ब्लग - साहित्य / चुनाव २०७४

पञ्चायत र बहुदलको संसदिय स्वरुप




   Suyog Dhakal - Nov 25 2017

यस पालाको प्रतिनीधी सभा र प्रदेश सभा चुनावमा भने कुनै एउटा दलले स्पष्ट बहुमत ल्याईदिओस भन्ने चाहना धेरै नेपालीको छ । समिकरण को सरकार र गठबन्धनले बिकासलाई अवरोध पक्कै गरेको छ । भोलीको चुनावको सबैलाई शुभकामना, यि पुराना संसदिय व्यबस्थाहरु बाट आज हामी यहाँसम्म आइपुगेका छौं । नेपाली प्रजातन्त्र संस्थागत होस्, सबैको जय होस् ।



प्रतिनीधीसभा र प्रदेश सभाको चुनावी लर्कोले छोयो, यो बर्ष बिसं २०७४ साल त चुनावकै बर्ष भएको छ । मतदान केन्द्रमा तारतम्य मिलिसक्यो होला ? मतदान अधिकृत लगायत सबैजना भोलीहुने प्रजातन्त्रको महाकुम्भलाई तयार हुनुहुन्छ नि ? नेपाली प्रजातान्त्रीक अभ्यासमा बास्तवमै उपलब्धी अनि फडकाहरु धेरै छन् । यस आलेखमा भनें हाम्रो पात्रो ले बिगतका दिनमा नेपालमा भएका संसदिय ब्यबस्था अनि चुनावी लर्काहरुका कुरा गर्न जाँदैछौं।


प्रसगं जोडौं बिसं २०१५ को चुनावको ।
बिसं २०१५ मा १८ बर्ष पुगेका बालिग मतदाताहरु अहिले ८७ बर्ष हाराहारीमा छन् । कुल ४२ प्रतिशत भोट हालिएको भनिएको यस निर्वाचनमा १०९ सिट मध्य नेपाली काग्रेसले ७४ सिट जितेको थियो । सुस्तरि प्रजातन्त्रको अभ्यास गरिरहेको नेपालमा २०१७ सालको निरकुंश व्यबस्थाले संसदिय संरचना नै भताभुगं पारिदियो । त्यसपछि नेपालमा प्रजातन्त्र फेरि बादल भित्र लुकेको पाइन्छ, राजसंस्था ले टाउको उठाएर पञ्चायति शासन व्यबस्था लामै समय नेपालमा चलेको हो ।
राष्ट्रिय जनमत संग्रह बिसं २०३६ मा भएको पाइन्छ ।
धेरै षडयन्त्र अनि पर्दाहरुका बीच भएको जनमत संग्रहका कथा अनि तथ्यहरु आँफैमा आधा अपुरा पनि छन् ।


पञ्चायति व्यबस्थाको संसदिय संरचना


नेपालको अन्तरिम शासन बिधान २००७ मा संसदको रुपमा एक सल्लाहकार सभाको प्रावधान राखेको थियो तर यसका सदस्यहरु राजाले मनोनयन गर्ने चलन थियो । यस सल्लाहकार सभामा तत्कालिन श्री ५ को सरकारका सबै मन्त्रीहरु पदेन सदस्य रहने प्रावधान थियो । नेपाल अधिराज्यको संविधान २०१५ को भाग ५ मा पनि संसदको गठन समबन्धी व्यबस्था रहेको पाइन्छ । श्री ५ महराजधिराज र महासभा तथा प्रतिनिधिसभा नामका दुई सदन भएको संसदको व्यवस्था गरिएको थियोस्

क। महासभाको गठन महासभामा जम्मा ३६ जना महासभासद रहने व्यवस्था थियो । ती मध्ये १८ जना प्रतिनिधिसभाद्वारा निर्वाचित हुने र १८ जनालाई राजाले संविधानको धारा २१ अनुसार मनोनित गर्ने प्रावधान थियो । महासभाको पदावधि ६ वर्षको थियो र यसलाई प्रतिनिधिसभाको विघटनले कुनै असर गर्दैनथ्यो ।

ख। प्रतिनिधि सभा निर्धारित विभिन्न निर्वाचन क्षेत्रका मतदाताहरुद्वारा निर्वाचित सदस्यहरु भएको एक प्रतिनिधिसभाको व्यवस्था संविधानले गरेको थियो । प्रत्येक निर्वाचन क्षेत्रबाट गोप्त मतदानद्वारा एक सदस्य निर्वाचित हुने र ऐनले अन्य व्यवस्था नगरेसम्म १०९ निर्वाचन क्षेत्र रहने व्यवस्था गरिएको थियो ।




बहुदलिय शाषन व्यबस्थाको संसदिय स्वरुप 


०४६ सालको जनआन्दोलनपछि जारी भएको २०४७ सालको संविधानमा प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदन रहने व्यवस्था गरियो । श्री ५ लाई पनि संसदको अङ्गको रुपमा राखियो । प्रतिनिधिसभामा जनताबाट प्रत्यक्ष चुनिएर आउने दुई सय पाँच जना सदस्य रहने व्यवस्था थियो । त्यस्तै राष्ट्रियसभाको कुल संख्या ६० थियो । यस सभामा राजाले मनोनित गर्ने १०, प्रतिनिधीसभाबाट निर्वाचित हुने ३ महिलासहित ३५ र स्थानिय पदाधिकारीबाट निकायका प्रनिनिधीबाट १५ जना निर्वाचित हुने प्रावधान थियो । विधानले यसलाई एउटा स्थायी सदनका रुपमा परिकल्पना गरेकाले यो विघटन हुन नसक्ने व्यवस्था थियो । सदस्यहरुको पदावधि छ वर्षको हुने र प्रत्येक दुई वर्षमा एक तिहाई सदस्यको पदावधि समाप्त हुने र पदपूर्ति हुने व्यवस्था थियो । राजा आफैँ संसदमा उपस्थित भएर प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्ने र नीति तथा कार्यक्रम पेश गर्ने चलन थियो । संसदले राजालाई धन्यवाद टक्राउनुपर्थ्यो । ०४६ सालपछि ०४८ साल वैशाख २९ गते, २०५१ कात्तिक २९ गते र २०५६ वैशाख २० र जेठ ३ गते गरी तीनवटा संसदीय निर्वाचन भयो । २०५९ कात्तिक २७ गतेदेखि पुस २६ गतेसम्म छ चरणमा संसदीय निर्वाचनको घोषणा भए पनि असोज १८ को शाही घोषणाबाट स्थगित गरियो । तीनवटा संसद निर्वाचित भए पनि कुनै पनि संसदले पाँचवर्षको अवधि पूरा गर्न पाएनन् ।
यस पालाको प्रतिनीधी सभा र प्रदेश सभा चुनावमा भने कुनै एउटा दलले स्पष्ट बहुमत ल्याईदिओस भन्ने चाहना धेरै नेपालीको छ । समिकरण को सरकार र गठबन्धनले बिकासलाई अवरोध पक्कै गरेको छ ।
भोलीको चुनावको सबैलाई शुभकामना, यि पुराना संसदिय व्यबस्थाहरु बाट आज हामी यहाँसम्म आइपुगेका छौं । नेपाली प्रजातन्त्र संस्थागत होस्, सबैको जय होस् ।

Downloads


Contact

Buddhanagar-10, Kathmandu (Nepal)
Tel: +977 2298599
Email: [email protected]

Date Converter

Foreign Exchange

  • Currency
  • Buy
  • Sell
  • Indian Rupee (100)
  • 1.6
  • 1.6015
  • U.S. dollar
  • 102.8
  • 103.4
  • European euro
  • 120.74
  • 121.44
  • UK pound sterling
  • 137.32
  • 138.12
  • Swiss franc
  • 103.68
  • 104.28
  • Australian dollar
  • 77.74
  • 78.19
  • Canadian dollar
  • 79.94
  • 80.41
  • Singapore dollar
  • 76
  • 76.45
  • Japanese yen (10)
  • 9.07
  • 9.12
  • Chinese renminbi (Yuan)
  • 15.53
  • 15.62
  • Saudi Arabian riyal
  • 27.41
  • 27.57
  • Qatari riyal
  • 28.24
  • 28.4
  • Thai baht
  • 3.15
  • 3.17
  • UAE Dirham
  • 27.99
  • 28.15
  • Malaysian ringgit
  • 25.16
  • 25.3
  • Korean Won (100)
  • 9.42
  • 9.47
  • Swedish Krone
  • 12.18
  • 12.25
  • Danish Krone
  • 16.22
  • 16.32

Hamro Team

सम्पादक

सुदिना गौतम

व्यवस्थापक

सन्तोष कुमार देवकोटा

लेखक

सुयोग ढकाल

फोटो पत्रकार

आनन्द कुमार महर्जन

कला पत्रकार

मन्दिप गौतम