मतगणना प्रक्रियामा को को सामेल हुन पाउँदछन ? | Hamro Patro

ब्लग - साहित्य / चुनाव २०७४

मतगणना प्रक्रियामा को को सामेल हुन पाउँदछन ?




सम्पूर्ण मतपेटिका (ब्यालेट बक्स)हरु प्राप्त गर्नासाथ निर्वाचन अधिकृतले एउटा नोट जारी गर्दै मतगणना शुरु गर्ने समय, स्थान आदि जानकारी उल्लेख गर्नुपर्दछ । यसरी जारी गरेको नोटमा हरेक उम्मेदवारले आफू या आफ्नो साटो केही प्रतिनिधी पठाउन चाहेमा उल्लेख गर्न जानकारी समेत दिइन्छ ।



स्थानीय निर्वाचन भाग २ मा नेपालले बैशाख ३१ को निर्वाचन अनि त्यसको घटना परिघटनाबाट धेरै कुराहरु सिकेको छ । मतगणनाका क्रममा भएका धाँधली अझ भनौ मतपेटिकामा सुरक्षित मतपत्र समेत च्यातिने, जलाउने अराजक कार्य पनि भएको हो । आउनुहोस् आज हामी यसै पेरिफेरिमा केहि जानकारी राख्छाैं, निर्वाचन सञ्चालन ऐन २०४८ अनुरुप अहिलेको निर्वाचन र तिनका कार्यब्यबस्था निर्धारित छन् । यसै अनुरुप एउटा जानकारी यहाँलार्इ हामी दिन चाहन्छौः जनताले अाफ्नो विश्वास र विकाशको मानक मानेर मतपेटिकामा खसालेको मतको मतगणनाजस्तो महत्वपूर्ण प्रक्रियामा को को ब्यक्तिहरु सामेल हुन पाउँदछन् ?

उम्मेदवार
उम्मेदवारका निर्वाचन प्रतिनीधी (बढीमा दुई जना )
उम्मेदवारका गणकहरु (बढीमा दुई जना)
सुरक्षाकर्मी, तथा सुरक्षा संयन्त्रहरु
निर्वाचन आयोगले तोकेका कर्मचारीहरु
र निर्वाचन अधिकृतले तोकेका ब्यक्तिहरु

यी बाहेक अन्य ब्यक्तिहरु निर्वाचनको मतगणना प्रक्रियामा जान पाँउदैनन् ।

सर्वसाधारण जनताहरुलाई यस विषयमा उल्लेखित व्यक्ति र ओहोदाको कानुनी व्यबस्था थाहा भएमा मतगणना प्रक्रियामा भएका या हुन सक्ने केही अनियमितता र नचाहिएका या गैरकानुनी उपस्थिती रोक्न जागरुक बनाउँदछ ।

सम्पूर्ण मतपेटिका (ब्यालेट बक्स)हरु प्राप्त गर्नासाथ निर्वाचन अधिकृतले एउटा नोट जारी गर्दै मतगणना शुरु गर्ने समय, स्थान आदि जानकारी उल्लेख गर्नुपर्दछ । 
यसरी जारी गरेको नोटमा हरेक उम्मेदवारले आफू या आफ्नो साटो केही प्रतिनिधी पठाउन चाहेमा उल्लेख गर्न जानकारी समेत दिइन्छ ।

स्मरण रहोस यस्ता मतगणना कार्यक्रम गर्दा सकेसम्म एउटै कोठामा सम्बन्धित स्थानको निर्वाचन अधिकृतको रोहवरमा गरिनुपर्दछ तर तोकिएको एउटा कोठा गणना कार्यकोलागि पर्याप्त नभएमा अर्को कोठामा पनि गर्न सकिनेछ तर फरक घर या ठाँउमा गर्न पाइन्न ।

यदि कुनै ठाँउमा पूर्न निर्वाचन गर्नुपरेमा उक्त क्षेत्रका सम्पूर्ण मत गणना कार्यक्रम पूर्ननिर्वाचन समापन भएपछि मात्र शुरु गरिनु पर्दछ ।

पारदर्शी मतगाणना प्रक्रिया हामी सबैको दायित्व र अधिकार हो, यस बारेमा सचेत बनौं ।

-----
स्थानीय निर्वाचन विशेष 
हाम्रो पात्रो



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.