु सबै असल नेतृत्व हुन भन्ने मनसाय पक्कै हैन तर राम्रो अनुहार र परिवृतीभीत्र लुकेका कमअसल नेतृत्व छान्ने कार्य भने गरिन नेपालमा बाँकी नै छ । समस्याको बिष्लेषण र नवप्रवतनात्मक रुपले समाधानका उपाय खोज्न सक्ने नेतृत्व आजको आवश्यक्ता हो, नेतृत्वको सही र गलत समग्र देशको हीत र अहीतले निर्धारण गर्नुपर्दछ । 

तालीको भोका भन्दा गाली सुनेर अघि बढ्न सक्ने नेतृत्वको जरुरी छ, बिचार पूर्याउँ । 


हाम्रो पात्रो





Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम