मतगणना प्रक्रियामा को को सहभागी हुनुपाँउदछन ? | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

मतगणना प्रक्रियामा को को सहभागी हुनुपाँउदछन ?




सम्पूर्ण ब्यालेट बाकसहरु प्राप्त गर्नासाथ निर्वाचन अधिकृतले एउटा नोट जारी गर्दै मतगणना शुरु गर्ने समय, स्थान आदि जानकारी उल्लेख गर्नुपर्दछ । यसरी जारी गरेको नोटमा हरेक उम्मेदवारले आफू या आफ्नो साटो केही प्रतिनिधी पठाउन चाहेमा उल्लेख गर्न जानकारी समेत दिइन्छ । स्मरण रहोस यस्ता मतगणना कार्यक्रम गर्दा सकेसम्म एउटै कोठामा निर्वाचन अधिकृतको रहोवरमा गरिनु पर्दछ तर एउटा कोठाामा पर्याप्त नभएमा अर्को कोठामा पनि गर्न सकिनेछ तर फरक घर या ठाँउमा गर्न पाइन्न ।



प्रतिनीधी तथा प्रदेश सभा निर्वाचनमा नेपालले त्यसअघिको निर्वाचनका चरणहरु वाट अनि घटनापरिघटनाबाट धेरै कुराहरु सिकेको छ । मतगणनाका क्रममा भएका धाँधली अझ भनौ मतपेटिकासम्म च्यातिने अराजक कार्य पनि भएको हो । प्रतिनीधी तथा प्रदेश सभा निर्वाचनमा प्थम चरण र दोश्रो चरण दुबै चरणका मतपेटिकाहरु राखेर एकैफेर मतगणना गर्ने योजना छ । यस हिसाबले आम नेपाली मतदाताले मत गणनाका बिषयमा बुझ्न अनि पादर्शिताको पैरवी गर्न झनै जरुरी छ । आउनुहोस आज हामी यसै पेरिफेरिमा बात मार्न चाहन्छौ, निर्वाचन सञ्चालन ऐन २०४८ अनुरुप अहिलेको निर्वाचन अनि तिनका कार्यब्यबस्था निर्धारित छन् । यसै अनुरुप एउटा छोटो जानकारी यहाँवाट हामी दिन चाहन्छौ कि को को ब्यक्तिहरु मतगणना कार्यक्रममा सहभागी हुन पाँउदछन् भनेर । सर्वसाधारण जनताहरुलाई यस विषयमा उल्लेखित ब्यक्ति र ओहोदाको कानुनी व्यबस्था थाहा भएमा मतगणना प्रक्रियामा भएका या हुन सक्ने केही अनियमितता र नचाहिएका या गैरकानुनी उपस्थिती रोक्न जागरुक बनाँउदछ । 
सम्पूर्ण ब्यालेट बाकसहरु प्राप्त गर्नासाथ निर्वाचन अधिकृतले एउटा नोट जारी गर्दै मतगणना शुरु गर्ने समय, स्थान आदि जानकारी उल्लेख गर्नुपर्दछ । यसरी जारी गरेको नोटमा हरेक उम्मेदवारले आफू या आफ्नो साटो केही प्रतिनिधी पठाउन चाहेमा उल्लेख गर्न जानकारी समेत दिइन्छ । स्मरण रहोस यस्ता मतगणना कार्यक्रम गर्दा सकेसम्म एउटै कोठामा निर्वाचन अधिकृतको रहोवरमा गरिनु पर्दछ तर एउटा कोठामा पर्याप्त नभएमा अर्को कोठामा पनि गर्न सकिनेछ तर फरक घर या ठाँउमा गर्न पाइन्न । यदि कुनै ठाँउमा पूर्न निर्वाचन गर्नुपरेमा उक्त क्षेत्रका सम्पूर्ण मत गणना कार्यक्रम पूर्ननिर्वाचन समापन भएपछि मात्र शुरु गरिनु पर्दछ । 

को को मतगणना स्थलमा जान पाँउदछन् ? 

उम्मेदवार

उम्मेदवारका निर्वाचन प्रतिनीधी (बढीमा दुई जना )

उम्मेदवारका गणकहरु (बढीमा दुई जना)

कर्मचारी र सुरक्षाकर्मीहरु

निर्वाचन आयोगले तोकेका कर्मचारीहरु

र निर्वाचन अधिकृतले तोकेका ब्यक्तिहरु

यि बाहेक अन्य ब्यक्तिहरु निर्वाचनको मतगणना प्रक्रियामा जान पाँउदैनन् ।पारदर्शी मतगाणना प्रक्रिया हामीसबैको दायित्व र अधिकार हो, यस बारेमा सचेत बनौ ।


प्रतिनीधी तथा प्रदेश सभा निर्वाचन विशेष 

हाम्रो पात्रो








Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.