नेपाली कांग्रेस चिप्लीनका ५ कारणहरु | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

नेपाली कांग्रेस चिप्लीनका ५ कारणहरु




   Suyog Dhakal - Dec 17 2017

सत्यनारायणको प्रसादी बाँढ्नु र चुनावमा टिकट बाँड्नु बास्तवमै फरक फरक कुरा हो । कांग्रेसले यस पटकको चुनावमा उम्मेदवारी बाँड्दा उम्मेदवारको सार्मथ्य भन्दा पनि उसको हैसियत र खर्च गर्न सक्ने क्षमतालाई बढि अड्कलेको पाइन्छ । कहाँ कुन बिपक्षसंग कसलाई जुधाउने अनि कुन कुन मुद्धाहरुलाई उचाल्ने भन्ने बिषयमा कांग्रेसले धेरै पूर्नकार्य गर्नुपर्ने जरुरत देखिन्छ ।



प्रतिनीधी सभा र प्रदेश सभा निर्वाचनमा नेपाली काँग्रेसले अकल्पनीय नतिजा ल्याएको छ । जनताको म्यान्डेडमा बामपन्थी धार अगाडी आएको हो । कतिका लागी यो बामपन्थी गठबन्धनको सफलता हो भने कत्तिका लागि यो काँग्रेसको रणनीती अनि नेतृत्वको असक्षमता पनि हो । नेपाली राजनैतिक परिवृतीमा सबैभन्दा पूरानो संसदिय पार्टी नेपाली काँग्रेसले त प्रजा परिषद हुँदादेखि राणकालिन बिरुद्ध आन्दोलन, पञ्चायती व्यबस्था बिरुद्ध लगायत ६२ र ६३ सालको जनआन्दोलनमा समेत महत्वपूर्ण भूमिका रहेको हो । कांग्रेसको यस पालाको हार को गज्जबको बिमेल त के छ भनें स्थानीय निकाय निर्वाचन सम्म पनि कांग्रेसको नियती यति कमजोर थिएन अनि के भयो त यी बिचमा जसले काँग्रेसलाई यति कमजोर बनायो? शायद इतिहासमा यति कमजोर जनमतको प्रर्दशन नेपाली काँग्रेसले कहिल्यै गरेको थिएन् । प्रत्यक्षमा निकै कमजोर देखिएको नेपाली काँग्रेसको समानुपातिकमा भने मत तुलनात्मक रुपमा चित्त बुझाउन मिल्ने नै छ, तथापि राजनीतीमा चित्त बुझ्नु भन्दा पनि जीत्न सक्नुका कारणहरु को आत्मसाथ धेरै जरुरी हुन्छ । राजनीतीमा पार्टीहरु कहिले कमजोर हुने अनि कहिले बलियो हुने त सामान्य नै हो तर कमजोर भएको समयमा पूर्नसंरचना गर्दै अगाडी बढ्न नसकेमा आजको हात्ति भोलीको मुसा पनि हुनसक्छ । 
एउटा कुरा भने तय छ , कि अको ५ बर्ष बहुमत नल्याउने कुनै पनि पार्टीहरु संसदमा बिपक्षीका रुपमा रहनेछन् र सत्ताको स्वाद नचाखि अर्को चुनावका लागि सत्तामा आउने तयारी गर्नेछन् । अब त्यतीन्जेल सम्मका लागि पार्टीलाई कसरी पूर्नसंरचना गर्ने भन्ने बिषयचाँही बहुत बिषयगत अनि बस्तुगत छ । राजनितीशास्त्रमा गरिएका अध्ययन अनि लेखनका आधारमा केही इतिहास र उदहारणहरु जोडेर हामीले काग्रेस कमजोर हुनका केही कारणहरु लिएर आएका छौं । यी कारणहरुमा कांग्रेस मात्र नभई अन्य पार्टीहरुमा पनि लागु हुनसक्नेछ । 

१ मीडियाको भूमिका 
मीडियाको भूमिका चाँही राजनितीमा अत्यन्तै हुने गर्दछ, मीडियाका रिपोर्टिगं अनि लेखनका आधारमा बिकासोन्मुख देशका जनताले पार्टी र मुद्धाहरुलाई केलाउने गर्दछन् । 
यसअर्थमा अब बिपक्षमा रहने पार्टीहरुले आफ्ना मिडीया सयंन्त्र पनि त्यसै अनुसार झनै बलियो बनाउन जरुरी देखिन्छ । देश बिकासका मुद्धाहरुमा आफ्नो पैरवी अनि अर्थपूर्ण उपस्थितीको जानकारी जनता सामु लगिरहन जरुरी देखिन्छ । पार्टीका लागि सबैजना घोषणा गर्दै हिड्ने र मिडीयाप्रेमी आवाज र नेतृत्वका चारवटा फरक स्वर गुञ्जाउने भन्दा एकजना प्रभुद्ध अनि बिश्वासीला प्रवक्तावाट मात्रै कुराहरु आउन जरुरी देखिन्छ । यसका साथै मीडियाको बादबिवाद कार्यक्रममा तर्क दिन अनि मान्छेलाई छवी छाड्न एउटा मीडिया समिती नै हुन जरुरी देखिन्छ। यसका सदस्यहरु शव्द, अभिब्यक्ति, अध्ययन अनि तर्कमा ज्यादै गहिरो ज्ञान भएको हुन पर्दछ । यसपटक पनि त सुशीला कार्की महाअभियोग प्रकरण देखि पार्टी सभापतीको बिबिसी नेपाली सेवा अन्र्तवार्ता र कमसल प्रश्नोत्तर शैलीले पनि काँग्रेसले धेरै कुरा केही महिनामै गुमाएको भने हो । 

२ समुदायस्तरमा पार्टीको संगठन सुदृढ पार्न ध्यान दिन जरुरी देखिन्छ । 
पार्टी भनेको बजारको होर्डिगं बोर्ड या फेसबुकको स्पोन्सर पेजमात्र पक्कै हैन् । गाँउसमुदायमा पार्टीको सकारात्मक छवी र संगठन नहुन्जेलसम्म नेपालमा राजनैतिक पार्टी बलियो हुनैसक्दैनन् । फेरि भएका संगठनलाई पनि समयसमयमा मलजल गर्ने र समन्वय गर्ने नगरेमा टिक्न अनि चुनावमा बिक्न पनि असजीलो हुने कुरा त काँग्रेसले बुझ्न पर्ने हो । अझ बेलावखतमा भएका घटनाक्रममा सोझै गलत पक्षको सर्मथनमा काग्रेस अनि नेतृत्वहरु देखिएका हुन्, यस्तो कुरालाई पनि अब ध्यान दिन जरुरी छ । 

३ भ्रष्टाचारीलाई कारवाही गर्न नसक्नु , निरिह बन्ने पार्टी प्रथा 
भ्रष्टाचारीलाई कारवाही मात्र गरिदिएको भएपनि काँग्रेसप्रतिको जनमत केही सुदृढ हुन सक्ने अवस्था थियो तर झनै भ्रटाचारको आरोपी नामहरु नै उम्मेदवारीमा आएपछि जनताहरुको मन नभाँचीएको हैन् । 
४ प्रविधी जानीफकारहरुको कमी 
अहिलेको चुनावी मैदान अनि पार्टीगत छवीहरु धेरै जसो इन्टरनेट र सामाजिक सञ्जालमा रहेका छन् । प्रविधीको चौतारीमा जानीफकार कार्यकर्ताहरु या कर्मचारीहरु नियूक्त गर्नमा जोड दिनुपर्ने देखिन्छ । पार्टी बिरुद्धका भिडीयो क्लीपहरु सामाजिक सञ्जालमा छ्यापछ्याप्ती हुँदा काँग्रेसले प्रतिरोधात्मक शैलीमा कुनै न्यायिक साम्रगी ल्याउन नसक्दा यसपाला पार्टी धेरै खस्किएको हुनसक्छ । 

५ टिकट बाँडफाँडमा अल्लारेपना 
बास्तवमा राजनैतिक यूद्ध भनेकै चुनावी मैदानमा रणनैतिक रुपमा शक्ति अनि उम्मेदवारको पक्कडको सन्तुलन हो । सत्यनारायणको प्रसादी बाँढ्नु र चुनावमा टिकट बाँड्नु बास्तवमै फरक फरक कुरा हो । कांग्रेसले यस पटकको चुनावमा उम्मेदवारी बाँड्दा उम्मेदवारको सार्मथ्य भन्दा पनि उसको हैसियत र खर्च गर्न सक्ने क्षमतालाई बढि अड्कलेको पाइन्छ । कहाँ कुन बिपक्षसंग कसलाई जुधाउने अनि कुन कुन मुद्धाहरुलाई उचाल्ने भन्ने बिषयमा कांग्रेसले धेरै पूर्नकार्य गर्नुपर्ने जरुरत देखिन्छ । 

यसोभन्दैमा अन्य पार्टीहरु यीसबै कुराहरुमा मजबुद भन्ने मेरो व्यक्तिगत राय हैन् । नेपाली काँग्रेस लगायत अन्य सम्पूर्ण दलहरु जनताप्रति बफादार हुन जरुरी देखिन्छ, राम्रो काम गर्ने दलहरु कालान्तरमा राम्रै भएर जानेछन् । सबै पार्टीहरुले सिक्न जरुरी देखिन्छ । 



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.