छोराछोरी भएपछिको अपेक्षा र बास्तविकता कार्टुन कथा | Hamro Patro

ब्लग - साहित्य / चित्रकथा

छोराछोरी भएपछिको अपेक्षा र बास्तविकता कार्टुन कथा




   Suyog Dhakal - Jul 26 2016

श्रिमान श्रिमती आनन्दरुपमा एकान्त समय ब्यतित गरेको अपेक्षाकृत उदहारणीय अवस्था देखाइएको छ तर तल्लो चित्राशंले भनेँ बास्तविकता मा छोराछोरीले त्यो एकान्तसमयमा बाबुआमाको समयमाथी गरेको अबोध हस्तक्षेप खेखिन्छ । बाबुआमा हुदैहुनुन्छ भने त सहनै पर्यो नि



सुयोग ढकाल/हाम्रो पात्रो | के तपाई विवाहित हुनुहुन्छ ? या बालवच्चा छन् या प्रेममा हुनुहुन्छ र भविष्यमा प्रेमी या प्रेमीकासंग यसरी जीवन बिताउँला या छोराछोरीका योजना र त्यसपछिको जीवन परिकल्पना गर्दैहुनुन्छ ! जीवन वास्तवमै अचम्मको छ जहाँ अपेक्षा र वास्तविकतामा धेरै फरक हुनेगर्छ । आजभोली जीवनको ब्यस्तता, एक्कल परिवार र स्वतन्त्रता प्रतिको मोह र गैरजिम्मेवारीपनाले आफ्ना बुवा आमा अनि हजुरआमा, हजुआमाहरुलाई सँगै राख्न नसक्नु अनि बृद्ध आश्रममा बढ्दैगइरहेको भिडहरुले समाज कुसंस्कृती अथवा जिम्मेवारीबाट, अात्मियताबाट टाढिएर बेग्लै एक्लै बढिरहेको संकेत गर्दछ । आउनुहोस आखिर कति दुखःसंग हुर्कियौ हामी र अब हामीले आउँदा पुस्तालाई कति दुखः गरेर हुर्काउनुपर्ने हुन सक्छ, कार्टुनकै मार्फत होस् तर एकफेर समभाव राखौं ।

चित्र १

बुवा आमा अनि एउटा बच्चाभएको उदहारणीय परिवारमा माथिल्लो तर्फ बाबुआमाले परिकल्पना गरेको सुताई हो तर तलतर्फको चित्राशंले वास्तविकता दर्शाउँछ । आमा र बुवाकाबिचमा केयरफ्रि रुपमा तेर्सिएको बच्चाले बावुआमा हुनुको वास्तविक्ता, दुखः र त्याग देखाउँदछ । आधा खाट र आधा शरीर कोक्रो भएर सुतेका बुवाले पुरुषको अझ धेरै दुखः देखाएको छ । ल है! सोचाैं, हामी नि सजिलै हुर्किएका छैनौ र हामीले नि सजिलै हुर्काउन सक्दैनौ, सम्बन्धलाई कदर गरौँ ।

चित्र २
बुवा आमाको एकान्तसमय बिताउने अपेक्षा र यथार्थ

माथिल्लो चित्राशंले श्रिमान श्रिमती आनन्दरुपमा एकान्त समय ब्यतित गरेको अपेक्षाकृत उदहारणीय अवस्था देखाइएको छ तर तल्लो चित्राशंले भनेँ बास्तविकता मा छोराछोरीले त्यो एकान्तसमयमा बाबुआमाको समयमाथी गरेको अबोध हस्तक्षेप खेखिन्छ । बाबुआमा हुदैहुनुन्छ भने त सहनै पर्यो नि ।

चित्र ३

छोराछोरीले सोचेजस्तो सजिलै कहाँ खाइदिन्छन र ? जहिल्यै पोखिएको र छरिएको खानेकुरा... 

चित्र ४

फोटो खिच्दा केटाकेटीहरु कहाँ ज्ञानी भएर बस्छन् त ? नपत्याए आफ्नो बाल्यकालका फोटाहरु हेर्नुस न अनि त्यस्मा तपाई ज्ञानी भएर बस्नुभएको छ भने पनि बुवाआमालाई सोध्नु कति अफ्ठेरो गरेर त्यो फोटो लिइयो भनेर ।

चित्र ५

खेल खेल्दा पनि कहा मिलेर र सफा भएर खेलेका छौ र हामीले ?

ल है! नयाँपुस्ता यो संसारमा त्यसै आएका छैनन र हामीपनि हाम्रा बावुआमाको अथाहा त्याग र बलिदान पछि मात्र आज हामी वास्तवमा हामी भएका छौं, सम्बन्धलाई कदर गरौं । 





Liked by
Liked by
0 /600 characters
Hamro Patro - Connecting Nepali Communities
Hamro Patro is one of the first Nepali app to include Nepali Patro, launched in 2010. We started with a Nepali Calendar mobile app to help Nepalese living abroad stay in touch with Nepalese festivals and important dates in Nepali calendar year. Later on, to cater to the people who couldn’t type in Nepali using fonts like Preeti, Ganesh and even Nepali Unicode, we built nepali mobile keyboard called Hamro Nepali keyboard.