मतपत्र बदर हुने अवस्थाहरु (निर्वाचन सञ्चालन ऐनः २०४८ ) | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

मतपत्र बदर हुने अवस्थाहरु (निर्वाचन सञ्चालन ऐनः २०४८ )




मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो ।



मतपत्र बदर हुने कारण र अवस्थाहरु धेरै हुनसक्दछन तर धेरै सख्याँमा मतपत्र बदर हुनु प्रजातन्त्र अनि नागरीक अधिकारमाथिको प्रश्न चिह्न पनि हो । स्थानीय निकाय निर्वाचनमा मतपत्र बदरको सख्याँ अधिकतम नै थियो । कारण थियो एक मिटर भन्दा पनि लामा लामा मतपत्र अनि मतदाता शिक्षाको कमी, यसपालाको प्रतिनीधी तथा प्रदेश सभा निर्वाचनमा के हुन्छ हेर्न बाँकी छ । तथापी नेपालको निर्वाचन सञ्चालन ऐन ले मतपत्र बदरका बारे के कस्तो ब्याख्या गरेको छ, जान्न जरुरी छ । 

निम्न अवस्थामा मतपत्र बदर भएको हुनेछ

१ः यदि मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भएमा
२ः निर्वाचन सञ्चालन ऐन को सेक्शन ३६ को सबशेक्शन २ अनुरुप मतदान चिह्न नभएमा । अर्थात उम्मेदवारको चुनाव  चिह्नमा स्पष्ट मतदान चिहन नभएमा
३ः मतपत्र धेरै खुम्चेर या च्यातिएर बुझ्न नसक्ने अवस्थामा भएमा
४ः मतपत्र धमीलो या फोहोर भई मत बुझ्न वा ठम्याउन सक्ने अवस्थामा नभएमा
५ः उम्मेदवारको निर्धारित चिह्न भन्दा बाहीर मतचिह्न भएमा
६ः कुनै उम्मेदवारको चिह्न नभएको खाली ठाँउमा मतचिह्न भएमा
७ः मतदान नगर्ने शर्तमा निर्वाचन अधिकृतलाई फिर्ता दिएको मतपत्र भएमा
८ः एकभन्दा बढि उम्मेदवारको चिह्नमा मतचिह्न भएमा
९ निर्वाचन आयोगले तोकेको बाहेक अन्य कुनै मतपत्रमा मत खसाइएमा
१० मतपत्र यदि मतपेटिका भन्दा बाहीर पाइएमा
११ फर्जी मतपत्र पाइएमा

निर्वाचन जागरणकालागि हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.