काठमाण्डौको कुकुरप्रेम | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

काठमाण्डौको कुकुरप्रेम




   Suyog Dhakal - Aug 19 2016

साह्रै तिखो भुकाई भएको यो कुकुरले टोलका अरु कुकुरलाई घरभित्र छिर्न नदिने गरेको थियो । भुइचालोपछि घरको पूर्ननिर्माण गर्न डेरावालाहरु सरेको र घरलाई फुटाएर पूर्ननिर्माण शुरु गरिएकोमा यिन्को वास्थान अहिले कहाँ रहेको जानकारी पाइएको छैन् ।



काठमाण्डौ! अर्थात पशुपतिनाथको सभ्यता भएको शहर, गोपालबंशी, महिशपालवंशीदेखि मल्लकालीन इतिहास भएको शहर, पृथ्वीनारायण शाह पछिका शाहवंशीको साम्राज्यको शहर, वाग्मती र विष्णुमतीको शहर, जंगबहादुर राणा र उनका हक्कि सन्तती राणाहरुको शहर, भिमसेन थापाको शहर, वलभद्र कुँवरको शहर, शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द अनि गंगालालको शहर । काठमाडौ, नेपालको राजधानी अनि मन्दिरहरुको शहर, गुदपाक र पुष्ठकारी अनि तितौरा पाँउको शहर, मोमोको शहर, अवसरको शहर अनि पहिलेको राजागाँउ ।

यस शहर र सभ्यताका धेरै नामहरु छन् अनि धेरै उदहारणहरु, भनिन्छ कुनै पनि शहरको सभ्यताको मापदण्ड पत्ता लगाउने केही अाधारहरु हुन्छन्, जुनै पनि शहरको सभ्यता त्यस शहरले त्यहाँका जनावरलाई गर्ने व्यवहार अनि त्यस शहरको गल्लीमा पाइने त्यहाँका मौलिक खानेकुराको विर्षनै नसकिने स्वाद, गुणस्तर र सहज उपलब्धतामा भर पर्दछ । आज हाम्रो पात्रोमा हामी काठमाण्डौका खानेकुराहरुको चर्चा गर्दैनौं तथापि छिट्टै काठमाण्डौका चोक र गल्लिहरूबाट खानेकुराका चित्र, प्रतिक्रिया अनि स्वादका शब्द लिएर आउनेछौं तर आजकालागि हामीले काठमाण्डौका गल्लिहरुबाट केही कुकुरहरुकाे चित्र, तिनको वास्तविक परीचय अनि नितान्त उनै कुकुरहरूबारे जानकारी लिएर आएकाछौं ।

यो शहरको अर्को विशेषता भनेकै यहाँका स्थानीय अथवा पाल्न अघाएर छाडिएका कुकुरहरु हुन्, यिनिहरुले लामाे समयदेखि यो शहर र शहरवासिको सुरक्षा गरेका छन् भन्दा फरक नपर्ला । आउनुहोस थाेरै भएपनि बुझ्ने प्रयास गराैं जीव मानसिकतालाई, चिनौ हामीले वास्ता नै नगरीएका यहि पृथ्वीका केही बफादार वासिन्दाहरुलाई । तपाई जनावरलाई प्रेम गर्नुहुन्छ भने तपाइकालागि यो प्रस्तुती एउटा उपहार हो र यदि तपाइलाई जनावर विशेषगरी कुकुरहरु मनपर्दैन भनेपनि आउनुहोस हामीलाई पढ्नुहोस, फुर्सदको समय यी प्राणीहरुको माया गर्न सिकौं ।
  
सुश्री बिजया दाहालको चित्र संकलनमा सुयोग ढकालले हाम्रो पात्रोकालागि तयार पार्नुभएको ।

उनको नाम पोपो हो ।

पोपो सानो गौचरन काठमाडौमा बस्छिन् । पिपलबोट छेउको सानो रेष्टुरेन्टमा रखवालीगर्ने उनलाई सधैं विहान भात र रेष्टुरेन्टमा छोडिएका हड्डीहरु दिइनेगरिन्छ, त्यस्को बदलामा उन्ले २४ सै घण्टा रेष्टुरेण्टको रखवाली गर्ने गर्दछिन् । उनका दुइवटा छोरा छाउराहरु कालोपुल वरिपरिनै वस्ने गरेका छन् । पोपोको पछिल्लो समयमा बाटोमा हिड्ने ट्याक्सीले ठोकेर खुट्टामा चोट लागेको र गत श्रावणमा उनको मृत्यू भइसकेको छ ।

नाम नभएको काले

कालिकास्थानको एउटा चियापसलमा आउने यस कालो कुकुरको कुनै नाम छैन् । पसलेले काले भनेर बोलाउदा पुच्छर ठाडो गरेर आउने यस कुकुर दिनभरि अन्यत्रै डुल्न जानेभएपनि विहानीपख पसलमा आउने गरेको पसलेले बताए ।
ग्राहकहरुले दिएको डोनोट अदिका टुक्रा खाने यस काले कुकुरले पसलमा आउने गा्रहकप्रति कहिल्यै नभुक्ने तर कहिलेकाँही चाँही ग्राहकहरु आफै कुकुर देखेर डराउने भएकाले कालेलाई धपाउने गरेको पसलेले बताए ।
नजिकैका सर्वनाम थिएटरका कलाकर्मीहरु चिया खान यस पसलमा आउँदा धेरैले कालेलाई बिहान देखेको हुनुपर्दछ ।

शक्तिकेन्द्रका गार्ड

काठमाडौको मात्र नभई राज्यकै शक्तिकेन्द्र सिँहदरबार भित्रका रैथाने कुकुरहरु । अनामनगर तर्फको गेट भित्रको बाटोमा भएका कुकुरहरु, यिनीहरुले कर्मचारीहरुको आवत जावत र सुरक्षामा कुनै अवरोध पूर्याएका छैनन बरु सुरक्षा दिएका छन् ।

कालोपुलको भैरव

काठमाडौको कालोपुलमा एउटा ठूलो चारतल्ले घरमा वसोवासगर्ने धेरैवटा परिवारको सुरक्षा संयन्त्र, उसको नाम भैरव हो । कुकुरलाई भैरवको वाहनकोरुपमा लिइने गरेकोमा यिन्को नामनै भैरव राखिएको छ । तल्लेतल्लाको परिवारसँग बिशेष नजिकरहेका भैरवको मिष्ठान्न परिकारकारुपमा चिकेनको मासु र भात रहेको छ ।
  
साह्रै तिखो भुकाई भएको यो कुकुरले टोलका अरु कुकुरलाई घरभित्र छिर्न नदिने गरेको थियो । भुइचालोपछि घरको पूर्ननिर्माण गर्न डेरावालाहरु सरेको र घरलाई फुटाएर पूर्ननिर्माण शुरु गरिएकोमा यिन्को वास्थान अहिले कहाँ रहेको जानकारी पाइएको छैन् ।

बेनाम बहादुरहरू

यि दुइवटा कुकुरहरु प्राय सँगै देखिन्छन्, किर्तिपुर नयाँबजारको एउटा देवल अगाडी देखिने यो जोडी कुकुरको कुनै पहिचान या नाम छैन । दुबैको फोटो खिचाउने तरिका या भनौं पोज हेर्दा कुनै रकस्टार भन्दा कम देखिदैनन ।



Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.